“अस्तित्वको लडाई” मा सर्लाहीमा दलका अध्यक्षहरु

  • राजेश बर्मा

र्लाही जिल्लामा मधेश केन्द्रिय दलका नेताहरुलाई आफ्नो अस्तित्व जोगाउन कडा प्रतिस्र्पधा गर्नुपरेको छ । सर्लाही जिल्लाबाट पाँंच दलका अध्यक्षहरुले उम्मेदबारी दिएकाले पनि संविधानसभाको चुनाउमा यो जिल्लाले विशेष महत्व राखेको छ । यस जिल्लाबाट नेकपा एमालेका झलनाथ खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादब, चुरेभावर राष्ट्रिय एकता पार्टीका बद्रीप्रसाद न्योपानेले उम्मेदबारी दिएका छन । मधेश केन्द्रित दलका हस्तीहरु ठाकुर, महतो र यादबले आफ्नो स्थान सुरक्षित पार्न मधेश केन्द्रिय अन्य दलका साथै नेपाली काँंग्रेस, एमाले र एकीकृत माओवादीका उम्मेदबारहरुसँंग पैठेजोरी खेल्नुपरेको छ, यो जिल्लाबाट । 



सर्लाहीको ६ वटा निर्बाचन क्षेत्रमध्ये चारवटासम्म मधेश केन्द्रित दलले प्राप्त गर्न सक्ने आँंकलन गरिएको छ । सर्लाही क्षेत्र नम्बर ३, ४, ५ र ६ मा मधेश केन्द्रिय दलले जित हासिल गर्ने लक्ष्य राखेका छन । यसअघिको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट तमलोपा, ४ र ५ बाट सदभावना पार्टी र ६ बाट मजफो नेपालले जित हासिल गरेका थिए । बाँंकी दुईवटामा नेपाली काँग्रेस र माओवादी तथा नेपाली काँंग्रेस र एमालेको कडा प्रतिस्र्पधा हुनेछ । एकीकृत माओवादी र एमालेले आफ्नो पकड राख्न सक्ने मतदाताहरुको भनाई छ । यसअघिको संविधानसभा निर्बाचनमा मधेश केन्द्रिय दलले चारस्थानमा जित हासिल गरेका थिए । यसपटक भने तीन स्थान हासिल गर्न पनि सजिलो छैन, उनीहरुलाई । सत्ता समिकरणको सदुपयोग गरेर प्रायःजसो स्थानीय मधेशी मूलका नेताहरु मन्त्रीपरिषदमा पुगेपनि सर्लाही जिल्लाको विकास  र मधेश मुद्दाको सबालमा मौन बसेकाले पनि मधेश केन्द्रित दलका अध्यक्ष र अन्य उम्मेदबारलाई मतदातासँंग मत माग्न समस्या परेको छ । 

 “मन्त्रीमण्डलमा पटक पटक सामेल भइरहने यहाँंका मधेशी दलका अध्यक्ष र नेताहरुले कहिले पनि स्थानीय विकासे मुद्दालाई सम्बोधन गर्न सकेनन,” मलंगवा १० का रामनरेश राय भन्छन,“त्यसैले यसपटकको निर्बाचनमा जित्न त्यति सजिलो छैन । यहाँं अधिकाँंश जनता संविधानभन्दा विकासे मुद्दालाई प्राथमिकता दिएका छन । विकासमा अवरोध गर्ने नेताहरुलाई मतदान नगर्ने पक्षमा छौं हामी । स्थानीय विकास र मधेशी मुद्दा सम्बोधनको सबालमा उनीहरु मौन देखिए । अमूल्य मत दिएर केन्द्रमा पठाएका नेताहरु शत्ता लिप्सामा मात्र केन्द्रित देखिए ।” सर्लाही क्षेत्र नम्बर १ बाट  एमालेका तर्फबाट झलनाथ खनाल, एकीकृत माओवादीका तर्फबाट शम्भु श्रेष्ठ, सदभावना पार्टीका तर्फबाट रुपनारायण सिंह, तराई मधेश सदभावना पार्टीका रामचन्द्र कुशवाहा, नेकाँंबाट शुशिला कार्कीलगायतका उम्मेदबारले उम्मेदबारी दिएका छन । यो क्षेत्रका स्थानीय जनताहरु स्थानीय नेताहरुले विकासे काममा तदारुकता नदेखाएकाले एमाले अध्यक्ष खनालले केही गर्ला भन्ने आशका साथ उनलाई अत्याधिक मत दिन सक्ने मतदाताहरुले बताएका छन । 

