महोत्तरीमा तीनस्थान मधेशकेन्द्रित दलको पोल्टामा पर्ने सम्भावना

  • राजेश बर्मा

होत्तरी जिल्लामा पनि मधेश केन्द्रित दलको प्रभाव त्यति सारो देखिएको छैन । स्थानीय क्षेत्रहरुमा तीन ठूला राजनीतिक दलहरुबाहेक मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी,  राष्ट्रिय मधेशी समाजवादी पार्टीबीच कडा प्रतिस्र्पधा हुने तय छ । संविधानसभाको निर्वाचनमा मधेश केन्द्रिय दलहरुमध्ये रामसपा पार्टी र सदभावना पार्टीको केही बलियो उपस्थितीका कारण यो जिल्लाबाट मधेश केन्द्रित दलहरुले तीनवटा सिट प्राप्त गर्न सक्ने अपेक्षा गरेका छन  । 


गृह जिल्ला तथा तीन दशकदेखि राजनीतिमा सक्रिय रहेका कारण महोत्तरीबाट रामसपाका अध्यक्ष शरदसिंह भण्डारीले ठूलो आश लगाएका छन । उनले आफ्नो पार्टीले कम्तीमा तीनवटा सिट ल्याउन सक्ने दावी गरेका छन ।  भण्डारी आफै क्षेत्र नम्बर १ र ६ बाट उम्मेदबार बनेका छन । यसअघिका निर्बाचनमा क्षेत्र नम्बर ६ बाटै २१ मतले बिजयी भएका भण्डारीलाई यसपटक भने क्षेत्र नम्बर १ बाट विजयी हुन सकस नै हुने बर्दिबासका मतदाता ओम श्रेष्ठले बताए । भण्डारी क्षेत्र नम्बर ६ बाट सजिलै जित्न सक्ने आँंकलन गरिएको छ । उनका अनुसार भण्डारीको उक्त क्षेत्र आफ्नो नभएकाले विजयी हुन कठिन हुन सक्छ । यसैगरी सोही क्षेत्रबाट एकीकृत नेकपा माओवादीबाट उम्मेदबारी दिएका गिरीराजमणी पोखरेललाई पनि विजय हासिल गर्न सजिलो छैन । उनका लागि भण्डारीजस्तै क्षेत्र नम्बर १ नौलो मानिन्छ । उक्त क्षेत्रमा बढी प्रभाव चिरञ्जीवि हमालको देखिएको छ । हमाल नेपाली काँंग्रेसबाट उम्मेदबारी दिएका हुन । हमाललाई नेकपा एमालेको मत जाने सम्भावना पनि त्यति नै प्रवल रहेको स्थानीय मतदाताहरुको आँंकलन छ । एमालेका तर्फबाट उम्मेदबारी दिएकी दुर्गाकुमारी दाहाल स्थानीय क्षेत्रमा त्यति प्रभावशाली नमानिएका कारण उनको मत हमाललाई पर्ने सम्भावना छ । मतदाताहरुका अनुसार हमाल, भण्डारी र पोखरेलबीच कडा त्रिपक्षीय प्रतिस्र्पधा हुने अनुमान गरिएको छ । 

यसैगरी क्षेत्र नम्बर २ मा यादब, मुश्लिम र साह समुदायको मतदाता संख्याले पनि उम्मेदबारहरुको हार जितको खेललाई निर्धारण गर्न सक्छ । उक्त क्षेत्रमा मुश्लिम समुदायको करिब ८ हजार, साह समुदायको करिब ६ हजार र यादब समुदायको करिब १४ हजार मतसंख्या छ । यही जातीय मतसंख्याले उम्मेदबारलाई पछार्ने र अघि ल्याउने उदघोष गर्न सक्छ । क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपति डा. रामवरण यादबका भतिजी किरण यादब, एमालेका तर्फबाट मञ्जु यादब र यसअघिको निर्बाचनमा जितेका मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट हरिनारायण यादबले उम्मेदबारी दिएका छन । सोही क्षेत्रमा एकीकृत नेकपा माओवादीतर्फ लालबाबु यादब, रामसपाबाट जयनुल राइन, तराई मधेश लोकतान्त्रिक पार्टीबाट रुपा यादब र सदभावना पार्टीबाट जानकी शरण साहले उम्मेदबारी दिएका छन । 

पहिले नेपाली काँंग्रेसको महाधिवेशन प्रतिनिधि रहेका हरिनारायण अहिले एकीकृत माओवादीमा प्रवेश गरेका हुन । सोही क्षेत्रमा उम्मेदबारी दिएकी रुपा भने उनको आफ्नै बुहारी हुन । नेपाली काँंगे्रसका अध्यक्ष रहेका जानकी शरण सदभावनामा प्रवेश गरेका हुन ।  मतदाताहरुका अनुसार ससुरा लालबाबु र बुहारी रुपाबीच कडा प्रतिस्र्पधा हुन सक्छ भने अर्कोतर्फ किरण, मन्जु र हरिनारायणबीच पनि कडा प्रतिस्र्पधा हुन सक्छ । यादब समुदायबाटै करिब १५ जनाले उम्मेदबारी परेकाले मत विभाजन भएर अन्ततः उक्त क्षेत्रमा जयनुल राइन, किरण र लालबाबुबीच त्रिपक्षीय कडा प्रतिस्र्पधा हुनेछ । 

