Toys : Threat to Children's Health

सावधान ! बच्चाका खेलौना बिषाक्त हुन्छ
  • राजेश बर्मा
साना बालबालिकालाई खुशी बनाउन विभिन्न प्रकारका रंङगीचंङगी खेलौना दिदैं हुनुहुन्छ भने एक पटक होसियार हुनुपर्ने वेला आएको छ। मनमोहक र रंङगीचंङगी देखिने यस्ता खेलौना तपाईको बालबालिकाका लागि बिषाक्त पनि हुनसक्छ। बच्चाहरु को हात, मुख र आँखामा पर्ने खेलौनाहरु बिषाक्त मात्रै होइन विभिन्न प्रकारका रोगहरू नि त्याउन ठूलै भूमिका खेल्दै आएको छ।
हालै गरिएको एक अध्ययनअनुसार खेलौनामा बालबालिकालाई अत्यन्त खतरनाक मानिने गहे धातु सिसा(लिड), मर्करी(पारो) का साथै क्याडमियम, आर्सेनीक, एन्टिमनीलगायतका रसायनको मात्रा भेटिएको छ। बिज्ञहरूका अनुसार यो रसायनले बालबालिकाको शारिरीक र मानसिक बृद्धि विकासमा असर गर्नुका साथै अत्यन्त बिषाक्तसमेत मानिएको छ। बालबालिकालाई लक्षित गरेर प्लास्टिक, काठ, रबर र टिनबाट निर्माण भएका मनमोहक खेलौनाहरूमा यस्ता प्रकारका घातक रसायनको मात्रा फेला पारिएको छ। 


नेपालमा अधिकाँश खेलौनाहरू चीन, भारत, मलेसिया, थाईल्याण्डसहित यूरोप र अमेरिकाबाट आयात हुन्छ। अमेरिका, भारत, फिलिपिन्स र चीनमा कार्यरत ग्रीनपीस ईन्टरनेशनल तथा स्वीडेन र अमेरिकामा कार्यरत इन्टरनेशनल पप्स इलिमिनेशन नेटवर्क (आईपेन) नामको दुई संस्थाले हालै चिनीया बजारमा पाइने ५ सय प्रकारका गुडिया, सिसाकलम, बल, गाडि, रिङ्गलगायतका खेलौनाको नमूना संकलन गरेर अध्ययन गरेको थियो। ति दुवै संस्थाले खेलौनाहरूमा पाइने घातक रसायनहरू को बारेमा अध्ययन अनुसन्धान गर्दैआएको छ। खेलौनाहरूको अध्ययनको क्रममा ७५ प्रतिशतभन्दा बढी नमूनामा सिसा, पारो, क्याडमियम, आर्सेनीक , बोरोन, एन्टिमनीलगायतका रसायनको मात्रा पाइएको थियो। यसैगरी अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदन अनुसार बजारमा पाइने १ सय ५७ प्रकारका खेलौनामध्ये ९९ प्रकारका खेलौनामा लिडको मात्रा भेट्टाइएको थियो। यसैगरी फि लिपिन्समा गरिएको अध्ययनको क्रममा पनि खेलौंनाहरु मा घातक रसायनहरू फेला पारिएको छ।

अध्ययन अनुसार २९ प्रतिशत अर्थात ४ सय ३५ मध्ये १ सय २४ वटा खेलौनाहरु मा वालवालिकाको स्वास्थ्यलाई विगार्ने क ितमा एउटा घातक रसायन पाईएको थियो। त्यसै गरी ६७ खेलौनाहरु मा सिसाको मात्रा अमेरीकी मापण्ड ९० पीपीएमभन्दा बढी पाईएको थियो। आईपेनको नेपालका साझेदार संस्था जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सिफेड) का कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार सिसाको मात्रा श्वासप्रश्वास, खाना र छालाको माध्यमबाट शरीरमा प्रवेश गर्छ। यसले रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्दछ। जसका कारण विभिन्न अंग र तन्तुमा रगतको कमी आएर अक्सिजन पुग्न सक्दैन।

