राज्यको उदासिनताले वीउमा पनि नेपाल परनिर्भर

बैद्य रूपमा ४० प्रतिशत र अवैद्य रूपमा ६० प्रतिशत बीउ आयात


  • राजेश बर्मा
नेपालमा बर्षेनी झण्डै एक अर्बभन्दा बढी मूल्य बराबरको विभिन्न प्रकारका बीउ आयात हुन्छ भन्दा आश्चर्य नमान्नुहोला। तर कृषिप्रधान मुलुकको पर्यायवाची बनेको नेपालमै तरकारी उत्पादन तथा खाद्यान्नवालीका लागि झण्डै यो आँकडाभन्दा बढी मूल्य बराबरको वीउ भारतलगायत तेश्रो मुलुकबाट आयात हुँदैआएको छ।
सामान्य तरकारी र खाद्यान्नवालीको वीउमा पनि राज्यले परनिर्भर बनाउदै गएकोप्रति बिज्ञहरूले चिन्ता व्यक्त गरेका छन। सरकारीको गैरजि मेबार नीतिका कारण मुलुकमा बर्षेनी वैद्य र अवैध रूपमा अबौं मूल्यबराबरको वीउ आयात गर्न बाध्य बनाएर मुलुकलाई परनिर्भरतातर्फ उन्मुख बनाएको बिज्ञहरूले आरोप लगाएका छन। सरकारी तथ्याँकअनुसार आयात हुने बीउमध्ये झण्डै सबै कानुनी प्रकृया पुरा गरेर वैद्य रूपमा ४० प्रतिशत वीउ भारतलगायत तेश्रो मुलुकबाट आयात हुन्छ। बाँकी ६० प्रतिशत विभिन्न चोरबाटोहरूबाट गुणस्तरहिन बीउ आयात हुँदै आएको छ। आयात हुने बीउमा ८० प्रतिशत बर्णशंकर(हाइब्रीड) जातका बीउको वर्चस्व छ। बाहिरी मुलुकबाट सबैभन्दा बढी तरकारीको त्यसपछि मकै र धानको बीउ आयात हुँदैआएको छ।

'वैद्यभन्दा अवैध रूपमा झण्डै दोब्बरको परिमाणमा तरकारी, मकै र धानलगायतका बीउ आयात हुँदैआएको छ, अहिलेस म व्यवसायिक रूपमा तरकारीको वीउ उत्पादन गर्न कुनै पनि सरकारी निकायलाई जि मेबारी दिइएको छैन,Ó नेपाल वीउ गुणस्तर निर्धारण केन्द्रका प्रमुख दिलाराम भण्डारीले भने,'यसलाई नियन्त्रणमा ल्याउन हामीले नयाँ नीति निकट भविष्यमै अवल बन गर्न थालेका छौं। यो नीति कार्यान्वयनमा आएपछि अवैध रूपमा आउने वीउको परिमाण र गुणस्तरहिन बीउको बारेमा पनि यर्थाथ तथ्याँक संकलन हुन्छ।Ó

 सरकारले उन्नत जातका वीउ उत्पादन गरेर बिक्रि बितरणका लागि राष्ट्रिय बीउविजन क पनी खडा गरेपनि उक्त क पनीलाई तरकारीको वीउ उत्पादन गरेर बिक्रि बितरणको जि मेबारी दिइएको छैन। 'हामीलाई मु यतया खाद्यान्नवालीको वीउ खरिद गरेर बिक्रि गर्ने जि मेबारी दिइएको छ,Ó राष्ट्रिय वीउविजन क पनीका निमित्त प्रवन्धक ननु झाले भने,'तरकारीको वीउ उत्पादन गरेर बिक्रि गर्ने जि मेबारी दिइएको छैन। तैपनि आफै खरिद गरेर थोरै मात्रामा भएपनि तरकारीको वीउ बिक्रि गर्दैआएका छौं।Ó बोडी, घिउसिमी, करेला, प्याज, परवर, सिमी, गाजर, टमाटर, आलु, साग, काउली, बन्दा, भान्टालगायतका तरकारीको बीउ विभिन्न मुलुकबाट आयात हुने गर्छ।

नेपाल वीउ गुणस्तर निर्धारण केन्द्रका अनुसार गत आर्थिक बर्ष ०६९/७० मा ६७ करोड ४० लाख मूल्यबराबरको तरकारी र खाद्यान्नवालीको वीउ भारतलगायत तेश्रो मुलुकबाट आयात भएको थियो। तरकारीको वीउतर्फ ६७.२ मेट्रिक टन, मकैको वीउतर्फ ६ सय ९५ मेट्रिक टन र धानको वीउतर्फ ८ सय ९९ मेट्रिक टन गरेर कूल १ हजार ६ सय ६१ दशमलव २ मेट्रिक टन वीउ आयात गरिएको थियो। यसैगरी गत आर्थिक बर्ष ०६८०/०६९ मा ४५ करोड ६० लाखको मूल्य बराबरको तरकारीको बीउतर्फ ५९.२ मेट्रिक टन, मकैंको वीउतर्फ २ सय ६० दशमलव ७ मेट्रिक टन र धानतर्फ ५ सय ५४ मेट्रिक टन बीउ आयात गरिएको थियो।

केन्द्रका वरिष्ट वीउ विकास अधिकृत लालप्रसाद आचार्यका अनुसार मकैको वीउ भारतबाट, धानको बीउ चीन, फिलिपिन्स र भारतबाट तथा तरकारीको बीउ थाइल्याण्ड, जापान, कोरिया, चीन, इटली, नेदरल्याण्ड, ग्याटेमाला, हल्याण्डबाट वैध रूपमा आयात हुँदै आएको छ। गहुँको वीउ मेस्किको, भारत र बंगलादेशबाट आयात भएपनि त्यसको तथ्याँक भने केन्द्रसँग छैन। 'मागअनुसार आ नै मुलुकमा गुणस्तरयुक्त बीउ उत्पादन हुन नसक्दा नेपाल बीउका लागि परनिर्भर बन्दै गएको छ,Ó अधिकृत आचार्यले अन्नपूर्ण पोष्टसँग भने।

नेपाल वीउ व्यवसायी संघ(सियान) का महासचिब दुर्गा अधिकारीका अनुसार मौसममा नेपालमा दैनिक झण्डै २५ लाख रूपैयाँ बराबरको तरकारीको वीउको कारोबार हुन्छ। तर ८५ प्रतिशत आयातित वीउमै नेपाली कृषक भरपर्ने अवस्था छ। सियानकाअनुसार केही बर्षअघि गरिएको एक  स्थलगत अध्ययनले मुलुकका आधा दर्जन ठूला शहरमा मात्र करिब ६० करोड १८ लाख ३२ हजार ७ सय २१ रूपैयाँ मूल्य बराबरको तरकारीको वीउ आयात हुँदै आएको तथ्याँक संकलन गरेको थियो। तरकारी विकास निर्देशनालयका अनुसार मुलुकभर करिब २ हजार मेट्रिक टन तरकारी वीउको माग छ । तर सरकारी र नीजिक्षेत्रबाट गरेर करिब ९ सय मेट्रिक टन उत्पादन हुँदैआएको छ। मुलुकभर २ लाख ८ हजार १ सय ८ हेक्टरमा तरकारी खेती हुन्छ। जसवाट करिब २६ लाख मेट्रिक टन तरकारी उत्पादन हुन्छ। 
काठमाडौं, १० भदौं , 2070

Comments