यस्तै क्षेत्र नम्बर ३ मा भने मधेश केन्द्रीत दलमध्ये तराई मधेश लोकतान्त्रिक पार्टीका गणेश तिबारी प्रभावशाली मानिएपनि संविधान सभाको निर्बाचनमा उनी निश्कृय बसेका कारण उनी सँंग रहेको मत संख्याले उम्मेदबारहरुको भाग्य चम्काउन सक्छ । तिबारी निष्कृय बसेपनि उनीसँंग भुमिहार तथा मधेशी ब्राहम्न समुदायको करिब १३ हजार मत छ । यो मतको आधारमा उम्मेदबारहरु हार्न वा जित्न सक्छन । श्रोतका अनुसार आफ्नै समुदाय अर्थात भूमिहार वा ब्राह्मण समुदायका उम्मेदबार विजयी होस भन्ने तिबारीको चाहना छ । उक्त क्षेत्रबाट यसअघिका निर्बाचनमा हार व्यहोरेका नेपाली काँंग्रेसका रामचन्द्र तिबारी, तराई मधेश लोकतान्त्रिक पार्टीबाट रामशंकर मिश्र,  एमालेबाट रामदयाल मण्डल, रामसपाबाट हरिप्रसाद मण्डल र एकीकृत माओवादीबाट रामआधार कापैडले उम्मेदबारी दिएका छन । जातिय मतसंख्या र मत समिकरणको आधारमा को आधारमा रामचन्द्र तिबारी र रामशंकर मिश्रबीच तथा उपल्लो र तल्लो जातिय मत समिकरणको आधारमा रामदयाल, रामचन्द्र र रामशंकर र हरिबीच कडा प्रतिस्र्पधा शुरु भएको छ । 

क्षेत्र नम्बर ४ मा भने नेकाँंबाट ललनकुमार राय, एकीकृत माओवादीबाट ईन्दुकुमारी शर्मा, सदभावनाबाट सुरिता साह, संघीय सदभावना पार्टीबाट सुनिल रोहित र एमालेबाट इलियास अन्सारी, मजफो नेपालबाट किरणकुमार राय, तमलोपाबाट हरिनारायण मण्डलगायतले उम्मेदबारी दिएका छन । इन्दु यसअघिको निर्बाचनमा तमलोपाबाट विजयी भएर पछि एकीकृत नेकपा माओवादीमा प्रवे्श गरेका रामकुमार शर्माका पत्नी हुन । यो क्षेत्रमा ललनकुमार, सुरिता र इन्दुकुमारीबीच कडा प्रतिस्र्पधा भइरहेको स्थानीय मतदाताहरुले वताएका छन ।

क्षेत्र नम्बर ५ मा एमालेबाट दीपनारायण साह, एकीकृत माओवादीबाट मो. रजी हैदर, नेकाँंबाट महेन्द्रकुमार राय, तमलोपाबाट राजकिशोर मण्डल, रामसपाबाट कौशलकुमार राय, मजफो नेपालबाट राजकिशोर यादबलगायतले उम्मेदबार दिएका छन । यो क्षेत्रमा पनि ब्राह्मण र भुमिहार समुदायको करिब ११ हजार मतसंख्याले उम्मेदबारको भविष्य निर्धारण गर्न सक्छ । यो क्षेत्रमा रजी हैदर, दीपनारायण र महेन्द्रबीच कडा प्रतिस्र्पधा भएको आँंकलन गरिएको छ । यस्तै क्षेत्र नम्बर ६ मा रामसपाबाट शरदसिंह भण्डारी, नेकाँंबाट सीताराम भण्डारी, एकीकृत माओवादीबाट भरत साह, मजफो नेपालबाट सीताराम साह, तमलोपाबाट नरेशकुमार महतो र एमालेबाट कोशिलाल यादबले उम्मेदबारी दिएका छन । यसअघिका निर्बाचनमा सीताराम भण्डारी शरदसिंहसँंग २१ मतले हार व्यहोरेका थिए । यसपटकको निर्बाचनमा पनि उक्त क्षेत्रमा शरदसिंह, नेकाँंका सीताराम र भरतबीच कडा प्रतिस्र्पधा देखिएको छ ।

क्षेत्र नम्बर मतदाता संख्या   कडा प्रतिस्र्पधी 
४४१८६ शरदसिंह भण्डारी, चिरञ्जीवी हमाल, गिरिराजमणि पोखरेल 
४३७४२ किरण यादब, लालबाबु यादब, जयनुल हक
४७२८७ रामदयाल मण्डल, रामचन्द्र तिबारी, रामशंकर मिश्र, हरिप्रसाद मण्डल
४३३७५ ललनकुमार राय, सुरिता साह, इन्दुकुमारी शर्मा
४४५४७ मो.रजी हैदर, दीपनारायण साह, महेन्द्रकुमार राय
४४२२७ शरदसिंह भण्डारी, सीताराम भण्डारी, भरत साह

महोत्तरी, कात्तिक २२, 2070

Comments