'अजिनोमोटो' : स्वाद मात्रै होइन घातक बिषपनि !

चाउचाउदेखि तरकारी मसलासम्ममा प्रयोग

  • राजेश बर्मा

काठमाडौं: जिव्रोको स्वाद फेर्न अजिनोमोटोयुक्त खाद्य पदार्थ सेवन गर्दैहुनुहुन्छ भने यसले तपाईलाई अत्यन्त हानिकारक दीर्घकालिन रोग लगाउन सक्छ। बजारमा पाइने अजिनोमोटो(मोनोसोडियम ग्लुटामेट-एमएसजी) युक्त चाउचाउ, तयारी सुप, तरकारी, माछामासु, क्रेकर, स्नाक्स, चिजवल्स, कुरकुरे, सोया सस, आलु चिप्स, अचार, सलाद, तरकारीका मसलालगायतका पदार्थको नियमित प्रयोगबाट ग िभर रोग लाग्ने प्रवल स भावना हुन्छ।



बरिष्ठ खाद्य बिज्ञहरूकाअनुसार अजिनोमोटोयुक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, हृदयघात, दिमाग शुन्य अवस्थामा पुगेर केही वेर र धेरैवेरस मका लागि सुस्त हुने, बिर्सने, टाउको दु ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर का ने, घाँटीमा सुन्निने, मुटुको धडकन बढ्ने, छाति दु ने जस्ता रोग लाग्न सक्छ। यसको प्रयोगले शरीर शिलत हुने, सन्चो असन्चोजस्तो अनुभव हुने, वाकवाकी आउने, कमजोरी भएको अनुभव हुने, दाँत बिग्रनेजस्ता समस्याहरू पनि आउन सक्छ।



खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले अजिनोमोटोयुक्त भएको खाद्य पदार्थ सकभर प्रयोग नगर्दा नै स्वास्थ्यका लागि 'बेश' भनेका छन्। उनकाअनुसार बालबालिका र बृद्धबृद्धालाई अजिनोमोटोयुक्त खाद्य पदार्थले सबैभन्दा बढी असर पु:याउँछ। 


'सकेस म अजिनोमोटोयुक्त खाद्य पदार्थ नियमित रूपमा कुनै पनि शर्तमा सेवन गर्नुहुन्न्,' त्रिभुवन विश्व विद्यालयका वरिष्ठ खाद्य प्रविधिस बन्धी प्राध्यापक डा. दिलिप सुब्बाले भने। डा. सुब्बाका अनुसार बालबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिज बल्स, कुरकुरेजस्ता तयारी खाजामा अनिवार्य रूपमा अजिनोमोटोको प्रयोग भएको हुन्छ। 'अजिनोमोटो कुनै पनि खाद्य पदार्थको स्वादलाई झन बढी मिठो बनाइदिन्छ,' उनले भने,'यसको अर्को नराम्रो पक्ष भने अजिनोमोटोको स्वाद पाइसकेकामा बिस्तारै यसको लत बस्छ। अजिनोमोटोयुक्त नभएका खाद्य पदार्थ खान नै मान्दैनन्। जसले गर्दा विस्तारै त्यस्ता व्यक्तिको शरीरमा यसले नराम्रो प्रभाव पार्न थाल्छ।'

'दि गार्जिएन' पत्रिकाकाअनुसार जापानका किकुनाई इकेदा भन्ने व्यक्तिले सन १९०८ मा अजिनोमोटोको खोज गरेका थिए। ७८ प्रतिशत ग्लुकामाइक एसिड, २१ प्रतिशत सोडियम र एक प्रतिशतको हाराहारीमा अन्य पदार्थको समिश्रणबाट अजिनोमोटो बनाइन्छ। जापानमा यसको खोज भएपनि सबैभन्दा बढी चिनियाँहरूले आ नो खाद्य पदार्थमा यसको प्रयोग गर्दैआएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सोध तथा अनुसन्धानले पनि अजिनोमोटोको सेवन मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको प्रतिवेदन सार्वजनिक गरेका छन्। अजिनोमोटोका कारण सबैभन्दा बढी दक्षिण एशिया प्रभावित भएको अन्तर्राष्ट्रिय प्रतिवेदनले तथ्य सार्वजनिक गरेका छन्।  

