छाडा अनियन्त्रित बजार

जताततै मिसावटकै जालो

  • राजेश बर्मा
'आज सांझ एकजना मित्रले बसौ न भन्नुभयो । रेष्टुँरामा अर्डर दिन मेनु हेरियो। बीयर खाउ भने आइसीयुमा भर्ना हुने डर। ह्वीस्की खाउ भने थोत्रा मोजा, पगालेको चप्पल र युरिया मलले किडनी फेल हुने त्रास। मम खाउ भने सडेको बन्दागोभी र बाख्राको छाला तथा बोसो भित्रिने भय। चाउमिन खाउ भने सडेको फर्सिको टमाटो सस। ससेज खाउ भने बिग्रेको आन्द्राभुडी र गाईको मासु खाइने डर,Ó सामाजिक सञ्जाल फेसवुकको स्टाट्समा विहिबार एक प्रयोगकर्ताले पोष्ट गरेका बाक्याँश हुन यि।


फेसवुकमा लेखिएको स्टाट्सजस्तै अहिले बजार निक्कै छाडा भएको छ। अहिले बजारमा पाइने दूधदेखि मदिरास म, तरकारीदेखि मासुस म, मिठाईदेखि ममस मका खाद्य पदार्थ खान योग्य छैनन। दिनभरीको पसिना बगाएर प्राप्त गरेको रकमबाट उपभोक्ताले बजारबाट जे किनेर खाँदैआएका छन। ति सबै पदार्थ गुणस्तरहिन र स्वास्थ्यका लागि हानिकारक मानिएको छ। फेसवुक प्रयोगकर्ताले स्टाट्समा थप यसरी लेखेका थिए,'मासु खाउ भने मरेका खसी र बाख्राको मासु पाइने डर। व्रोइलर कुखुरा खाउ भने वर्ड लुको सन्त्रास। चिसो पेयजन्य पदार्थ सेवन गरौं भने याद नाघेको। आ नो स्वास्थ्यको याल गरेर पानी खाएर उठौं भने ढलको पर्ने त्रास।Ó प्रयोगकर्ताले पैसा तिर्न तयार भएपनि गुणस्तरयुक्त खाद्य र पेयजन्य पदार्थ नपाएर यतिकै मन बुझाएर बाहिरिन बाध्य भएको फेसवुकमा लेखेका थिए।

फेसवुकमा लेखिएको यो स्टाट्सले नेपाली बजारको अवस्थालाई उजागर गर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै शब्दमा भन्ने हो भने बजारमा अहिले कुनै पनि पदार्थ गुणस्तरयुक्त छैनन। कमजोर खाद्य ऐनको फायदा उठाउदै व्यापारीले सजिलै छुट्ने हुनाले बजारमा वेथिती बढेको हो। विभागका महानिर्देशक जीवनप्रभा लामा भन्छिन,'बजारमा कुनै पनि पदार्थ शुद्ध छैनन। चाडवाडको समयमा झन मिसावट हुने खतरा हुन्छ। बढी भिडभाड हुने भएकाले व्यापारीले सजिलै मिसावट गरेर खाद्य र पेयजन्य पदार्थ विक्रि बितरण गर्छन।Ó उनका अनुसार विभागले दूध, तेल, पानी, घीउ र मसलाजन्य २ सय ६७ उद्योगविरूद्ध गत आर्थिक बर्षमा खाद्य ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो। अनुगमनको क्रममा भारतका प्र यात योगगुरू पतन्जली आयुर्वेद केन्द्रबाट उत्पादित नुनमा मापदण्डभन्दा कम आयोडिन भेटिएको छ।

'अब त् बजारमा कुन खाद्य सामाग्रीमा मिसावट छैन भनेर दिउसै टुँकी बालेर खोज्नुपर्ने अबस्था आएको छ,Ó विभागकी महानिर्देशक लामाले अन्नपूर्ण पोष्टसँग भनिन। बाणिज्य विभागका निर्देशक हरिनारायण वेलवासेका अनुसार बजार अनुगमनको क्रममा अधिकाँश खाद्य र पेयजन्य पदार्थमा मिसावटयुक्त भेटिएको र याद नाघेको भेटिएका छन। दिनहुँजसो हुने अनुगमनको क्रममा मु यगरी याद नाघेका केक, विस्कुट, तेल, घ्यु, मसला, पेप्सी, मिरिण्डा, कोकाकोला, स्प्राइट, यान्टा, मिरिण्डाजस्ता चिसो पेयजन्य पदार्थ तथा खानेपानी बजारमा भेटिन्छ। 'यस्ता सामाग्री ज त गरेर नष्ट गर्नुका साथै स बन्धीत व्यवसायीलाई बिक्रि बितरण नगर्न सचेत गराउदै आएका छौं,Ó उनले भने ।
 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिब ज्योति वानियाँले उपभोक्तालई ठग्ने उद्योगमाथि हदैस मको कारवाही गर्नुपर्ने सुझाव दिए। 'उपभोक्तालाई झुक्याएर गुणस्तरहिन पदार्थ बिक्रि गर्नेलाई हदैस मको कारवाही गर्नुपर्छ,Ó उनले भने,'हदैस मको कारवाही नहुँदा व्यवसायी हौसिएर मिसावट गर्ने र याद नाघेका खाद्य पदार्थ विक्रि गर्दैआएका छन।Ó मिसावट खाद्य पदार्थको सेवनका कारण उपभोक्ताले जानेर वा नजानेर अन्धोपन, पक्षाघात, टयुमर, कमलपित्त, रक्तचाप, ग्यास्टिक, कलेजो सुन्निनु, किडनी फेलहुनुजस्ता घातक रोग नि त्याइरहेका छन।

