Lipistik : Threat To Women And Men Health

महिला ३ किलो र पुरुषले १ किलो लिपिस्टिक खान्छन

  • राजेश बर्मा

ठ चम्काउन विभिन्न प्रकारका लिपिस्टिक लगाउँदै हुनुहुन्छ भने याद गर्नुस त्यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले हालै गरेको स्थलगत अध्ययन पश्चात यस्तो निश्कर्ष सहितको प्रतिवेदन बाहिर सार्वजनिक गरेको हो। 

घर, फर्निचर र स्कूल रंगाउन प्रयोग गरिने सिसा(लिड) सहितको रंगको प्रयोग पछिल्लोसमयमा ओठमा लगाउने विभिन्न प्रकारका लिपिस्टिकमा पनि हुन थालेको छ। यस्तो लिपिस्टिक मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। सिफेडले राजधानीको विभिन्न स्थानमा रहेका सौन्दर्य प्रसाधनसम्बन्धि पसलमा गरेको एक अध्ययनअनुसार सबै प्रकारका लिपिस्टिकमा सिसा (लिड) को औषत मात्रा ९०.१२५ पीपीएम अर्थात अमेरिकी मापदण्डभन्दा ९ सय १ गुणाभन्दा बढी परिमाणमा पाइएको छ। 

अमेरिकी मापदण्डअनुसार रंगमा ०.१ पीपीएमभन्दा बढी सिसाको प्रयोग गर्नुभनेको मानवस्वास्थ्यका लागि विभिन्न प्रकारका घातक रोगलाई निम्त्याउनु सरह हो। सिफेडले बजारमा पाइने अन्तर्राष्ट्रिय स्तरका याक ब्राण्डको बल्ड रेड (रगत जस्तो रातो), लोरियल पेरिस व्राण्ड, रेभ्लोन, ल्याक्मी, शिसिडो, डिली, च्यानल, मिडी र मिडाई लाइटजस्ता कम्पनीका लिपिस्टिक संकलन गरेर अध्ययन गरेको थियो। सिफेडका वातावरण बैज्ञानिक रामचरित्र साहका अनुसार रंगमा मिसाइएको शिशा मानवशरीरको रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्न सहयोग गर्छ। यस्तो अबस्थामा विभिन्न अङग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ। अक्सिजनको मात्रा विस्तारै घट्दै गएर मानिसको मृत्यु हुने सम्भावना बढी हुन्छ। 

यससम्बन्धी अर्को रोचक तथ्य पनि छ । अन्तराष्र्टिय अध्ययनअनुसार एक महिलाले जीवनभर ३ किलो विभिन्न प्रकारका लिपिस्टिक खान्छन । महिलाले खाने लिपिस्टिकमध्ये पुरुषसहकर्मीले भने १ किलो लिपिस्टिक खादैआएका छन । पुरुष सहकर्मीहरुले चुम्वनको माध्यमबाट हानिकारक लिपिस्टिक खादैआएको प्रतिवेदनले देखाएको सिफेडले जनाएको छ । सिफेडका अनुसार लिपिस्टिकमा मिसाइएको सिसाको परिमाणको बारेमा अध्ययन गरेर सर्बसाधारणलाई जानकारी गराउन तथा श्रृगारका सामाग्रीमा रसायनको मात्रा नियन्त्रणका लागि आवश्यक पर्ने निर्देशिका तयार गर्न सरकारलाई सघाउने उद्देश्यले अध्ययन गरिएको हो। सिफेडले लिपिस्टिकका नमूनाहरु संकलन गरेर परिक्षणका लागि नेपाल इनभ्यारोमेन्ट एण्ड साइन्टिफिक सर्भिसको ल्यावमा पठाएको थियो। पठाइएका नमूनाहरुलाई एटोमिक अबजरप्सन स्पेक्ट्रोस्कोपी प्रविधिद्वारा सिसाको मात्राको परिक्षण गरिएको थियो। 

लिपिस्टिकमा पाइने शिशाले मृगौलामा असर पु:याउनुका साथै छारे रोग निम्त्याउन पनि सहयोग गर्दैआएको छ,’ बैज्ञानिक साहले भने,‘यसले मस्तिक्स र स्नायु प्रणालीमा समेत ठूलै प्रभाव पार्न सक्छ।अध्ययन प्रतिवेदनअनुसार सबै भन्दा बढि १४५ पीपीएम म्याक ब्राण्डको बल्ड रेडमा पाईएको छ। अमेरिकी मापदण्डभन्दा झण्डै १४५० गुणाले बढि सिसाको मात्रा बल्ड रेडमा पाइएको छ। यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्राण्डमा ३० पीपीएम पाईए पनि यो परिमाण अमेरिकी मापदण्डभन्दा ३०० गुणाले बढि छ। यसवाहेक रेभ्लोन, ल्याक्मी, शिसिडो, डिली, च्यानल र मिडीमा लिडको मात्रा क्र मस: ४०, ५०, १२३, १०१ र ११६ पीपीएम पाईएको बैज्ञानिक साहले जानकारी दिए।

परीक्षण नतिजा
ब्राण्ड              रंग                     हानिकारक पदार्थको मात्रा
रेभ्लोन            विकेड चक्लेट - १०१               ४०
लोरिएल पेरिस      बेरी बेरी १८                      ३०
ल्याक्मी           इस्टबेरी इस्प्लास - ३५३            ५०
म्याक             बल्ड रेड - १३                    १४५
शिसिडो            गम् साइन (होलोग्राफिक) - १८      १२३
डिली              पिंङ - २४                       ११६
च्यानल            ब्राउन- १९                       १०१
मिडाई             लाइट पिंङ- ५४०                  ११६
काठमाडौं,९ असार, 2068

Comments

Post a Comment