फस्टाउँदै छ, 'नि:शुल्क भिसा, नि:शुल्क टिकटको धन्दा'

अवैद्य रकमको छैन हिसाबकिताब


  • राजेश बर्मा
काठमाडौं, २६ माघ/   'नि: शुल्क टिकट ! निशुल्क भिसा !' यस्ता शब्दसहितको विज्ञापनले दिनहुँ पत्रपत्रिका रंगिएका हुन्छन्। अनि, यस्ता विज्ञापनको पछि लागेर दिनहुँ सयौ विदेसिने कामदार ठगिन बाध्य भएका छन्। नि:शुल्क भिसा र टिकटको नाममा एक जना युवाबाट ८० हजार रुपैयाँस म असुल गर्छन्, यानपावर व्यवसायी र एजेन्ट। कतिपयले त राम्रो काम मिलाइने दिने भन्दै डेढलाख रूपैयाँस म बुझाउन बाध्य छन्। तर जि मेवार निकायका पदाधिकारी भन्छन्,'खैं हामीलाई थाहै छैन। प्रमाण लिएर आउनुस्', हामी कारवाही गरौंला।' सरकारको यही कमजोरीका कारण एकातिर निमुखा कामदारबाट मोटो रकम असुल्ने र अर्कोतर्फ राज्यलाई करसमेत नतिरी ब्र हलुट मच्चाउने मौका कतिपय व्यवसायीलाई मिलेको छ। नि:शुल्क भिषा र नि:शुल्क टिकटको नाममा कामको खोजीमा विदेसिने कामदार चर्को ब्याजमा ऋण लिएर विदेशमा कमाएको रकम पुन: ब्याज तिर्नमै खर्च गर्न बाध्य भएका छन्।


कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्र वैदेशिक रोजगारीको क्षेत्र करको दायरामा आउन नसकेको बताउँछन्। 'यो व्यवसायमा मात्र करिब ८० अर्ब रूपैयाँ अवैध रकम (ब्ल्याक मनी) छ,' उनी भन्छन्। लामो समयदेखि वैदेशिक रोजगार र रेमिट्यान्सका बारेमा अध्ययन गरिरहेका उनी यो रकम कहॉँ प्रयोग गरिएको छ भन्ने जानकारी सरकारलाईसमेत नभएको बताउँछन्। नि: शुल्क भिषा र टिकट ल्याएर जाने कामदारसँग भने चर्को रकम असुले पनि त्यसको हिसाबकिताब छैन। यसरी कर छलेर कमाइएको 'ब्ल्याक मनी' कहाँ कुन अवस्थामा छ भन्ने जानकारी छैन्। सरकारले अनुसन्धान गर्नसमेत नसकेको उनी बताउँछन्।


सरदरमा एउटा यानपावर क पनीबाट मासिक एक सय जनाभन्दा बढी कामदार नि:शुल्क भिसा र टिकटमा बैदेशिक रोजगारमा जान्छन्। सबै खर्च कटाएर एक जनाबाट न्युनतम ४५ हजार मात्रै नाफा लिने हो भने सय जनाबाट एउटा यानपावरले मासिक ४५ लाख रूपैयाँ अतिरिक्त असुल गर्न सक्छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मुलुकभरका नौं सय ३४ वटा यानपावर क पनीले गत कात्तिक महिनामा मात्रै कुवेत, मलेसिया, कतार, साउदी अरव र संयुक्त अरब इमिरेट्सलगायत मुलुकका लागि ९६ हजार तीन सय नौ जनाका लागि भिसा स्वीकृत भएको थियो। यसमध्ये झण्डै २२ प्रतिशत नि:शुल्क भिसा र टिकटमा कामदार विदेश उडेका थिए। यो तथ्यांकअनुसार मासिक करिब २१ हजार एक सय ८७ जना कामदारबाट गैरकानुनी रूपमा यानपावर क पनी र बिचौलियले ९५ करोड ३४ लाख १५ हजार रूपैयाँ असुल गरेको देखिन्छ।