“स्थानीय नेताहरुले सर्लाही जिल्लाको मुहार फेर्न सकेनन्,” ईश्वरपुरका उमेश साह भन्छन,“बरु बाहिरिया नेताले केही गर्ला कि भनेर झलनाथ खनाललाई हामीले मतदान गर्ने पक्षमा छौं ।” त्यसो त् खनाललाई जित्न त्यति सजिलो देखिएको छैन । उक्त क्षेत्रमा उनलाई एकीकृत माओवादीका शम्भु  श्रेष्ठ तथा सदभावना पार्टीका रुपनारायण सिंहसँंग कडा प्रतिस्र्पधा गर्नुपरेको छ । उक्त क्षेत्रबाट नेकाका तर्फबाट शुशिला कार्कीले पनि उम्मेदबारी दिएकी छिन । पुरुष उम्मेदबारको भिडमा उनी एक्लो महिला उम्मेदबार भएकाले पनि उनलाई प्रतिस्र्पधा गर्न निक्कै सकस परेको छ ।

क्षेत्र नम्बर २ बाट नेकाँंबाट रामचन्द्र चौधरी,  एमालेबाट सुरेन्द्र लामा, सदभावनाबाछ अफजल हुसैन, चुरे भावर राष्ट्रिय एकता पार्टी अध्यक्ष बद्री न्योपाने, एकीकृत माओवादीबाट राजकुमार यादबलगायतका उम्मेदबारले उम्मेदबारी दिएका छन । यसमध्ये नेकाँंका चौधरी र एमालेका लामाबीच कडा प्रतिस्र्पधा हुनेछ । चौधरी जनतासँंग प्रत्यक्ष सम्बन्ध राख्ने र काग्रेसका इमान्दार नेता भएकाले उनी अघि जान सक्ने आँंकलन गरिएको छ । चुरे भावर एकता पार्टी पछिल्लो समयमा चारभागमा बाँंडिएपनि उक्त पार्टीबाट अध्यक्ष बनेका न्योपानेलाई पनि प्रतिस्र्पधामा टिक्न सजिलो देखिएको छैन ।


क्षेत्र नम्बर ३ बाट एमालेका हरि उप्रेती, एकीकृत माओवादी भरत थापा, काँंग्रेसका मिना पाण्डे,  मधेशी जनअधिकार फोरम नेपालका अशोकसिंह कोइरीलगायतका उम्मेदबारले उम्मेदबार दिएका छन । जसमध्ये एमालेका उप्रेती, मजफो नेपालका अशोकसिंह कोइरी र एकीकृत माओवादीका थापाबीच प्रतिस्र्पधा हुने मतदाताहरुले औल्याएका छन । क्षेत्र नम्बर ३ मधेशी तथा पहाडे समुदायको मिश्रित बस्ती भएकाले र पहाडे समुदायबाट १७ जना उम्मेदबार तथा मधेश केन्द्रित दलबाट थोरै उम्मेदबार भएकाले मत विभाजन भएर मधेशी नेताले हात पार्ने अवस्था पनि देखिएको छ ।

क्षेत्र नम्बर ४ बाट सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टी अध्यक्ष महेन्द्रराय यादब, मजफो नेपालबाट रामचन्द्र राय, एमालेबाट राजनारायण साह, नेकाबाट लक्ष्मण राय, एकीकृत माओवादीबाट रामकिशुन राय, राष्ट्रिय मधेश समाजवादी पार्टीका दिनेशकुमार रायलगायतका उम्मेदबारले उम्मेदबारी दिएका छन । यसमध्ये महेन्द्रराय यादब, राजनारायण साह, दिनेश यादब र राजेन्द्र महतोबीच चार पक्षिय भिडन्त हुने देखिएको छ । यो क्षेत्रमा यादब समुदायको करिब ४० र अन्य समूदायको करिब ६० प्रतिशत जनसंख्या रहेको छ । पछिल्लो निर्बाचनमा जातीय समिकरणको आधारमा महतोले तत्कालिन मजफो नेपालका नेता र हाल मजफो (लोकतान्त्रिक) का वरिष्ट उपाध्यक्ष रामेश्वरराय यादबलाई हराएर बिजय भएपनि यसपटक भने उनलाई जातिय मतको आधारमा बिजय हासिल गर्न पनि हम्मे पर्न सक्ने देखिन्छ । उनी प्रतिनिधित्व गर्ने समुदायबाट अर्का उम्मेदबार राजनारायण साह बलियो उम्मेदबारको रुपमा देखापरेकाले मत बाँंडिने सम्भावना छ । 

