आठ रेक्टरको भुकम्प आए चारलाख घाइते

एक लाख मर्न
  • राजेश बर्मा
राजधानीमा आठ रेक्टरको भुकम्प आए करिब एक लाख सर्वसाधारणको ज्यान जाने तथा करिव चारलाख घाइते हुने अवस्था देखिएको छ। भूकम्पिय जोखिम व्यवस्थापन आयोजनाले हालै सार्वजनिक गरेको अध्ययनका अनुसार काठमाडौं भूकम्पकीय दृष्टिकोणले अत्यन्तै जोखिममा पनि छ। 


अध्ययन अनुसार भूकम्प आउँदा असुरक्षित रुपमा निर्माण गरिएका भवनका कारण ८० प्रतिशत, घाइते भएर समयमा उपचार नपाएर ८ प्रतिशत, उद्दार हुन नसक्दा ८ प्रतिशत र भूकम्पपछिको पहिरो तथा आगलागीका कारण ४ प्रतिशत सर्वसाधारण जोखिममा पर्नेछन्। वि.संं.१९९० मा आएको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । राजधानीमा मात्रै ४ हजार २ सय ९६ जनाको मृत्यु भएको थियो। २०४५ को भूकम्पले ७ सय २१ जनाले ज्यान गुमाएका थिए। 

शहरी विकास तथा भवन निर्माण बिभागका महानिर्देशक अशोकनाथ उप्रेतीका अनुसार काठमाडौंको अनियन्त्रित जनघनत्व, व्यवस्थित सहरीकरण र पूर्वाधार, योजनाबिनाको बस्ती, जोखिमपूर्ण घर तथा भवन निर्माणले राजधानीलाई उच्च भूकम्पीय जोखिमा पारेको हो। छोटो समयमा ठूलो संख्यामा कमजोर संरचनाहरू निर्माण भएका छन्। यसले जोखिम बढाएको छ,’ उप्रेतीले भने। 

उप्रेतीका अनुसार अहिले प्रतिव्यक्ति जोखिमको अवस्था हेर्ने हो भने भूकम्पीय दृष्टिले संसारको जोखिमपूर्ण सहरको रूपमा जापानको कोवेलाई लिइन्छ। तर कोवेमा बस्ने मानिसभन्दा काठमाडौंमा बस्ने मानिस दुई सय गुना बढी जोखिममा रहेका छन्। अहिले राजधानीमा वर्षेनी १० हजारभन्दा बढीको संख्यामा भवन निर्माण भइरहेका छन्। तीमध्ये धेरैले भूकम्पीय सुरक्षा तथा भवनसंहिताको मापदण्ड पालन गरेका छैनन्। आठ रेक्टरको भूकम्पले विद्युत, खानेपानीलगायतका संरचना तथा भवन घरमध्ये साठी प्रतिशतभन्दा बढी क्षतिग्रस्त हुने अनुमान अध्ययनको छ। यस्तो भूकम्पले ठूलो संख्यामा मानिस घरबारबिहिन हुने खतरा छ। 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)का उपकार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठका अनुसार भूकम्पिय जोखिमको दृष्टिकोणले एघारौं स्थानमा रहेको नेपालमा कुनै पनि समयमा शक्तिशाली भूकम्प आउने संभावना छ। पछिल्लो समयमा नेपाल वरिपरीका छिमेकी मुलुकहरु भारत, पाकिस्तान, वंगलादेश, चीनलगायतका मुलुकमा शक्तिशाली भूकम्प आइसकेको छ। 

विश्वमा प्रत्येक बर्ष तीन लाखको संख्यामा भूकम्प जाने गरेको छ। सन् १५५६ मा चीनमा आएको ८ रेक्टर स्केलको भूकम्पमा परी २ लाख ५० हजार, सन् २००१ मा भारतमा आएको भूकम्पबाट ३० हजार, सन् २००४ मा भूकम्पका कारण आएको सुनामी छालका कारण २ लाख सर्वसाधारणले ज्यान गुमाएका थिए । 