होटेल, भौतिक निर्माण र सुपर मार्केटमा काम गर्न ९५ प्रतिशतजति नि:शुल्क टिकट र भिसा आउने गरेको छ। नेपालमै कामदारको अभाव हुन थालेको र जान चाहनेले पनि शुल्क तिर्न सक्ने अवस्था नरहेको भनेर यानपावर क पनीले रोजगारदाता क पनीसँग बार्गेनिङ गरेपछि रोजगारदाताले भिषा र टिकट नि: शुल्क पठाउन थालेका हुन्। जसको फाइदा यानपावर र बिचौलियाले उठाउदै आएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराई नि:शुल्क भिसा र टिकट ल्याएर जाने कामदारसँग रकम असुलेको पाइएमा कडा कारवाही गरिने बताउँछन्। नि:शुल्क भिसा ल्याएर रकम उठाएको हल्ला चले पनि विभागमा उजुरी नपरेस म कारवाही गर्न कठिन हुने उनी बताउँछन्।

नि:शुल्क भिसा र टिकट आएपनि कामदारसँग कार्यालय सञ्चालन खर्च, बिचौलियालाई दिनुपर्ने रकम र अन्य प्रशासनिक खर्च जोडेर एक जना कामदारसँग ७० हजार रूपैयाँजति लिदैं आएका छौं,' एक यानपावर व्यवसायी भन्छन, 'हामीले वैध रूपमा लिइने पाँच हजार वा गएका कामदारकोपहिलो महिनाको तलवको २५ प्रतिशतले हुन आउने राजस्वमात्र तिर्छौ।' स्रोतका अनुसार अवैध रूपमा उठाइएको यस्ता रकम नेपालको बैंकमा ज मा भएको छैन्। सबै रकम हुण्डीमार्फत अर्को मुलुक पठाउने र फेरि ल्याउने काम भइरहेको छ। यानपावर व्यवसायी र बिचौलियाले खुलेआम अरबौं रुपैयाँ कु ल्याइरहेपनि राज्यले उनीहरूलाई करको दायरामा ल्याउन सकिएको छैन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष टंकबहादुर राउत सरकारले निर्धारण गरेको सेवा शुल्कवाहेक व्यवसायीले अन्य कुनै पनि शीर्षकमा रकम असुल नगरेको दाबी गर्छन्। 'सेवा शुल्क लिएवापत हामीले रसिद उपलब्ध गराउदैआएका छौं। 'ग्रामीण क्षेत्रमा विदेसिन चाहने व्यक्ति आफैंले राजधानीस म ल्याइदिनेलाई रकम तिर्ने गरेकाले कामदारको खर्च बढेको हो,' उनी भन्छन्।

वैदेशिक रोजगारी लागि कतार जाने क्रममा रहेका सप्तरी मलेठका एक युवा भन्छन्, 'एक बर्ष अघि मेरो भतिजा पनि नि:शुल्क भिसा र टिकटमा कतार गएको थियो। भतिजाले उड्ने वेलास म ५० हजार रुपैयाँ तिरिसकेको थियो। बढी पैसा खर्च भएको भनेर एजेन्ट (विचौलिया) र यानपावरले कसैलाई नभन्नु भनेर भतिजालाई सिकाएको थियो। खर्चको बारेमा अरूलाई जानकारी गराइयो भने रोजगारदाता क पनीले भनेअनुसारको तलव र सुविधा दिदैंन भनेर त्रास देखाएका कारण उसले कसैलाई जानकारी दिएनन्।'

