काठमाडौंको समस्या र समाधान अब मोवाइलमा

संसारमै पहिलो पटक नेपालबाट 'सिटीएप्स आपाथोन' कार्यान्वयनमा ल्याइदै


  • राजेश बर्मा
काठमाडौं, २३ माघ : उपचारको लागि अस्पताल जादै हुनुहुन्छ भने उपयुक्त चिकित्सक र परीक्षण गर्ने समयको जानकारी अब तपाईको मोवाइलमा आइपुग्छ। चिकित्सकले लेखेको औषधी कुन पसलमा पाइन्छ भन्नेबारेमा पनि घरबसेर नै जानकारी प्राप्त गर्न सकिन्छ। राहदानी बनाउन वा अन्य कामका लागि सरकारी कार्यालय जान खोज्नुभएको छ भने कहाँ जाने ? कुन प्रकृया अपनाउने र कस्ता कागजात आवश्यक पर्न सक्छलगायतका समस्याको समाधान अबको केहीदिनपछि तपाईकै मोवाइलले गर्न सक्षम हुनेछ।



माइक्रोस ट क पनीले कोरियाको सियोलस्थित स्थानीय निकायअन्तर्गतको विश्वभरका नगरपालिकाहरूको सञ्जाल 'सिटी नेट', युएन हैविट्याट, काठमाडौं महानगरपालिक, ललितपुर उपमहानगरपालिकालगायतका संस्थाको सहकार्यमा आगामी चैत दुईगतेदेखि 'सिटीएप्स आपाथोन' नामको मोवाइल एप्लिकेसन सार्वजनिक गर्दैछ। विश्वभरका प्रमुख शहरहरूका लागि एकैपटक यो एप्लिकेसन निर्माण गर्ने काम सुरू गरिएपनि माइक्रोस टले संसारमै पहिलो पटक नेपालबाट यसको सुरूआत गर्दैछ। 'विश्बभरमै पहिलोपटक नेपालबाट सार्वजनिक गर्ने गृहकार्य सुरू गरेका छौं,' माईक्रोस टको नेपालस्थित कार्यालय माईक्रोस ट इनोभेसन सेन्टरका प्रमुख आलेन बैलोचन तुलाधरले  बताए।


सर्वसाधारण उपभोक्ताले घर बसेर नै सरकारी कार्यालय तथा निजी क्षेत्रबाट उपलब्ध हुने स पूर्ण कामस बन्धी जानकारी, अस्पताल, बक्ति र पानी, यातायात, शिक्षा, स्कूल र कलेज, पर्यटन तथा खाना, भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, वातावरण बिषयलगायतका स पूर्ण जिज्ञासा र त्यसको समाधान मोवाइल फोनमार्फत प्राप्त गर्न सक्नेछन्। माईक्रोस टले यस्तै एप्लिकेसन दोश्रो चरणमा भारतको मु वई, भियतनामको खोचिमेन, कोरियोको सियोल, जापानको यकोहोमा र इण्डोनेशियाको जकार्तामा कार्यान्वयनमा ल्याउने छ। तेश्रो चरणमा विश्वभरका अन्य शहरमा लागु गरिनेछ।



एप्लिकेशन निर्माणका लागि माइक्रोस ट क पनीले सूचना प्रविधिस बन्धी नेपाली विद्यार्थीलाई नै परिचालन गर्ने जानकारी दिएको छ। 'नेपाली उपभोक्ताका लागि आवश्यक पर्ने एप्लिकेशन नेपाली विद्यार्थीबाटै निर्माण गर्ने गृहकार्य गरेका छौं। सबै खर्च हामीले दिएर यहाँकै विद्यार्थीबाट तयार गराएर त्यसबाट उत्कृष्ट एप्लिकेशन छनौट गरेर कार्यान्वयनमा ल्याउने योजना छ,' तुलाधरले भने। उनकाअनुसार यसका लागि सूचना प्रविधिका कार्यक्रम निर्माताहरू र स टवेयर निर्माताको समूहहरू छनौट गरेर आगामी फागुन ३० देखि धुलिखेलमा राखेर उनीहरूबाट निर्माण कार्य सुरू गराइनेछ। 'उत्कृष्ट एप्लिकेशन निर्मातालाई माइक्रोस टले पुरस्कृत गर्ने योजना पनि राखेको छ,' उनले भने।



यस योजनाको अर्का साझेदार संस्था गुथिका निर्देशक अनिल स्थापितका अनुसार एप्लिकेशन निर्माणका लागि अहिले समस्या र समाधान संकलन तथा नक्सांकनको काम सुरू गरिएको छ। 'एप्लिकेशन निर्माण पश्चात आगामी तीनमहिनास म माइक्रोस टले नै स्तरीयकरण र आवश्यक सहयोग उपलब्ध गराउनेछ,' उनले भने,'यो एप्लिकेशनको सहयोगमा सर्वसाधारण र सरकारी निकायका अधिकारीले केही सेकेण्डमै काठमाडौं शहरको सामाजिक, आर्थिक, व्यावसायिक बिकासस बन्धी स पूर्ण जानकारी लिन सक्नेछ।'

उनकाअनुसार यो एप्लिकेशन प्रयोग गर्ने उपभोक्तालाई सशुल्क सुविधा उपलब्ध गराउने वा नि:शुल्क त्यो बारेमा छलफल हुँदैछ।

Comments