Food Safety & Nepalese Festival

चाडपर्वमा सुरक्षित खाद्य पदार्थको उपभोग

जीवन प्रभा लामा

नेपाली समाज विभिन्न जातजाती तथा समुदायको मिश्रित समाज हो, धेरै जातजाती, समुदाय रहेको हुँदा यस भित्रका रितिरिवाज र पराम्परा पनि विविध प्रकारका छन् । दशैं, तिहार र छठ जस्ता चाडपर्वहरुलाई ठूलो समूहले साझा चाडका रुपमा मनाउने गरेको पाईन्छ । यी चाड मनाउन देश विदेशदेखि मानिसहरु आ–आफ्नो घरमा जम्मा हुँदा समाजमा मानिसको आवातजावत र खाद्य पदार्थ तथा अन्य सेवा र वस्तुको उपभोग बढ्छ । यसरी खाद्य वस्तुको उपभोग बढ्ने अवस्थामा, ती वस्तुको गुणस्तरमा उपभोक्ता ठगीने साथै कम गुणस्तरका वस्तुको उपभोगका कारणले विभिन्न रोगबाट संक्रमित हुने सम्भावना पनि उत्तिकै मात्रामा बढेर जान्छ । तसर्थ उपभोक्ताले खाद्य पदार्थको छनोट, भण्डारण, तयारी गर्ने विधि तथा उपभोग गर्ने बानीमा अपनाउने सानो सजगताले ठगिनेदेखि रोगबाट संक्रमित हुने अवस्था समेतबाट सजिलै जोगिन सक्छन् ।


चाडपर्वमा बढी उपभोग गरिने खाद्य पदार्थ ः
चाडपर्वमा सबै खाले खाद्य पदार्थको उपभोग बढेर जान्छ । दाल, चामल, गेडागुडी र फलफूलदेखि मिठाइ र मासुजन्य पदार्थ समेतको उपभोग उल्लेख्य मात्रामा बढेर जान्छ । दाल, चामल र गेडागुडी जस्ता पदार्थहरु सुख्खा अवस्थामा रहने हुँदा तुलनात्मक रुपमा सुरक्षित खाद्य पदार्थको रुपमा लिन सकिन्छ तर पनि यी वस्तुमा हुने मिसावटले भने उपभोक्ता ठगिने अवस्था सधै नै रहन्छ ।

दशैंमा माछा मासुजन्य पदार्थको उपभोग बढ्ने गर्छ भने तिहार र छठमा दूध र दूधबाट बनेका तथा अन्य वस्तुबाट बनेका मिठाइको उपभोग उल्लेख्य मात्रामा बढेर जान्छ । माछा मासु तथा दूधजन्य पदार्थ आफैं पौष्टिक खाद्य पदार्थ भएको हुनाले शुक्ष्म जिवाणुको संक्रमणको कारणले बिग्रने हिसाबबाट हेर्दा अत्यन्तै जोखिमपूर्ण खाद्य पदार्थ मानिन्छ । तसर्थ यस्ता खाद्य पदार्थको भण्डारण, प्रशोधन, तयारी तथा पस्कने अवस्थमामा हुने सामान्य कमजोरी तथा त्रुटीले मानिसमा तत्कलै “फुड पोइजनिंग” सम्म हुन सक्छ ।
चाडपर्वमा हाम्रो खाने बानी ः
चाडपर्व भन्ने बित्तिकै खाद्य वस्तुको ज्यादा उपभोग हाम्रो समाजको विशेषता जस्तै भै सकेको छ । कमजोर आर्थिक हैसियत भएकाहरुले समेत देखासीकी गर्ने बानीले हाम्रो समाजमा जसरी पनि उपभोग गर्नुपर्छ भन्ने कुरा संस्कारको रुपमा विकसित भैसकेको देखिन्छ । यसरी हेर्दा अवस्था कमजोर भएकाहरुले कम गुणस्तरका खाद्य वस्तु उपभोग गर्न बाध्य हुन्छन् भने उचित भण्डारण तथा प्रशोधन÷तयारी गर्ने अवस्था नहुँदा त्यसबाट स्वास्थ्यमा पर्ने जोखिमको हिसाबले पनि उनीहरु नै बढी जोखिममा रहन्छन् ।

मुख्यतया चाडपर्वमा बढी प्रयोग गरिने खाद्य पदार्थहरुमा ः माछा, मासु, अण्डा, दूध, मिठाई, तेल तथा  मसला जन्य पदार्थहरु पर्दछन् । यस्ता खाद्य वस्तुको बढी उपभोग ग