यो व्यवसायमा तीनदेखि पाँच चरणस मका बिचौलिया सक्रिय छन्। जसका कारण नि:शुल्क भिसा र नि:शुल्क टिकट भनिए पनि ५० हजारदेखि एक लाखस म तिर्नुपर्ने भएको छ। बिचौलियाले गाउटोलबाट कामदार र तिनको राहदानी संकलन गर्छन। उसले संकलन गरेका कामदारको सूची सहरबजारका बिचौलियालाई बुझाउछन्। त्यसपछि सहरका बिचौलियाले बढी कमिशन दिने राजधानीस्थित याननपावर क पनीलाई कामदारको सूची र राहदानी उपलब्ध गराउछन्। कामदार खोजेर यानपावरमा बुझाए वापत न्युनतम १५ हजारस म कमिशन पाउछन्।' उनकाअनुसार यस्ता विचौलियालाई हटाउन सकियो भने सबै खर्चसहित एकजनालाई अधिकतम ३० हजार रूपैयाँमा वैदेशिक रोजगारमा पठाउन सकिन्छ।

कतिपय यानपावरले ७० हजाररूपैयाँमै सरकारी शुल्क वाहेक सेवा शुल्क, निरोगिता प्रमाणपत्र, अभिमुखीकरण प्रशिक्षण, वीमा, कार्यालय प्रशासनिक, पत्रिकामा गरेको विज्ञापन, होटेल खर्च, यातायात खर्चलगायतका शीर्षकमा थप रकम तथा आ नो कमिशन जोड्छन्। कतिपयले यस्ता शिर्षकमा छुट्टै रकम थपेर असुल गर्छन्।

वैदेशिक रोजगार विभागअन्तर्गतको उजुरी तथा अनुसन्धान शाखाका प्रमुख यादबप्रसाद पौडेलले पुराना यानपावर क पनीभन्दा रातारात बढी मुनाफा लिएर धनी बन्ने होडमा नयाँ खुलेका यानपावर क पनीर त्यस्ता क पनीका बिचौलिया लागिपरेकाले समस्या बढेको बताउँछन्। पौडेल भन्छन्,'एकै जनासँग नै ३० हजारदेखि ७० हजारस म मुनाफा असुल गरिएको सुनिएको छ। तर आवश्यक प्रमाणको अभावमा कारवाही गर्न सकिएको छैन।' अनुसन्धान शाखाकाअनुसार गत पुसमा मात्रै संस्थागत रूपमा एकसय ३४ वटा र व्यक्तिगततर्फ ९५ वटा उजुरी परेका छन्। व्यक्तिगततर्फमात्रै डेढ अर्ब रूपैयाँभन्दा बढीको ठगि भएको उजुरी छ।

.....................................................................................................................................................

के भन्छन् सरोकारवाला निकायका अधिकारी

रवीन्द्रमोहन भट्टराई, महानिर्देशक,  वैदेशिक रोजगार विभाग


नि:शुल्क भिसा र टिकटमा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिएर कामदारलाई वैदेशिक रोजगारमा पठाउन मिल्दैन। यस्ता प्रक्रियामार्फत पठाउदा यानपावरले सेवा शुल्क वापत नियमपूर्वक पाँच हजार वा कामदारको पहिलो तलवको २५ प्रतिशत रकममात्र लिन पाउछन्। बाहिर धेरै रकम असुल गरेको हामीले पनि नसुनेका होइनौं। तर प्रमाणसहित उजुरी आएको छैन। हामीले यानपावरमार्फत आएका भिसा, टिकट, कामदार जाने क पनी, तलव, कामको प्रकृति हेरेर स्वीकृति दिने गरेका छौं।
...........................................................................................................................................................
खड्गबहादुर श्रेष्ठ, अध्यक्ष

वैदेशिक रोजगार प्रतिनिधि/एजेन्ट एसोसिएसन


हामी खुकुरीको धारमा बसेर काम गर्दैआएका छौं। गाउँबाट यानपावरस म पु:याएवापत एक जना कामदारसँग १५ हजार रुपैयाँ लिने हामीले दररेट नै निर्धारण गरेका छौं। यो सबै हाम्रो मुनाफा होइन। निरोगिता प्रशिक्षण, यातायात, होटेल तथा खाना खर्चपनि यसैमा समावेश छ। यो सबै गरेर १५ हजार रूपैयाँ धेरै होइन। यो भन्दा बढी रकम असुल गरिएको छ भने हामी त्यस्ता एजेण्ट र प्रतिनिधीमाथि कारवाही गर्न तयार छौं।
....................................................................................................................
 टंकबहादुर राउत,
प्रथमउपाध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ


हामीले पत्रपत्रिकामा सूचना प्रकाशित गरेपछि विदेसिने कामदार विभिन्न एजेण्टमार्फत आउँछन्। यस्ता एजेण्टले आ नो खर्च र नाफा कामदारबाट नै असुल्छन्। जसका कारण नि:शुल्क भिसा र टिकट भने पनि कामदारले पैसा तिर्नुपरेको हो। जाने कामदार व्यवसायीसँगभन्दा आ नै गाउँघरका हुने भएकाले एजेण्टमाथि बढी विश्वास गरेर उनीहरूले भनेअनुसार पैसा दिन्छन्। तर यसको मारमा हामी व्यवसायी पर्नुपरेको छ। यस्ता समस्या समाधानका लागि स्थानीय निकायले गाउँदेखि जिल्लास मका सर्वसाधारणका लागि समय समयमा जनचेतना जगाउनेखालका कार्यक्रम सञ्चालन गर्न सके निकै राम्रो हुन्छ।
..........................................................................................................................................................
1. वार्तालाप

माघ १३ गते सोमबार एक राष्ट्रिय दैनिकमा अवुधावीस्थित स्टार सेक्युरिटी सर्भिसेजलाई ५० जना सेक्युरिटी गार्डको आवश्यकता भएको स बन्धमा लाजि पाटमा रहेको हिमालयन ह्युमन रिसोर्सेज प्रालिले एउटा विज्ञापन प्रकाशित गरेको थियो। विज्ञापनमा कामदारको कुल लागत खर्च ७० हजार रुपैयाँ, तलव ५४ हजार चार सय ४०, सेवा शुल्क: पहिलो महिनाको तलवको २५ प्रतिशतको आधारमा १३ हजार ६ सय १० रूपैयाँ उल्लेख गरिएको छ।

सोही दिन दिउँसो दुई बजे विराटनगरबाट सुमन अधिकारीले गर्ने काम र लागत खर्चका बारेमा जानकारी लिन ह्युमन रिसोर्सेजको ०१-४२२६५५४ न बरमा मोबाइल फोनबाट स पर्क गरे। फोनमा नाम उल्लेख गर्न नचाहने एकजना पुरू षले उठाए। यस्तो छ कामदार र यानपावरका ती व्यक्तिबीचको वार्ता :

सुमन : म विराटनगरबाट बोलेको।

सुमन अधिकारी : ..........दैनिकमा विज्ञापन आइरहेको थियो, आज।

मेनपावर क पनी: हो। हजुर।

सुमन अधिकारी : सेक्युरिटी गार्डको।

मेनपावर : हजुर । स्टार सेक्युरिटीको।

सुमन अधिकारी : हो। हो। त्यो कामका लागि के कति खर्च लाग्दो रहेछ ?

मेनपावर : तपाईको नाम भन्नुस न ?

सुमन अधिकारी : सुमन अधिकारी।

मेनपावर : एजेण्टमार्फत आउनुस्।

सुमन अधिकारी : हुन्छ। कतिजति खर्च लाग्छ। त्यो बुझुम भनेको।

मेनपावर : भोली आउनुस। महाराजगञ्जस्थित ह्युमन रिसोर्सोजमा। खर्चको बारेमा त्यही छलफल गरौंला। एजेण्टले उठाउछन् त्यही तीन। तीनपचास म।

