के बोले मोदीले संसदमा ?

Indian PM Modi Speech In Nepal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाषण गर्दै

उनकै शब्दमा:

  • बुद्ध नेपालमा जन्मिएका हुन्                
  • नेपाल सार्वभौम राष्ट्र
  • भारतले हरेक लडाई नेपालीको सहयोगमा जितेको
  • हिंसामा विश्वास गर्ने बम र बन्दुक छाडेर शान्तिमार्गमा आएको नेपाल उदाहरणीय मुलुक
  • नेपाल सार्वभौम राष्ट्र 
  • संविधान सबै जातको साझा बगैचाजस्तै हुनुपर्ने
  • तपाईको पानी र बिजुली सिक्तैमा होइन, खरिद गर्छौ
  • अहिले भारतले नेपालको अन्ध्यारो हटाउछ, पछि नेपालले भारतको हटाउनेछ
म नेपालमा आउन पाएकोमा अत्यन्तै हर्षित छु। धेरै वर्षपहिले म यहाँ एक तीर्थालुका रुपमा आएको थिएँ।
प्रथमत यति सुन्दर देशमा फेरि फर्किआएको छु। प्रधानमन्त्री हैसियतमा पुन आँउन पाउँदा वास्तवमा मैले भाग्यशाली महसुस गर्छु। यो यस्तो यात्रा थियो मैले प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नेबित्तिकै आउन चाहन्थे। मेरो प्राथमिकता नेपाल थियो। निमन्त्रणा गरेकोमा सरकार र जनतालाई धन्यवाद दिन्छु। १ सय २५ करोड भारतीय जनताको शुभकामना लिएर आएको छु।


तपाईँ कल्पना गर्नसक्नु हुन्छ कि भोलि मेरो लागि कति महत्वपूर्ण छ। तपाईँको सदनमा म पहिलो पाहुना हु जसलाई बोलाउनुभएको छ। यो सम्मान प्रधानमन्त्री मोदीको नभई करोडौँ भारतीय जनताका लागि पनि हो।
त्यसका लागि आभारी छु। नेपालसँगको सम्बन्ध सदियौँ पुरानो छ। हाम्रो सम्बन्ध कागजको टुक्रामा नभई जनजनको मनको भावनाबाट बढ्छ। हामी एकै सास लिन्छौँ।



सहयोग गर्ने क्षेत्रगत प्रतिवद्धता :
  • एक अर्व डलर सहुलीयत ऋण
  • पेट्रोलियम पाइपलाइन
  • शिक्षामा छात्रवृति
  • हर्वल मेडिसिन
  • एडभेञ्चर पर्यटन
  • राजमार्ग (हाइवे), सूचना मार्ग (इन्फरमेशन वे) र प्रशारणलाइन (ट्रान्सवे)
  • पञ्चेश्वर परियोजनालाई एक वर्षभित्र अघि बढाइने
  • सार्कमा आउँदा जनकपुर र लुम्बिनी जाने
  • अर्गानिक कृषि र आधुनिक कृषि प्रणालीका लागि मल तथा औषधी
  • कृषि बैज्ञानिक उत्पादन

सोमनाथदेखि काशी विश्वनाथ हुँदै आज पशुपतिनाथको चरणमा आइपुगेको छु। जुन देशमा विश्वलाई अचम्मित पार्ने गौतम बुद्धको जन्मभूमिमा म काशीको प्रतिनिधिका रुपमा आएको छु। काशीमा नेपाली पुजारी हुन्छ भने पशुपतिमा भारतीय पूजारी छ। यति अटूट नाता छ। भारतले कुनै लडाइ लडेको छैन जसमा नेपालीको सहभागिता र सहादत नभएको होस्। भारतको स्वाधीनता र स्वाभिमानका लागि नेपालीले मर्न मार्न तयार भइआएका छन्। 

भारतीय सेनाको एक फिल्ड मार्सलले भनेको थिए, म मर्न कसैसँग डर्दिन भन्यो भने झुट हुने छ तर नेपाली सेनाले भनेमा त्यो साँचो हो।