कसरी आउँछ भूँइचालो
भौगर्भिक हलचलका कारण पृथ्वीको माथिल्लो भाग अर्थात भुसतहमा उत्पन्न हुने कम्पन नै भूँइचालो हो। भूगर्भ बिज्ञहरुका अनुसार भूकम्प दुई कारणले आउछ। पृथ्वीको भित्रि सतहमा रहेको उच्च तापक्रम बढी भएर उत्पन्न हुने ज्वालामुखिका कारण भूकम्प आउछ। यसैगरी जमिनभित्र रहेका उत्तरी क्षेत्रतर्फका युरेसिएन(टिवेट) प्लेट र दक्षिणी क्षेत्रतर्फका इण्डियन प्लेट( भुखण्ड) एक आपसमा जुध्न खोज्दा घर्षण हुन्छ र घर्षणबाट उत्पन्न हुने कम्पनबाट भूँइचालो आउछ। शहरी विकास तथा भवन निर्माण बिभागका बरिष्ठ इन्जिनियर तथा भूकम्प बिज्ञ सागरकृष्ण जोशीका अनुसार पृथ्वीको माथिल्लो भागदेखि ८ किलोमिटर भित्री भागमा रहेका युरिसिएन प्लेट र इण्डियन प्लेटकोबीचमा हिमालय क्षेत्र पर्छ युरिसियन प्लेट इण्डियन प्लेटभित्र पस्न खोज्दा,धकेल्न खोज्दा, एक आपसमा खप्टिंदा, छुट्टिदा वा घर्षण हुँदा उत्पन्न हुने कम्पनका कारण हिमालय क्षेत्र थकिन्छ। 

नेपाल भारतीय र तिब्बतीय भुखण्डहरुको बीचको सिमानामा पर्ने भएकाले बारम्बार शक्तिशाली भूँइचालो आउने गरेको बिज्ञहरु बताउंछन्। उनीहरुका अनुसार प्रत्येक बर्ष युरिसियन प्लेट दुई सेन्टीमिटरका दरले इण्डियन प्लेटभित्र पस्दै गएको छ। जसका कारण भूँइचालो आउने सम्भावना झन बढदै गएको छ। यसरी दुई प्लेटबीच तिव्र गतिमा धक्का वा घर्षण हुँदा भूसतहमा बढी झट्का र कम्पनको महसुस हुन्छ। यस्तो अबस्थामा ८ भन्दा बढी रेक्टर स्केलको भूँइचालो आउंछ। दुवै प्लेट घर्षण हुने केन्द्रविन्दुबाट गोलाकार रुपमा कम्पन उत्पन्न हुन्छ । जसका कारण घर्षण भएको केन्द्रबिन्दुमा अत्याधिक कम्पन भएर ठूलो रेक्टरको भूँइचालो आउछ। केन्द्रबिन्दुबाट जति टाढा हुँदै जान्छ कम्पन पनि टाढिदै सिधा रुपमा जान्छ। यस्तो अबस्थामा कम्पन कम मात्रामा अनुभव गरिनुका साथै क्षति पनि कम हुने गरेको छ। भुगर्भ विज्ञानका अनुसार पृथ्वीमा यस्ता भुखण्डहरु को संख्या २४ वटा छ। यि भुखण्डहरु नियमित रुपमा दिनहुँ एक आपसमा घर्षण भइरहेका हुन्छन। सानो घर्षण हुँदा सानो भूँइचालो र ठूलो घर्षण हुँदा ठूलो भूँइचालो आउछ। 

यस्ता घर्षणलाई रोक्न सकिन्न,’ बिभागका बरिष्ठ इन्जिनियर जोशीले भने,‘यस्ता घर्षणलाई रोक्ने कुनै उपाय नभएकाले सुरक्षित रहन पूर्व तयारी र बच्ने उपायहरु अबलम्बन गर्नुपर्छ।सानो भूँइचालोबाट पृथ्वीको सतहमा खासै असर पर्दैन तर मझौला र ठूलो भूँइचालोबाट भुसतहका भौतिक संरचना, खेतीपाती, जनावरलगायतका सम्पूर्ण क्षेत्रमा प्रभाव पर्छ। भूँइचालो आउदा आगलागीको अत्याधिक सम्भावना हुन्छ। भूँइचालोको कम्पनबाट बिद्युतीय प्रशारणका तारहरु एक अर्कासँग जुधेर आगलागी हुने सम्भावना हुन्छ। यस्तै खोलाको बगर तथा जलासय भएको जमिनको सतहको माटोमुनी बालुवा तथा चिस्यान हुन्छ। यस्तो चिसो बालुवा र माटो भूँइचालोको कारण तरलीकरण भएर जमिन फाट्ने, बाढी र पहिरो आउने, पानी बग्ने मूल बन्द हुने, मूल नभएको स्थानबाट आफै पानीको मूल फुट्ने सम्भावना पनि त्यतिकै हुन्छ। 

