अखाध्य पदार्थ खुवाउदै सरकार

दूध र मासुको अवशेषस बन्धी स्वदेशी मापदण्ड नै छैन्

  • राजेश बर्मा
काठमाडौं : नेपालले दूध र मासुस बन्धी आवश्यक मापदण्ड तयार नगर्दा उपभोक्ताले दूषित अखाध्य पदार्थ सेवन गर्न बाध्य छन्। आवश्यक मापदण्ड तयार नहुँदा उपभोक्ताले ऐण्टिवायोटिक र बिषादीको अवशेषसहितको दूध र खसी तथा कुखुराको मासु सेवन गर्दैआएका छन्।



सरकारी अध्ययनअनुसार मानव शरीरलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्त पोषिलो मानिने दूध र मासुमा अत्याधिक मात्रामा एेण्टिवायोटिक तथा बिषादीको अवशेष पाइएको छ। विश्वका हरेक मुलुकले आफु सुहाउदो दूध र मासुको ऐण्टिवायोटिक औषधी अवशेष(एण्टिवायोटिक यासिमम रेसुड्यु) स बन्धी आवश्यक मापदण्ड निर्धारण गरेपनि नेपालले भने अहिलेस म युरोपियन युनियनको आधारलाई मान्दै आएको छ।



खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले व्यवसायिक रूपमा पशुपालन हुन नसकेकाले मापदण्ड बनाउन कठिनाई भएको बताइन। व्यवसायिक रूपमा एउटै प्रविधिबाट पशुपालन गर्न सकिएको अबस्थामा मात्र मापदण्ड तयार गर्न सजिलो हुने जानकारी दिइन। उनले भनिन,'नेपालमा हालस म पर परागत रूपमै पशुपालन गर्ने विधि व्याप्त छ। यस्तो अवस्थामा तयार पारिने मापदण्डले सबै प्रकारका दूध र मासुजन्य पदार्थ मानवस्वास्थ्यका लागि अयोग्य हुन सक्छ।' नेपालमा हालस म राम्रो उत्पादन पद्धती(जीएमपी) को अवधारणा कार्यान्वयनमा आएपछि मापदण्ड तयार पार्न सजिलो हुने उनले दावी गरिन्।



भेटेनरी जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक डा. मुकुल उपाध्यायले मापदण्ड तयार पार्न आवश्यक गृहकार्य सुरू गरिएको दावी गरे। 'अन्तर्राष्ट्रिय क्षेत्रमा अवशेषसहितको दूध र मासुले गरेको हानी नोक्सानीलाई हेरेर हामीले पनि बनाउनुपर्छ भनेर महसुस गरेका छौं,'उनले भने,'मापदण्ड बनाउन आवश्यक तयारीलाई तिव्रता दिइएको छ। यसका लागि आगामी साता राजधानीबाट नमूना संकलन गरेर पुन: मासु र दूधमा ऐण्टिवायोटिकको परिमाणस बन्धी सर्वेक्षण गर्दैछौं।' उनकाअनुसार मापदण्ड तयार गर्नुअघि मुलुकभर दूध तथा मासुस बन्धी अवशेषको सर्वेक्षण गर्नुपर्छ। त्यसको आधारमा मात्र मापदण्ड तयार गरिने उनले बताए।



लामाकाअनुसार भक्तपुर, पोखरा र काभ्रेमा उत्पादित दूधमा अत्याधिक मात्रामा औषधीको अवशेष पाइएको छ। यसैगरी चितवन तथा राजधानीमा बिक्रि हुने कुखुराको मासुमा पनि बढी अवशेष भेटिएका छन्। खसीको मासुस बन्धमा हालस म परीक्षण नभएकाले अवशेषको परिमाणबारे अन्यौल छ। विभागले मुलुकका विभिन्न क्षेत्रबाट १ सय २० वटा दूधको नमूना संकलन गरेर परीक्षण गरेको थियो। जसअनुसार ६७ वटामा अत्याधिक मात्रामा औषधीको अवशेष भेटिएको थियो। केहीमा एकहजार पीपीवी(पार्ट फर विलियन) भन्दा बढी मात्रामा पाइएको थियो।



युरोपियन युनियनले दूधमा औषधीको अवशेष न्युनतम ४ पीपीवी(पार्ट पर विलियन) स मलाई 'ठिक' भनेको छ। 'यस्तो अवशेष पाइएका दूध सेबन गर्दा बिरामी व्यक्तिले सोही समूहको औषधी काम गर्न सक्दैन,' डा. उपाध्यायले भने,'रोग निदानका लागि अत्यन्त कडा खालको ऐण्टिवायोटिक चलाउनुपर्ने अवस्था आउछ। दूधमार्फत व्यक्तिले सजिलै यस्ता औषधी पचाइसकेका हुनाले सामान्य औषधीले काम गर्दैन।'



उनकाअनुसार गाईभैसी, खसी बोका र कुखुरालाई समय समयमा विभिन्न रोगविरूद्ध ऐण्टिवायोटिक औषधी दिनुपर्ने हुन्छ। यस्ता औषधीको अवशेष पशुपंक्षीको शरीरबाट उत्सर्जन नहुँदै मासु र दूधको रूपमा प्रयोग गरिंदा मान्छेको शरीरमा पनि औषधीको अवशेष प्रवेश गरेर हानी पु:याउछ। यसैगरी तरकारी तथा वालीनालीमा प्रयोग गरिने बिषादीयुक्त बाली तथा पानीको सेवन गरेका कारण पनि पशुपंक्षीहुँदै मानिसको शरीरमा बिषादी प्रवेश गर्दैआएको छ।  औषधीको अवशेष भेटिएका मासु कुनै पनि शर्तमा व्यस्क तथा साना बालबालिकाले खान नहुने चिकित्सकहरूको भनाई छ।



कुखुराको २५ वटा कलेजोको नमूनामध्ये २३ वटा र २५ पाङग्रामध्ये १८ वटामा अवशेषको मात्रा धेरै भेटिएको थियो। यस्ता अवशेषयुक्त मासु र दूध सेवनका कारण कमलपित्त, झाडापखाला, डायरिया, पिसाव कम हुने, छाला, आँखा, हाड र मस्तिक्सजन्य रोग लाग्ने स भावना हुन्छ। 'अबशेषको बढी मात्राका कारण सर्वसाधारणको ज्यान जानसक्ने स भावना पछि हुन्छ,' चिकित्सक डा. उपाध्यायले भने।

कस्ता औषधीको अवशेष पाइयो

दूधमा मु यगरी ए पीसिलिन समूहको एमोक्सासिलिन, ए पीसिलिन र ओक्सासिलिन औषधीको अवशेष पाइएको थियो।  यसैगरी कुखुराको मासुमा सरकारले २०४० सालमा आयात तथा प्रयोगमा प्रतिवन्ध लगाएको टेट्रासाइक्लिन र पेनिसिलिनसहित सल्फोनेमाइड औषधीको अवशेष मासु, कलेजो, पाङग्रामा भेटिएको छ। थोरै समयमा बढी तौल बनाउन प्रयोग गरिने हर्मोन ग्रोथ भन्ने औषधीको अवशेष पनि भेटिएको छ।

अन्नपूर्ण पोष्ट दैनिकमा २०७१ जेठ २१ गते अर्थतन्त्रको पहिलो पृष्ठमा प्रकाशित

Comments