के मा कस्ता पदार्थ मिसाइन्छ ?
  • मरिचः यसमा मेवाको वीउ मिसाइन्छ । मरिचलाई पानीमा हालेपछि मेवाको वीउ पानीमा तैरिएपछि यो नक्कली हो ।
  • चनाको धुलोः बेसनमा खेसरी दाल मिसाइन्छ । टेस्टटयुवमा आधा चम्चा नमूना राखेर पिपेटले तीन मिलिमिटर पानी मिसाउने । त्यसमा तीन मिलिमिटर नुन वा अम्ल मिसाउने । टेस्टयुवलाई तातो भाडोमा डुवाउने । १५ मिनेटपछि त्यसको रंग बैजनी देखियो भने खेसरीको पिठो मिसावट भएको बुझनुपर्छ ।
  • चना र रहरको दालः खेसरीको दाल र मेटानिल पहेलो रंगको मिसावट । दाललाई टेस्टटयुवमा राखेर पानी हाल्ने । हलुका हाइड्रोक्लोरिक अम्लको केही राख्ने । टेस्टटयुवलाई हल्लाउदा घोलको रंग गाढा रातो भयो भने दालमा मिसावट गरिएको बुझनुपर्छ ।
  • महः महमा चिनी र पानी मिसाइन्छ । कपासको सानो टुक्रालाई महमा डुवाएर आगो लगाउने । महमा चिनी र पानीको मिश्रण छ भने कपास बल्दैन ।
  • तोरीको तेलः यसमा आर्जिमोन मिसाइन्छ । सान्द्र नाइट्रिक एसिड मिसाएर हल्लाउने । एसिडको तहमा रातो, खैरो रंगको तह देखिए मिसावट भएको बुझनुपर्छ ।
  • चांदीको बर्कः पान र मिठाईलगायतलाई आर्कषक बनाउन प्रयोग गरिने चांदीको वर्कमा पनि मिसावट हुन्छ । चांदकिो बर्क डढाउदा त्यतिकै तेलको सानो थोपाका रुपमा परिणत हुन्छ । तर मिसावट चांदीको वर्क डढाउदा गाढा खैरौ रंगको अबशेष बांकी रहन्छ ।
  • पिठोः रोटीको स्वाद फिक्का लाग्छ भने त्यसमा मिसावट भएको बुझनुपर्छ । पिठोमा पानी बढी लाग्यो र रोटी राम्ररी फुल्ने लक्ष्ण सक्कलीको हो ।
  • चियापक्ति ः चिनियां माटोको भाडो वा सिसाको प्लेटमा कागतीको रस राखेर त्यसमाथि अलिकति चियापक्तिको धुलो राख्ने । कागतीको रसको रंग सुन्तला रंग वा अर्काे रंगको हुंदा मिसावट छ भनेर बुझनुपर्छ । यसमा रंग मिसाइन्छ ।
  • हिंगः हिंगलाई आगोको रापमा डढाउदा आगोको राप बढी देखियो भने त्यो सक्कली हो भनेर बुझनुपर्छ । हिंगलाई सफा पानीमा धुंदा सेतो रंग देखियो भने सुद्ध भएको बुझनुपर्छ ।
  • धनिया वा अन्य मसलाः यसमा काठको धुलो मिसाइन्छ । आधि चम्चा मसला लिएर गिलासमा पानीसंगै घोल्ने । मसला गिलासको पिंधमा जम्मा हुन्छ भने नक्कली मसला पानीको तहमाथी तैरिन्छ ।
  • दूधः फोहोर पानी, सर्फ, खाने सोडा, पिठो मिसाइन्छ । टेस्टटयुवमा तीन मिलिलिटर दूध राख्ने । त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउने । दूध नीलो वा गाढा निलो रंगको भए दूधमा मिसावट भएको बुझनुहोस ।
  • घ्यु÷मख्खनः बनस्पती घ्यु र रांगाभैसींको बोसो मिसाइन्छ । हाइड्रोक्लोरिक अम्ल १० सिसि र एक चम्चा चिनी  घ्यु वा मख्खनमा मिसाएर हल्लाउनुहोस । मिसावट भए मिश्रणको रंग रातो हुन्छ ।
  • हरियो तरकारीः हरियो रंगको प्रयोग हुन्छ । सेतो व्लटिञ्ग पेपरको टुक्रामा कुनै हरियो तरकारीको एउटा नमूना राख्नुहोस । कागतमा रंग लागेमा तरकारीमा मिसावट भएको बुझनुहोस ।
  • दहिः यसमा बनस्पती घ्यु मिसाइन्छ । तीन मिलिलिटर दहीको नमूना लिएर टेस्टटयुवमा राख्ने । त्यसमा १० मिलिलिटर नुनको अम्ल वा मुराटिक अम्ललाई मिसाएर चौथाई चम्चा चिनी हालेर हल्लाउने । १५ मिनेटपछि रंग फेरियो भने मिसावट भएको बुझनुहोस ।
श्रोतः खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग
२०६८, असोज २०

Comments