भू बनोटले नै असुरक्षित छ राजधानी
गिलो र नरम माटोमाथी काठमाडौं उपत्यका भएकाले भूँइचालोको सानो झट्का आएपनि बढी क्षति हुनसक्ने बिज्ञहरुले बताएका छन्। राजधानी बसेको शहरको भूसतहदेखि दुईसय मिटर तल्लो भागसम्म गिलो र नरम माटोको तह छ । भूँइचालोको सानै झट्काबाट उत्पन्न हुने कम्पनले यस्तो गिलो र नरम माटोको तहले छेकवार गर्न नसक्दा अन्य स्थानभन्दा राजधानीबासी बढी असुरक्षित भएको बिज्ञहरू बताउंछन्। उपत्यका बसेको जमिनमूनी ढुँगाको तह नहुँदा सानै भूँइचालो आउदा पनि त्यसले खतरनाक प्रभाव देखाउन सक्छ,’ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)का उपकार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भने। उनका अनुसार बि.सं. १९९० जस्तै भूँइचालो राजधानीमा आए ७५ प्रतिशत खानेपानीका पाइन लाइन, ४० प्रतिशत बिद्युत आपूर्ति,६० प्रतिशत टेलिफोन एक्सचेन्ज र ६० प्रतिशत पुलहरु काम नलाग्ने हुनेछन्। 

शहरी विकास तथा भवन निर्माण बिभागका महानिर्देशक अशोकनाथ उप्रेतीका अनुसार भूकम्पिय जोखिमको दृष्टिकोणले नेपाल एघारौं स्थानमा रहेको र कुनै पनि समयमा शक्तिशाली भूकम्प आउने संभावना छ। पछिल्लो समयमा नेपाल वरिपरीका छिमेकी मुलुकहरु भारत, पाकिस्तान, वंगलादेश, चीनलगायतका मुलुकमा शक्तिशाली भूकम्प आइसकेको छ। 

किन आउँछ भूकम्प ?
भौगर्भिक हलचलका कारण पृथ्वीको माथिल्लो भाग अर्थात भुसतहमा उत्पन्न हुने कम्पन नै भूँइचालो हो। भूगर्भ बिज्ञहरुका अनुसार भूकम्प दुई कारणले आउछ। पृथ्वीको भित्रि सतहमा रहेको उच्च तापक्रम बढी भएर उत्पन्न हुने ज्वालामुखिका कारण भूकम्प आउछ। यसैगरी जमिनभित्र रहेका उत्तरी क्षेत्रतर्फका युरेसिएन(टिवेट) प्लेट र दक्षिणी क्षेत्रतर्फका इण्डियन प्लेट( भुखण्ड) एक आपसमा जुध्न खोज्दा घर्षण हुन्छ र घर्षणबाट उत्पन्न हुने कम्पनबाट भूँइचालो आउछ। शहरी विकास तथा भवन निर्माण बिभागका बरिष्ठ इन्जिनियर तथा भूकम्प बिज्ञ सागरकृष्ण जोशीका अनुसार पृथ्वीको माथिल्लो भागदेखि ८ किलोमिटर भित्री भागमा रहेका युरिसिएन प्लेट र इण्डियन प्लेटकोबीचमा हिमालय क्षेत्र पर्छ युरिसियन प्लेट इण्डियन प्लेटभित्र पस्न खोज्दा,धकेल्न खोज्दा, एक आपसमा खप्टिंदा, छुट्टिदा वा घर्षण हुँदा उत्पन्न हुने कम्पनका कारण हिमालय क्षेत्र थकिन्छ। 

नेपाल भारतीय र तिब्बतीय भुखण्डहरुको बीचको सिमानामा पर्ने भएकाले बारम्बार शक्तिशाली भूँइचालो आउने गरेको बिज्ञहरु बताउंछन्। उनीहरुका अनुसार प्रत्येक बर्ष युरिसियन प्लेट दुई सेन्टीमिटरका दरले इण्डियन प्लेटभित्र पस्दै गएको छ। जसका कारण भूँइचालो आउने सम्भावना झन बढदै गएको छ। यसरी दुई प्लेटबीच तिव्र गतिमा धक्का वा घर्षण हुँदा भूसतहमा बढी झट्का र कम्पनको महसुस हुन्छ। यस्तो अबस्थामा ८ भन्दा बढी रेक्टर स्केलको भूँइचालो आउंछ। दुवै प्लेट घर्षण हुने केन्द्रविन्दुबाट गोलाकार रुपमा कम्पन उत्पन्न हुन्छ । जसका कारण घर्षण भएको केन्द्रबिन्दुमा अत्याधिक कम्पन भएर ठूलो रेक्टरको भूँइचालो आउछ। केन्द्रबिन्दुबाट जति टाढा हुँदै जान्छ कम्पन पनि टाढिदै सिधा रुपमा जान्छ। यस्तो अबस्थामा कम्पन कम मात्रामा अनुभव गरिनुका साथै क्षति पनि कम हुने गरेको छ। भुगर्भ विज्ञानका अनुसार पृथ्वीमा यस्ता भुखण्डहरु को संख्या २४ वटा छ। यि भुखण्डहरु नियमित रुपमा दिनहुँ एक आपसमा घर्षण भइरहेका हुन्छन। सानो घर्षण हुँदा सानो भूँइचालो र ठूलो घर्षण हुँदा ठूलो भूँइचालो आउछ। 