सिसाले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु:याउनुका साथै दिमागी सन्तुलनमा प्रभाव पार्ने, श्रबण शक्ति गु ने, मृगौलामा असर पु:याउने र नपुंसकता बनाउनेजस्ता घातक रोग लाग्न सक्छ। यसैगरी पारोको मात्रा शरीरमा प्रवेश गरेर स्नायु, पाचन, स्वासप्रश्वास प्रणालीमा असर पु:याउनुका साथै मृगौला तथा फोक्सोमा प्रतिकुल असर गर्छ। त्यस्तै क्याडमियमका कारण क्यान्सर रोग लाग्ने, हार्ड बलियो हुनबाट रोक्ने, पाचन र प्रजनन प्रणाली तथा एन्टिमनीले मानसिक, शारिरीक र बौद्धिक क्षमता प्रतिकुल असर पु:याउछ।

हालै नेपालमा पनि आईपेनको सहयोगमा सिफेडले सुरू गरेको यसस बन्धी अध्ययनको क्रममा खेलौनाहरु मा यस्ता घातक रसायनहरू फेला पारिएको छ। 'बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गरी नेपालमा विभिन्न मुलुकबाट यस्ता खेलौना आयात भएर चर्को मूल्यमा बिक्रि बितरण भइरहँदा पनि सरकारले यसतर्फ कुनै चासो देखाएको छैन,Ó उनले भने,'कुन कुन रसायन मिसाएर खेलौना निर्माण गरिएको हो, त्यो बारेमा उपभोक्तालाई जानकारी गराउने खालको कुनै पनि विवरण खेलौनाहरूमा उल्लेख गरिएको छैन। Ó उनका अनुसार वालवालिकाको स्वस्थ्य र सुरक्षित रूपमा खेल्न पाउने अधिकारतर्फ अभिभावक, विद्यालय, चिकित्सक, व्यापारी तथा सरोकार रा ने सरकारी निकायले समेत चासो देखाउन सकेको छैन। पछिल्लो वर्षको भन्सारको तथ्याँकअनुसार नेपालमा २० करोड रु पैयाँ बराबरको विभिन्न प्रकारका खेलौनाहरू आयात गरिएको थियो ।

यस्ता समस्याहरु लाई स बोधन गर्न बिभिन्न मुलुकहरु मा आवश्यक एेन र मापदण्डहरु बनाएर प्रभावकारी रूपमा कार्यान्वयन ल्याइएको छ। यूरोपीयन यूनियनमा सहभागी राष्ट्रहरूले सन् १९९९ देखीहालस म ६ प्रकारका याथालेट्सका खेलौनाहरूको प्रयोगमा प्रतिवन्ध लगाइसकेको छ। अमेरिका र अस्ट्रेलियामा पनी यस्ता खेलौनाहरूमाथि बन्देज लगाईएको छ।


बाल खेलौना आयात र बिक्रि बितरणमा कडाई गरिने
सरकारले लेवलसहितको बाल खेलौनालाई मात्र बिक्रि बितरण गर्न तयारी सुरू गरेको छ। बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा अत्यन्त घातक रसायनहरू फेला परेपछि लेवलसहितको उत्पादक मुलुकको विस्तृत जानकारी खुलाइएको बाल खेलौना आयात गरेर बिक्रि बितरण गर्न दिने गृहकार्य सुरू गरेको छ।

गत वैशाख १४ गते 'वाल खेलौंनामा घातक रसायनÓ शिर्षकमा समाचार प्रकाशित गरेपछि सरोकारवाला निकायले मानव स्वास्थ्यका लागि घातक मानिएका यस्ता खेलौनाहरूका बारेमा नियमन गर्ने तत्परता देखाएको हो। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र(सिफेड) भन्ने संस्थाले हालै गरेको एक अध्ययनअनुसार बालबलिकाका स बन्धित विभिन्न प्रकारका खेलौनामा स्वास्थ्यलाई हानि पु:याउने लिड(शिशा), मर्करी(पारो), क्रोमियम, क्याडमियम र ब्रोमीन जस्ता तत्व पाइएको थियो। खेलौनामा यस्ता तत्वहरूको मात्रा ३ दशमलव ६ पिपिएमदेखि ८३०५ दशमलव ८ पिपिएमस म भेटिएको थियो। अध्ययनको क्रममा सयवटा नमूनामध्ये ५४ प्रतिशत खेलौना स्वास्थ्यको हिसावले अत्यन्त हानिकारक भेटिएको थियो।

