धनुषामा अधिकाँश क्षेत्रमा त्रिपक्षीय भिडन्त



  • राजेश बर्मा

संबिधान सभा चुनाउमा धनुषामा दुईक्षेत्र बाहेक अन्य ५ क्षेत्रमा मधेशी दलहरु प्रतिस्पर्धा भन्दा टाढा देखिएका छन । धनुषा निर्वाचन क्ष्ँेत्र नम्बर १ मा एकिकृत नेकपा माओवादीका उम्मेदवार रामचन्द्र झा, नेपाली का“ग्रेसका उम्मेदवार दिनेस प्रसैला, स्वतन्त्र उम्मेदवार (एमाओवादी बिद्रोही) का तर्फबाट जोगकुमार बरबरिया यादव (श्रवण यादव) बीच कडा प्रतिस्र्पधा हुने देखिन्छ । नेकपा एमाले, मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, सदभावनालगायतका दलहरुले प्रतिस्पर्धामा रहेको दाबी गरेपनि मुख्य ३ प्रतिस्पर्धीको दौडमा हालसम्म नदेखिएको विश्लेषकहरु बताउछन ।


 हाल एमाओवादीबाट उम्मेदवारी दिएका झा नै गत चुनावमा एमालेबाट निर्वाचित भएका थिए । यसैगरी क्षेत्र नम्बर २ मा पनि नेपाली का“ग्रेसका उम्मेदवार रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, नेकपा एमालेका भोला साहबीच प्रतिस्र्पधा हुने स्थानीयबासिको भनाई छ । तमलोपा, सदभावना, फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिकलगायतका दलहरु पछाडी परेका छन । गत चुनाउमा पनि यादव विजयी भएका थिए ।

त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली का“ग्रेसका उम्मेदवार बिमलेन्द्र निधि, नेकपा एमालेकी उम्मेदवार जुली महतो र नेकपा एमाओवादीका उम्मेदवार हरीदेव मण्डल चुनावी प्रतिस्पर्धामा देखिएका छन । राष्ट्रिय मधेश समाजवादी पार्टी, फोरम नेपाल, फोरम लोकतान्त्रिक, सदभावना लगायतका पार्टी प्रतिस्र्पधाभन्दा केही पछि परेका छन । गत चुनाउमा उक्त क्षेत्रमा तमलोपा तेस्रो स्थानमा रहेको थियो । गत चुनाउमा उक्त क्षेत्रबाट नेका“का निधि नै ५ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए । हुन त समानुपातिक तर्फ निधिले उक्त क्षेत्रका महिला लगायतका नेताहरुलाई मौका नदिएकाले कार्यकर्ताहरुमा ब्यापक असन्तुष्टि देखिएकोछ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा सर्बाधिक प्रतिष्पर्धा हुने देखिन्छ । नेपाली का“ग्रेसका उम्मेदवार रामसरोज यादव, तमलोपाका उम्मेदवार बृशेषचन्द्र लाल र सदभावना पार्टीका सञ्जयकुमार साहबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । साह यस अघि मधेशी जनअधिकार फोरम नेपालबाट चुनाउ जितेका थिए । लाल तेस्रो स्थानमा रहेका थिए । नेका“ले नया“ उम्मेदवार यादवलाई उक्त क्षेत्रमा टिकट दिएर उम्मेदबार बनाएको छ । का“ग्रेसको गढ मानिने क्षेत्र नम्बर ४ मा मधेशी दलहरुको प्रभाव भन्दापनि उम्मेदवारहरुको व्यक्तिगत प्रभाव बढी मानिन्छ । तर निर्वाचन क्षेत्र नम्बर ५ मा २०६४ को संबिधान सभा चुनाउ, फेरी उपचुनाउ र अहिलेको चुनाउको अवस्था धेरै भिन्न देखिएको छ । संबिधान सभाको चुनाउमा नेपाली का“ग्रेसबाट डा.रामवरण यादव विजयी भएका थिए । उनी राष्ट्रपति बनेपछि भएको उपचुनावमा उनका पुत्र डा.चन्द्रमोहन यादव तेस्रो स्थानमा झरेका थिए । एमालेका रघुबीर महासेठ उपचुनावमा निर्वाचित भएका थिए । हालसम्मको प्रतिस्पर्धामा तमलोपाकी उम्मेदवार अनिता यादव अगाडी देखिएकी छिन । अनिता यादव तमलोपाका स्वर्गबासी नेता ई.श्रीकृष्ण यादवकी विधुवा हुन । उनी यसअघिका चुनाउमा दोस्रो स्थान प्रँप्त गर्दैआएकी थिइन ।

निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली का“ग्रेसका उम्मेदवार प्रेमकिसोर प्रसाद साह अगाडी देखिएका छन ।उनी गत चुनावमा तत्कालिन एमाओवादी उम्मेदवार रामकुमारी यादवसित पराजित भएका थिए । यादवको निधनपछि उनकी पुत्री बोधमाया यादवलाई एमाओवादीले उम्मेदवार बनाएको छ ।तर सिराहाबाट उनलाई ल्याएर उम्मेदवार बनाएको बताउ“दै एमाओवादीका नेताहरु बिद्रोहमा  उत्रेका छन । बलराम सुबेदी स्वतन्त्र उम्मेदवारी नै दिएका छन । एमालेले यसपटक पनि योगनारायण यादवलाई नै उम्मेदवार बनाएको छ ।गत चुनावमा उनी तेस्रो स्थानमा रहेपनि का“ग्रेस उम्मेदवार साहभन्दा सय मत मात्र पछि परेका थिए । तर उक्त क्षेत्रमा यस पटक राप्रपा नेपालका उम्मेदवार मनोज मल्ल प्रतिस्र्पधामा अगाडी देखिएका छन । शेरे धनुषाको नामबाट परिचित हेमबहादुर मल्लको निधनपछि उनका छोरा मनोज चुनावी मैदानमा उत्रेका छन । हेमबहादुरको नाममा मनोजलाई सहानुभूति मत प्राप्त हुने संभावना छ । तर निर्वाचन क्षेत्र नम्बर ७ को अवस्था फरक छ । उक्त क्षेत्रबाट पुरानै उम्मेदवार एमालेका सत्रुधन महतोको अवस्था राम्रो देखिएको छ ।महतो यस अघि चुनाव जितेका थिए । गत चुनावमा नेका“का उम्मेदवार आनन्दप्रसाद ढुंगाना भन्दा साढे ५ हजार मत अन्तरले विजयी महतो यस पटकपनि एमाले टिकटबाट नै चुनाव लडेका छन । तर नेका“ले ढुंगानाको स्थानमा बासोलाल महतोलाई  उम्मेदवार बनाएको छ । यस पटक एकीकृत नेकपा माओवादीको तर्फबाट रामकुमार महतो उम्मेदवार बनेका छन ।गत चुनाउमा महतो जनमोर्चाबाट उम्मेदवार बनेका थिए । गत चुनावभन्दा यस पटक चुरे भावरको मतपनि निर्णायक हुन सक्छ ।



क्षेत्र नम्बर मतदाता संख्या   कडा प्रतिस्र्पधी 
४६१८० रामचन्द्र झा, दिनेश प्रसैला, योगकुमार वरवरिया
४४७२० रामकृष्ण यादब, रामचन्द्र मण्डल, भोला साह
४७८८७ विमलेन्द्र निधि, जुली महतो, हरिदेव मण्डल
५३०९७ रामसरोज यादब, बृशेषचन्द्र लाल, संजयकुमार साह
४७४४७ अनिता यादब, डा. चन्द्रमोहन यादब, रघुवीर महासेठ
४९०४६ प्रेमप्रसाद साह, बोधमाया यादब, मनोज मल्ला
४९३५१ शत्रुघन महतो, बासोलाल महतो, रामकुमार महतो
२० कात्तिक, २०७०

Comments