१८१ मध्ये ७ मात्र योग्य

राजमार्ग होटेलको दुरावस्था

  • राजेश बर्मा
पृथ्वी राजमार्ग भएर उपत्यकाबाट बाहिर जाँदैहुनुहुन्छ र यात्राको क्रममा गुणस्तरयुक्त खाना खाने स्थलको खोजी गर्दैहुनुहुन्छ भने बक्ति बालेर खोज्नुपर्ने अबस्था आउन सक्छ। राजमार्गका क्षेत्रमा सञ्चालित दर्जनौं होटेलमध्ये केहीको खाद्य पदार्थमात्र गुणस्तरयुक्त भएकाले होटेलहरूको भिडमा गुणस्तरयुक्त होटेल छान्न समस्या पर्न सक्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै सार्वजनिक गरेको एक तथ्याँकले यस्तो अवस्थाको उजागर गरेको छ। विभागले पृथ्वी राजमार्गका विभिन्न स्थानमा गरेको अनुगमनको क्रममा ७ वटा होटेल र तिनका खाद्य परिकार मात्र उत्कृष्ट स्तरका भेटिएका छन। बाँकी होटेल र तिनका उत्पादन गुणस्तरहिन अवस्थाका भेटिएका छन। 


विभागका महानिर्देशक जीवनप्रभा लामाका अनुसार पृथ्वी राजमार्ग अन्तर्गतका चितवनका रामनगर र मुग्लिङ तथा धादिङका मलेखुमा भएका सबै प्रकारका होटेल तथा रेष्टुँरा र तिनका उत्पादनका बारेमा अनुगमन गरिएको थियो। न्युनतम सेवा सुविधासमेत नभएको तथा दर्ता विना अधिकाँश होटेल सञ्चालले आफुखुशी मूल्य तोकेर यात्रुलाई गुणस्तरहिन खाना खुवाउदै आएको विभागले ठहर गरेको छ। 'अधिकाँश होटेल र रेष्टुँराको स्तर र उनीहरूबाट उत्पादन भएका खाद्य पदार्थ गुणस्तरहिन भेटिएका छन,Ó महानिर्देशक लामाले भनिन। उनका अनुसार चितवन र धादिङ जिल्लाका तीनवटा स्थानका १ सय ८१ होटेल तथा रेष्टुँरामध्ये ७ वटा होटेल र तिनका उत्पादन उच्च गुणस्तरयुक्त ठहरिएका छन।



विभागका अनुसार रामनगरको श्रीनगर होटल र राइस प्यालेस, मुग्लिङको थकाली भान्साघर, रूपसी होटेल र जोमसोम होटेल  तथा मलेखुको त्रिशुली रिभर र पिस हेभेन रेष्टुँराको भौतिक पूर्वाधार र खाद्य पदार्थ उच्च गुणस्तरयुक्त पाइएको थियो। यस्ता होटेललाई विभागले उत्तमस्तरको स्टीकर र बाँकी १ सय ५५ वटालाई मध्यमस्तर र १९ वटा न्युनस्तरको स्टिकर उपलव्ध गराएको थियो। विभागले स्थानीय निकायमा दर्ता भए नभएको र दर्ता न बर लिए नलिएको, होटेल र राजमार्गबीचको दुरी, व्यक्तिगत सरसफाई, दक्ष कामदार, हात धुने व्यवस्था, तौलियालगायतको व्यवस्था, पानीको श्रोत, परिमाण र गुणस्तर, होटेलमा प्रकाश र हावाको सुविधालाई स्टीकर प्रदान गर्न मापदण्ड बनाएको छ।



यसैगरी भान्साकोठाको सरसफाई र आगो नियन्त्रण र खाना भण्डारण गर्ने सुविधा, सौचालयको सरसफाईलगायतको आधारलाई हेरेर विभागले ८० देखि सय अंक प्राप्त गर्ने होटेललाई 'कÓ बर्गमा राखेर हरियो बृत, ६० देखि ८० अंक प्राप्त गर्नेलाई 'खÓ वर्गमा राखेर पहेलो वृतमा एउटा रातो धर्का, ४० देखि ६० अंक प्राप्त गर्ने होटेललाई 'गÓ वर्गमा राखेर पहेलो वृतमा दुईवटा रातो धर्का र ४० भन्दा कम अंक प्राप्त गर्ने होटेललाई 'घÓ वर्गमा राखेर रातो वृत भएको स्टीकर स बन्धित होटेललाई उपलब्ध गराउदै आएको छ। 'कÓ वर्गलाई उच्चस्तर, 'खÓ वर्गलाई मध्यमस्तर अर्थात सुधार आवश्यक, 'गÓ वर्गलाई न्युनस्तर अर्थात खतरापूर्ण र 'घÓ वर्गको खरावस्तर अर्थात होटेल नै बन्द गर्नुपर्ने अवस्थालाई सुचित गर्छ। 



दशैं तिहार र छठजस्ता पर्वमा उक्त राजमार्गबाट दैनिक करिब ४० हजारका सं यामा यात्रुहरू उपत्यकाबाट बाहिरिन्छन। रात्रिकालिन समयमा बाहिरिने यात्रुहरू गुणस्तरयुक्त र अस्वच्छ खाद्य पदार्थको बारेमा जानकारी बिना यस्ता स्थानका होटेलमा ढुक्क भएर खाना खाँदैआएका छन।



वक्स

दुईभन्दा बढीमाथी मुद्दा दायर

विभागले गत आर्थिक बर्ष ०६९/७० मा गुणस्तरयुक्त खाद्य पदार्थ तथा पेयजन्य पदार्थ उत्पादन गर्ने २ सय ६७ वटा क पनीमाथी मुद्दा दायर गरेको छ। विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार उक्त अवधीमा ३ हजार २ सय ४४ पटक बजार अनुगमन र नमूना संकलन गरिएको थियो। यसैगरी १ हजार १ सय ७६ पटक होटेल, रेष्टुँरा तथा मिठाई पसलको अनुगमन गरेर १ करोड ४६ लाख ९९ हजार रूपैयाँ राजस्व विभागले आर्जन गरेको छ।
काठमाडौं, २५ भदौं , 2070

Comments