यस्ता घर्षणलाई रोक्न सकिन्न,’ बिभागका बरिष्ठ इन्जिनियर जोशीले भने,‘यस्ता घर्षणलाई रोक्ने कुनै उपाय नभएकाले सुरक्षित रहन पूर्व तयारी र बच्ने उपायहरु अबलम्बन गर्नुपर्छ।सानो भूँइचालोबाट पृथ्वीको सतहमा खासै असर पर्दैन तर मझौला र ठूलो भूँइचालोबाट भुसतहका भौतिक संरचना, खेतीपाती, जनावरलगायतका सम्पूर्ण क्षेत्रमा प्रभाव पर्छ। भूँइचालो आउदा आगलागीको अत्याधिक सम्भावना हुन्छ। भूँइचालोको कम्पनबाट बिद्युतीय प्रशारणका तारहरु एक अर्कासँग जुधेर आगलागी हुने सम्भावना हुन्छ। यस्तै खोलाको बगर तथा जलासय भएको जमिनको सतहको माटोमुनी बालुवा तथा चिस्यान हुन्छ। यस्तो चिसो बालुवा र माटो भूँइचालोको कारण तरलीकरण भएर जमिन फाट्ने, बाढी र पहिरो आउने, पानी बग्ने मूल बन्द हुने, मूल नभएको स्थानबाट आफै पानीको मूल फुट्ने सम्भावना पनि त्यतिकै हुन्छ। 

भूँइचालो आउनुपूर्वका तयारी
भूँइचालो आउदा कसरी जोगिने बिषयमा परिबारका सदस्यलाई आवश्यक जानकारी दिने, भूँइचालो आइपुग्दा ग्यांस, बक्ति र पानीको लाइन बन्द गराउने बारेमा जानकारी दिने। प्रहरी, दमकल, अस्पतालका सम्पर्क नम्बर टिपेर राख्ने । भइपर्दा त्यस्ता स्थानमा अबिलम्ब सम्पर्क गर्न सजिलो हुन्छ। अग्ला रुख,बिजुली, टेलिफोनका ल_ा र बिद्युतीय प्रशारण लाइनदेखि टाढा रहेको खुला चौर छनौट गरेर राख्ने, गोजीमा सिट्टी बोक्ने, बलियो टेवुल, पलंगमुनी र भित्रि भित्ताको छेउ सुरक्षित स्थान मानिएकाले यससम्बन्धमा पनि पूर्व तयारी गर्ने । टर्चलाइट, बोक्न मिल्ने एफ.एम.,प्राथमिक उपचारका सामाग्री, सुख्खा खाना, केही नगदआदी संकलन गरेर राख्नुपर्छ । 

भूँइचालो आउदा सुरक्षित कसरी बस्ने
भूँईमा घोप्टो परेर, सम्भव भए टेबुल, पलंगमुनी भूँइचालोको धक्का रहुन्जेलसम्म नआत्तिकन बस्ने, घर बाहिर भने सुरक्षित स्थानमा बस्ने, अग्ला घर, बिजुलीको लट्टा र तार भएको स्थानबाट टाढा बस्ने,सबारी साधनमा हुनुहुन्छ भने सुरक्षित स्थानमा सबारी साधनमै बस्ने। ठुलठूला घरबाट भने टाढै बस्नुपर्दछ। 

घर भत्किएर थुनिएमा
आफनो नाक र मुखलाई रुमालले छोपेर राख्ने, हलचल तथा अन्य गतिविधि नगर्ने, भित्ता वा पिभिसी पाइप लाइन भएको स्थानमा ढकढकाउने ताकि उद्धारकर्मीले सजिलै जानकारी पाउन सक्छन, सिट्टी गोजीमा छ भने बजाउने, केही सिप नलागेमा ठूलो आवाजमा गुहार्ने तर आफु सचेत भएर कराउने।
बिस १९६८ देखि २०५८ सम्म नेपालमा आएको भूँइचालो
५ देखि ६ रेक्टर स्केलको भूँइचालो प्रत्येक २ बर्षमा एकपटक
६ देखि ७ रेक्टर स्केलको भूँइचालो प्रत्येक ५ बर्षमा एकपटक
७ देखि ७ .५ रेक्टर स्केलको भूँइचालो प्रत्येक ८ बर्षमा एकपटक
७.५ देखि ८ रेक्टर स्कलेको भूँइचालो प्रत्येक ४० बर्षमा एक पटक
८ रेक्टर स्केलभन्दा माथीको भूँइचालो प्रत्येक ८० बर्षमा एक पटक
स्रोत : एनसेट

Comments

Post a Comment