 
                                                       ........................................
डा. सुब्बाका अनुसार बालबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिज बल्स, कुरकुरेजस्ता तयारी खाजामा अनिवार्य रूपमा अजिनोमोटोको प्रयोग भएको हुन्छ। 'अजिनोमोटो कुनै पनि खाद्य पदार्थको स्वादलाई झन बढी मिठो बनाइदिन्छ,' उनले भने,'यसको अर्को नराम्रो पक्ष भने अजिनोमोटोको स्वाद पाइसकेकामा बिस्तारै यसको लत बस्छ। अजिनोमोटोयुक्त नभएका खाद्य पदार्थ खान नै मान्दैनन्। जसले गर्दा विस्तारै त्यस्ता व्यक्तिको शरीरमा यसले नराम्रो प्रभाव पार्न थाल्छ।'
                                                  ..............................................

खाद्य पदार्थमा अनियन्त्रित रूपमा अजिनोमोटोको प्रयोग भइरहेपनि सरोकारवाला खाद्य विभागले कडाईका साथ नियमन गर्न सकेको छैन्। सय ग्रामको चाउचाउका लागि करिब एक ग्राम अजिनोमोटो हाल्नुपर्ने मापदण्ड सरकारले निर्धारण गरेको छ। तर बजारमा पाइने चाउचाउमा कति प्रतिशतस म अजिनोमोटो प्रयोग भएको छ, त्यसबारेमा भने हालस म प्रभावकारी अनुगमन गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले भने। 'मापदण्ड निर्धारण भएपनि कति हदस म प्रयोग भएको छ भनेर परीक्षण गर्न सकेका छैनौं,' उनले भने।



नेपालजस्तो सानो मुलुकमा बर्षेनी करिब दुईहजार मेट्रिक टनस म अजिनोमोटो आयात भइरहेकोप्रति डा.सुब्बाले चिन्ता व्यक्त गर्दै भने,'यो परिमाण अत्याधिक हो। यसैबाट प्रष्ट हुन्छ, नेपालमा अजिनोमोटोको प्रयोग कति हदस म भइरहेको छ।' उनकाअनुसार नेपालका ९५ प्रतिशत परिबारलाई अजिनोमोटोको नकारात्मक प्रभाव र प्रयोगबारे जानकारी छैन्। सरकारले यो बिषयमा गहन रूपमा अध्ययन गर्नुपर्ने उनको सुझाव छ।


रूची चाउचाउविरूद्ध उजुरी

हिमालयन स्नाक्स एण्ड नुडल्स ईण्डस्ट्रिजद्वारा हालै बजारमा ल्याइएको रूची चाउचाउको 'एक्स्ट्रा दम' भन्ने ब्राण्ड अनुमति बिना नै उत्पादन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागका प्रवक्ता कोइरालाकाअनुसार बालबालिकालाई लक्षित गरे बजारमा ल्याइएको उक्त चाउचाउमा उक्त समूहलाई प्रयोग गर्न नहुने तत्व 'जिनसिंन तथा क्याफिन' प्रयोग गरिएको छ। 'उपभोक्ताको उजुरीको आधारमा बालबालिकाको खाद्य पदार्थमा प्रयोग गर्न नमिल्ने तत्व मिसाएर बिना अनुमति चाउचाउ उत्पादन गरेको भेटेका छौं,' उनले भने,'विभागले यो बिषयमा गहन अनुसन्धान गर्दैछ।' जिनसिंन तथा क्याफिनले बालबालिकाको मुटुको धडकन बढाउने तथा उच्च रक्तचाप बढाउनुका साथै अन्य प्रकारका नकारात्मक असर पु:याउँने विभागले जनाएको छ।

अन्नपूर्ण पोष्टमा २१ असार, २०७१ मा प्रकाशित

Comments

  1. Dear Rajesh Bhai

    Very good article and it really help many parents, schools and even children to protect their health.

    We hope Government will take necessary steps seriously.

    Ram C Sah, CEPHED

    ReplyDelete

Post a Comment