सरकारी टोलीसहित सरोकारवाला निकायको हालै बसेको बैठकले घातक खेलौनाहरूको समस्या समाधानका लागि क ितमा पनि उत्पादक तथा उत्पादन मुलुक भएको लेवल सहितको खेलौनालाई मात्र आयात गर्न दिइने, नेपाल भित्रिएका यस्ता खेलौनाहरूको सघन अनुगमन गर्ने, मानव स्वास्थ्यलाई असर नपर्ने गरी खेलौनामा प्रयोग हुने रसायनहरूको मापदण्ड निर्धारण गरेर प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनेजस्ता निर्णय भएको बैठकमा सहभागी भएका सिफेडका कार्यकारी निर्देशक तथा वातावरण बैज्ञानिक रामचरित्र साहले बताए। गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब उद्धवप्रसाद वाँस्कोटाको अध्यक्षतामा बसेको बैठकमा गृह, वातारण, अर्थ, उद्योग, बाणिज्य तथा उद्योग, स्वास्थ्य तथा जनसं या, शिक्षा, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अधिकारीसहित जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

केन्द्रले अध्ययनका लागि काठमाडौ उपत्यका तथा काभ्रेका विभिन्न बजारहरू असन, महाबौद्घ, बनेपा, पुलचोक, कोटेश्वर, लगनखेल, ग्वार्को, जाउलाखेल, पाटन, महापाल तथा नयाँ वानेश्वरबाट सयप्रकारका प्लाष्टिक, धातु, काष्ठ, रबर, माटो, कपास, कपडा, फोम तथा कागजबाट बनेका विभिन्न एकल वा मिश्रीत रङ्गहरूको खेलौनाहरू संकलन गरेको थियो। खेलौनाहरूको अध्ययनबाट ४० वटामा ब्रोमिन, २८ वटामा लिड, १४ वटामा क्रोमियम, ९ वटामा क्याडमियम र १ वटामा मर्करी भेटिएको थियो भने ५४ प्रतिशत नमुनामा क ितमा एक रसायन, २७ प्रतिशतमा क ितमा दुई रसायन, ११ प्रतिशतमा क ितमा तीन रसायन, १ प्रतिशतमा भने चारवटा स म रसायन भेटिएको थियो।

साहका अनुसार सिसाको मात्रा श्वासप्रश्वास, खाना र छालाको माध्यमबाट शरीरमा प्रवेश गर्छ। यसले रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्दछ। जसका कारण विभिन्न अंग र तन्तुमा रगतको कमी आएर अक्सिजन पुग्न सक्दैन। सिसाले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु:याउनुका साथै दिमागी सन्तुलनमा प्रभाव पार्ने, श्रबण शक्ति गु ने, मृगौलामा असर पु:याउने र नपुंसकता बनाउनेजस्ता घातक रोग लाग्न सक्छ। यसैगरी पारोको मात्रा शरीरमा प्रवेश गरेर स्नायु, पाचन, स्वासप्रश्वास प्रणालीमा असर पु:याउनुका साथै मृगौला तथा फोक्सोमा प्रतिकुल असर गर्छ। त्यस्तै क्याडमियमका कारण क्यान्सर रोग लाग्ने, हार्ड बलियो हुनबाट रोक्ने, पाचन र प्रजनन प्रणाली तथा एन्टिमनीले मानसिक, शारिरीक र बौद्धिक क्षमता प्रतिकुल असर पु:याउछ। पछिल्लो वर्षको भन्सारको तथ्याँकअनुसार नेपालमा २० करोड रूपैयाँ बराबरको विभिन्न प्रकारका खेलौनाहरू आयात भएको थियो । 

Comments

Post a Comment