चाडपर्वमा खाद्य पदार्थ सेवनको कारणले हुने जोखिमबाट जोगिन अपनाउन सकिने सावधानीः
१)     मासुजन्य पदार्थ उत्पादनका लागि स्वस्थकर जनावरको मात्र बध गरौं ।
२)     स्वस्थकर प्रक्रियाबाट उत्पादन भण्डारण तथा बिक्री वितरण गरिएका र बिक्री वितरण हुने क्षेत्रबाट मात्र  त्यस्ता वस्तुको खरीद गरौं ।
३)    मासुजन्य पदार्थ खरिद तथा उपभोग गर्दा “फ्रिज” मा राखिएको मात्र खरीद गरौं तथा बढी भएको मासुजन्य पदार्थ समेतलाई फ्रिजमा राख्ने गरौं  ।
४) माछा मासुमा शरीरलाई चाहीने अत्यावश्यक पौष्टिक तत्वहरु हुने भएकोले पौष्टिक खाद्य वस्तुको रुपमा पहिचान भएपनि बढि सेवनले मासुमा हुने बोसो, चिल्लो र मसलायुक्त पदार्थले शरीरलाई त्यतिनै हानी पुर्याउने भएकोले न्यून मात्रामा सेवन गर्ने गरौं ।
५)    दूध र दूधजन्य पदार्थलाई चिसोमा राख्ने गरौं ।
६)    प्रशोधित तथा तयारी खाद्य पदार्थको उपभोग गर्दा तलका कुरामा ध्यान दिऔं ।
र्दा अपच हुने र त्यसबाट उत्पन्न हुने स्वास्थ्य खतरा सामान्य रुपमा धेरै मात्रामा देखिन्छ । अर्काेतर्फ हरियो सागपात तथा रेसादार फलफूलको उपभोग गर्नु अति महत्वपूर्ण देखिन्छ तर त्यसको उपभोग भने ज्यादै न्यून मात्रामा हुने गर्दछ । चिल्लो पदार्थको उपभोग अत्यन्तै बढी हुन्छ, चिल्लो पदार्थ सामान्य अवस्थामा पनि हाम्रो शरीरमा ढिलो र थोरै मात्रामा पच्ने हुँदा बढी उपभोगका कारण स्वास्थ्यमा उत्पन्न हुने जोखिम झन बढी हुन्छ ।
  • खाद्य पदार्थको नाम,
  • उत्पादकको पूरा नाम, ठेगाना,
  • समिश्रण गरिएका कच्चा पदार्थहरुको विवरण,
  • खुद तौल र नापको परिमाण, प्रयोग गरिएको स्विकृत रंग र परिरक्षीको नाम,
  •  व्याच नं., उत्पादन मिति र उपभोग गरिसक्नु पर्ने मिति,
  • खुल्ला स्थानमा बिक्री वितरण गरिने खाद्य पदार्थ खरिद नगर्ने,
  • अनुमती लिएर सञ्चालन भएका उद्योग तथा बिक्री स्थलबाट मात्र खाद्य वस्तुको खरिद गर्ने ।

खाद्य पदार्थ प्रशोधन र तयारी गर्दा ध्यान दिनुपर्नेः
  • सुरक्षित कच्चा पदार्थ मात्र प्रयोग गरौं ।
  • खानेकुरा पकाउँदा पाक्ने गरी पकाऔं ।
  • सुरक्षित तापक्रममा भण्डारण गरौं । एकपटक पकाएर चिसोमा राखेका खानेकुरा तताउँदा पुनः पकाउँदाको तापक्रममा पुग्ने गरी तताऔं ।
  • तयारी गर्ने भाडाकुँडा, स्थान तथा बनाउने व्यक्तिको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिऔं ।
  • पकाएको र नपकाएको खाद्य वस्तु, विशेष गरी मासुजन्य पदार्थलाई अलग–अलग् राखौं ।
  • मासुजन्य पदार्थ र फलफूल तथा तरकारी जन्य पदार्थको तयारी गर्न प्रयोग गरिने चक्कु तथा अचानो सकेसम्म अलग प्रयोग गरौं । यस्तो हुन नसके मासुजन्य पदार्थका लागि प्रयोग गरेका चक्कु तथा अचानोलाई राम्ररी सफा गरेर मात्र अन्य वस्तुको तयारीमा प्रयोग गरौं ।
  • खाद्य पदार्थलाई बारम्बार तताउने र चिस्याउने नगरौं ।
  • एकपटक तताएर बाँकी रहेको तेललाई सकेसम्म अर्काे पटक प्रयोग नगरौं, गर्नैपर्ने अवस्थामा पनि  एक पटक भन्दा बढी पुनः प्रयोग नगरौं ।
  • एक पटक प्रयोग गरी सकेको तेलमा नयाँ तेल थपेर पकाउने नगरौं ।
चाडपर्वमा खाने बानीमा सुधार गरौंः
  • मासुजन्य पदार्थमा चिल्लो र मसलाको मात्रा धेरै हुन्छ तसर्थ एकै पटकमा धेरै उपभोग नगरौं ।
  •  मिठाइ जन्य पदार्थमा चिनी र चिल्लोको मात्रा धेरै हुँदा कम मात्रामा उपभोग गरौं ।
  •  बोक्रासहितको दलहन तथा अन्नमा फाइवरको मात्रा हुने हुँदा त्यस्ता वस्तुको उपभोगमा ध्यान दिऔं ।
  • रेसादार तरकारी जस्तैः हरियो सागपात तथा फलफूल प्रशस्त मात्रामा उपभोग गरौं ।
  • बढी नूनिलो प्रयोग भएका खाद्य पदार्थको उपभोग नगरौं ।
  • दहीले पाचन प्रक्रियामा सहयोग पु¥याउने हुँदा यसको उपभोगमा जोड दिऔं ।
माथि उल्लेखित सावधानी र सजगताले हाम्रा चाडपर्वमा हामीले उपभोग गर्ने खाद्य पदार्थको कारणले हुने ठगी तथा स्वास्थ्य सम्बन्धि समस्याबाट जोगिन सक्छौं ।
“स्वच्छ र स्वस्थ खाऔं, निरोगी बनौं ।
चाडपर्व हर्ष र उल्लासले मनाऔं ।”
लेखिका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक हुन ।

Comments

Post a Comment