कुखुराको मासुमा पनि उच्च बिष !



८० प्रतिशत कुखुराको मासुमा 'एण्टिबायोटिक'

अध्ययनअनुसार कुखुराको मासु  कलेजोमा टेट्रासाइक्लीनमाइक्रोलिडसल्फोनामाइडपेनिसिलिनइमिनोग्लोकोसाइडजेण्टामाइसिनलिबो लोक्सासिनकोलेस्टिनसिफ्रो लोक्सासिनभिर्जिनियामाइसिननियोमाइसिनपेस्टीमिथायलइण्डोसल्फासिनलगायतका घातक औषधीको अवशेषको मात्रा भेटिएको छ।


·         राजेश बर्मा
काठमाडौं : मानव शरीरका लागि अत्यन्त पोषिलो खाद्य पदार्थ मानिने कुखुराको मासुमा अस्सी प्रतिशतस 'एण्टिवायोटिक' औषधीको मात्रा भेटिएको छ। पशु स्वास्थ्य निर्देशनालयअन्तर्गतको भेटेनरी जनस्वास्थ्य कार्यालयले गत असारको अन्तिम सातामा मासुमा ऐण्टिवायोटिक औषधीको अवशेषको बारेमा अध्ययन गरेको थियो।












पशु चिकित्सकहरूकाअनुसार मानव स्वास्थ्यका लागि औषधीको अवशेषको 'यो परिमाण' युक्त मासु उपभोग निक्कै  घातक मानिन्छ। थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगविरू द्ध मापदण्डभन्दा बढी जताभावि औषधीको प्रयोग भएको हुनाले यस्ता समस्या आएको पशु बिज्ञहरूको ठहर छ।


भेटेनरी जनस्वास्थ्य कार्यालयले असारमा काभ्रे, भक्तपुर, काठमाडौं ललितपुरका विभिन्न मासु पसलबाट कुखुराको मासु कलेजोको ५०/५० वटा नमूना संकलन गरेको थियो। संकलन गरिएको नमूनालाई गहन अध्ययन पश्चात उक्त कार्यालयले साउनको दोश्रो साता नो निश्कर्षसहित प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनअनुसार मासु कलेजोको कूल नमूनाहरूमध्ये झण्डै ८० प्रतिशतमा ऐण्टिवायोटिक औषधीको अवशेष भेटिएको छ।



मासुको नमूना संकलन गरेर अध्ययन गरेका उक्त कार्यालयका एक उच्च पशु चिकित्सककाअनुसार ८० प्रतिशतमासुमा नेपालसहित अन्य मुलुकले आयात प्रयोगमा प्रतिवन्ध लगाएको अत्यन्त घातक मानिने ऐण्टिवायोटिक औषधीको अवशेष भेटिएको छ। यसमध्ये ६० प्रतिशतमा भने न्युनतम अवशेषको सीमास बन्धी मापदण्ड(एमआरएल) भन्दा अत्याधिक भेटिएको छ। 'ऐण्टिवायोटिकको अवशेष युक्त मासु मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ,' स्रोतले भन्यो। कार्यालयकाअनुसार मासुमा ४० प्रतिशत कलेजोमा ६० प्रतिशत औषधीको अवशेष पाइएको छ।



मानिसका लागि उपभोग गर्न तोकिएको निश्चित एमआरएलभन्दा बढी परिमाणमा अबशेष पाउनुलाई सकारात्मक रूपमा लिन नसकिने जानकारी गराउदै स्रोले भन्यो,'यसले पुष्टि गर्छ हामीले शरीरलाई स्वस्थ्य रा पोषिलो भनेर प्रयोग गर्दैआएको मासुले झन नकारात्मक असर पु:याउदै आएको छ।' उनकाअनुसार उच्च परिमाणमा भेटिएको औषधीको अवशेषयुक्त मासुको सेवन गर्नाले विक्लाँग बच्चा जन्मिने, ब्रेन ट्युमर हुने, गर्भ पतन हुने, ह्दयाघात, मृगौला बिग्रने, रगतमा हेमोग्लोविनको मात्रा कम हुनेलगायतका रोग लाग्ने प्रवल भावना हुन्छ।


यसका साथै यस्ता मासु सेवन गर्दा मानिस बिरामी पर्दा सामान्य औषधी मासुमा पाइएको औषधीसमूहको औषधीले छुदैन्। 'पहिले सामान्य ज्वरो डायरियामा पनि लिबो लोक्सासिन भन्ने औषधीको एक मात्राले छुन्थियो,' उनले भने,'तर अहिले चार-पाँच पटकस त्यही औषधी प्रयोग गर्दा पनि ज्वरो डायरिया निको हुँदैन्। किनभने अहिले त्यो औषधी कुखुरालाई दिन थालिएको छ। कुखुरामार्फत मानिसको शरीरमा उक्त औषधीको अवशेष निरन्तर रूपमा गइरहेकाले सोही समुहको कुनै पनि औषधीले मानिसलाई काम लाग्दैन्।'


अध्ययनअनुसार कुखुराको मासु कलेजोमा टेट्रासाइक्लीन, माइक्रोलिड, सल्फोनामाइड, पेनिसिलिन, इमिनोग्लोकोसाइड, जेण्टामाइसिन, लिबो लोक्सासिन, कोलेस्टिन, सिफ्रो लोक्सासिन, भिर्जिनियामाइसिन, नियोमाइसिन, पेस्टीमिथायल, इण्डोसल्फासिनलगायतका घातक औषधीको अवशेषको मात्रा भेटिएको छ। 


भेटेनरी जनस्वास्थ्य कार्यालयका वरिष्ठ पशुचिकित्सक बोधनाथ अधिकारीले उत्पादकले थोरै समयमा बढी तौल बढाउन कुखुरामा आवश्यकभन्दा बढी औषधिको प्रयोग गरेको जानकारी दिए। कार्यालयका अर्का अधिकृत डा। मुकुल उपाध्यायका अनुसार गुदीमै पसेको औषधिको असर जे गरे पनि कम गर्न सकिँदैन। उनले भने, 'मासुको बाहिरमात्र भने बढी तापक्रममा पकाउनुपर्छ। हानिबाट जोगिन औषधि प्रयोग भएका कुखुरा तत्कालै बिक्री गर्नु हुँदैन, एक महिनापछि बिक्री गरे हानि कम हुन्छ।'

 
दुई बर्षअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनअनुसार कुखुराको मासु, पाँग्रा कलेजोमा ऐण्टिवायोटिकको अवशेष पाइएको थियो। विभागले काठमाडौं, भक्तपुर, काभ्रे चितवनको नमूना संकलन गरेको थियो। विभागले त्यसवेला उक्त मासुका नमूनामा अत्याधिक परिमाणमा घातक औषधीको अवशेष पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
अन्नपूर्ण पोष्टको पहिलो पृष्टमा १७ साउन, २०७१ मा प्रकाशित

Comments