सुमन अधिकारी : तीन भनेको बुझिन।

मेनपावर : तीनलाखस म उठाउला।

सुमन अधिकारी : सबैखर्च तीनलाखस म लाग्ला होइन, सर।

मेनपावर : त्यतिस म लाग्छ। तर एजेण्टमा भर पर्छ। त्योभन्दा बढी पनि लाग्न सक्छ।
..........................................................................................................................................................
2. वार्तालाप

नि:शुल्क भिसा र टिकटस बन्धी वार्ता

माघ १३ गते सोमबार एक राष्ट्रिय दैनिकमा दुवईस्थित भर्जर डेलपोर्टेलाई प्ल बर २५ र इलेक्ट्रिसियन २५ जनाको आवश्यकता भएको स बन्धमा बत्तिसपुतलीस्थित दि रिभर ओभरसिज प्रालिद्वारा बिज्ञापन प्रकाशित। यसमा लागत खर्च पाँच हजार र तलव २७ हजार पाउने उल्लेख छ।

सोही दिन साँझ ५ बजेर ३४ मिनेट जाँदा जनकपुरबाट सुरज अधिकारीले प्ल बर काम र लाग्ने खर्चको बारेमा बुझ्न् उक्त क पनीको फोन न बर ०१-४४६२४३१ मा मोबाइल फोनबाट स पर्क गरे। फोन उक्त क पनीका रिसेप्सनिष्ट एक महिलाले उठाइन। रिसेप्सनिष्टले आधिकारिक व्यक्ति बिना जोशी हो भन्दै उनलाई फोन फरवार्ड गरिन्। कामदार अधिकारी र जोशीबीचको वार्ता:

कामदार : हलो। प्ल वरस बन्धी फ्रि भिसा फ्रि टिकटस बन्धी आज बिज्ञापन आइको रहेछ। त्यहीबारेमा बुझौं भनेको।

खर्च कति लाग्छ। प्रकृया के के छन्?

जोशी : जान ५० हजार लाग्छ।

जोशी : मेडिकल, ओरियन्टेसन, फोटो र अन्य बिषयको थप खर्च लाग्छ। अन्तर्वार्ता भोली १० बजे हुँदैछ। आउनुस न भोली। गौशाला आएर कार्यालयमा आउनुस्। मेरो नाम विना जोशी हो। मलाई भेट्नुस्।

स्रोत: टेलिफोन वार्तामा आधारित
.............................................................................................................................................
लागू भएन कोटा प्रणाली

सहिद परिबार, वेपत्ता परिवार, अपाङ, महिला तथा विपन्न परिवारका सदस्यका लागि वैदेशिक रोजगारमा आरक्षण दिने सरकारको नीति कार्यान्वयनमा आएको छैन्। कागजी रूपमा यस्ता परिबारका लागि १० प्रतिशत कोटा उपलब्ध गराउने निर्णय भएपनि सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन्। 'प्राविधिक रूपमा यो निर्णय निकै त्रुटीपूर्ण भएकाले कार्यान्वयनमा ल्याउन सकिएन,Ó विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराईले भने। उनका अनुसार कोटा छुट्टयाइपछि उक्त कोटामा यस्ता समुदायबाट जान नसकेको खण्डमा के गर्ने, यो सुविधा लागु गर्दा यानपावरलाई कस्तो खालको सुविधा उपलब्ध गराउने, अनुगमन कसरी गर्नेलगायतका बिषयमा स्पष्ट हुन नसक्दा यो नीति कार्यान्वयनमा ल्याउन नसकिएको हो।

अन्नपूर्ण दैनिकमा प्रकाशित सामाग्री  :
 बैदेशिक रोजगारमा ८० अर्बको कालो धन्दा
नि:शुल्क भिसामा मनपरी रकम असुली 

Comments

  1. Its pleasure to see this blog. I really salute to this praiseworthy work of MR Rajesh. I think, Its not only an ordinary blog, its a qualified newsportal/online media. Best wishes to his steps ahead...

    ReplyDelete
  2. Interesting News. Keep It up.

    ReplyDelete

Post a Comment