क्षेत्र नम्बर ५ बाट मजफो(लोकतान्त्रिक) बाट वरिष्ट उपाध्यक्ष तथा पूर्व मन्त्री रामेश्वरराय यादब, तमलोपाबाट जंगीलाल राय, सदभावनाका प्रमोद साह, मजफो नेपालका अशोक यादब, पूर्वराज्यमन्त्री तथा तराई मधेश सदभावना पार्टीका खोभारी राय,  पूर्वमन्त्री तथा नेकाँंका नागेन्द्रकुमार रायलगायतकाले उम्मेदबारी दिएका छन । मुख्यगरी रामेश्वर, अशोक, प्रमोद र जंगीलालबीच चार पक्षिय प्रतिस्र्पधा भइरहेको छ । “मधेश केन्द्रित दलहरु फुटेका कारण यसपटकको निर्बाचनमा आशातित प्रतिफल प्राप्त गर्ने सम्भावना छैन,” मजफो(लोकतान्त्रिक)का तर्फबाट उम्मेदबारी दिएका रामेश्वरराय भन्छन,“यसको सिधा फायदा तीन ठूला दलले उठाउने सम्भावना छ ।” 

सर्लाही क्षेत्र नम्बर ६ बाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, नेकाँंका अमरेशकुमार सिंह, रातो पासपोर्ट काण्डमा मुछिएका तराई मधेश सदभावना पार्टीका शिवपुजन यादब, सदभावनाका फकिरा महतो, एकीकृत माओवादीका नन्दलाल राय र एमालेका ममतादेवी राजपुतलगायतले उम्मेदबारी दिएका छन । मतदाताहरुका अनुसार यसमध्ये ठाकुर, सिंह, र यादबबीच कडा प्रतिस्र्पधा देखिएको छ । तमलोपा अध्यक्ष ठाकुर घरदैलो अभियानमा त्यति धेरै सक्रिय नदेखिएकाले तथा जितेर पनि स्थानीयभन्दा राष्ट्रिय राजनीतिमा बढी सक्रिय हुने भएकाले जनता उनीप्रति त्यति साकारात्मक देखिएका छैनन । उक्त क्षेत्रमा उपल्लो र तल्लो समुदायको मत समिकरणले पनि निर्बाचनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । उपल्लो समुदायको करिब ३० र तल्लो समुदायको ७० प्रतिशत जनसंख्या रहेको क्षेत्र नम्बर ६ मा नेकाँंका तर्फबाट उपल्लो समुदायका अमरेश सिंहले उम्मेदबारी दिएका कारण मत बाँंडिएर तल्लो समुदायको मत समिकरणको आधारमा शिवपुजन यादब निस्कने सम्भावना पनि त्यति नै बलियो देखिएको छ । यसअघि शिवपुजन महन्थ ठाकुरलाई  सय मतले हराएका थिए ।


क्षेत्र नम्बर मतदाता संख्या   कडा प्रतिस्र्पधी 
५१२७८ झलनाथ खनाल, शम्भु श्रेष्ठ, रामचन्द्र कुशवाहा
५५०७९        रामचन्द्र चौधरी र सुरेन्द्र लामा
५४८१९        हरि उप्रेती, भरत थापा, अशोकसिंह कोइरी
५४१४७        महेन्द्रराय यादब, राजनारायण साह, दिनेश यादब र राजेन्द्र महतो
५३१७१        रामेश्वरराय यादब, जंगीलाल राय, अशोकराय यादब, प्रमोद साह
५२१५५       महन्थ ठाकुर, शिवपुजन यादब, अमरेशकुमार सिंह


2070, मलंगवा,  कात्तिक २५ ः 

Comments