नेपालको लोकतन्त्रमा विश्वास गर्ने विश्वले आज तपाईँहरुलाई बढी आशाका साथ हेरिरहेको छ। तपाईँहरु संविधान निर्माणको बारेमा चर्चा गरिरहेको हुनुहुन्छ। संविधान निर्माणकर्ताको रुपमा तपाईँलाई मिलेको यो सौभाग्य हो। तपाईँको जीवनमा राष्ट्रको सविधान निर्माण गरी नयाँ जीवन दिने काम हुने छ। यो सौभाग्य तपाईँलाई मिलेकोमा बधाई।

संविधान निर्माणको लागि ऋषि मन हुन जरुरी छ। त्यो मन जसले दूरसम्म देख्न र समस्याको अन्दाज गरी समाजलाई सय वर्षसम्म अगाडि बढाउन सक्छ। त्यस्तो कार्यका लागि तपाईँलाइ नमन। संविधान किताब होइन। संविधानले विगत र वर्तमानलाई जोड्छ। भारतको सविधानले रेगिस्थानदेखि हिमालयसम्मका सवा अर्ब जनताको मनलाई जोड्छ। नेपालको जनताको लागि मात्रै होइन दुनियाँका लागि पनि तपाईँहरुको संविधानको उत्तिकै महत्व रहने छ। तपाईँको संविधान नेपालका लागि मात्रै होइन, विश्वका लागि पनि हो। राजा अशोकले युद्धपछि शान्तिको खोजीमा निक्लेका थिए जसले खराव मार्ग छाडी नेपालमा आएर बुलेट छाडी शान्तिमा आए।

अहिले यो सदनमा पनि युद्धको यात्राबाट शान्तिको यात्रामा आउनुभएको छ। यो सदनले यस्तो संविधान बनाउँदै हुनुहुन्छ जसले कोटिकोटि जीवनको आशालाई भर दिनेछ। नेपाले दुनियाँलाई सन्देश दिने छ कि हिंसामा विश्वास गर्ने बमबन्दुक र पेस्तोलमा विश्वास गर्नेलाई पनि त्यो छाडी युद्धलाइ छाडी बुद्धको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने विश्वलाई बुद्धको भूमिबाट सन्देश दिने छ। संविधान कस्को लागि हो? भारतले प्रारम्भदेखि भन्दै आएको छ कि हाम्रो काम तपाईँको काममा दखल गर्न होइन, काममा सहजता दिँदै दिशा दिने काम हो। तपाईँलाई गन्तव्यमा लाने काम भारतको होइन। 

नेपाल सार्वभौम राष्ट्र हो। नेपाललाइ विश्वले हेरी गौरव गरोस् भन्ने हामी चाहन्छौँ। हाम्रो लोकतन्त्रको अनुभवबाट योभन्दा राम्रो लाग्छ कि हामी गरिब धनी, शिक्षित, गाउँ सहर सबै नेपालीलाई संविधान आएपछि मेरो पनि सम्बोधन भएको छ। तपाईँ यस्तो सविधान बनाउनु हुने छ कि सबै नेपालीले मेरो महसुस गर्न सकोस्। सविधान सर्वजन हिताय: सर्वजन सुखाय: होस्। संविधानले कहिल्यै तोड्दैन जोड्छ। त्यसले विवादलाई समाधानको बाटोमा लान्छ। संविधानले जोड्ने काम गर्छ तोड्ने होइन। संविधान वर्तमानको दबाबबाट हुनु हुँदैन। भोलिको भविष्यलाई गहन रुपले सोची भविष्यका पुस्तालाई हेरि बनाइन्छ। आजको कमा, पूर्णविराम पनि भोलि पचास सय वर्ष सम्म पनि नेपालको लागि मान्य हुन सक्छ।


तपाईँहरुले जुन काम सुरु गरी शस्त्र छाडी शास्त्रको भरमा बुद्धको भूमिमा बहुत उत्तम काम गर्दै हुनुहुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पना गरेकोमा भारत स्वागत गर्छ। हाम्रो प्रतिक्षा यो छ कि यो चाँडोभन्दा चाँडो पूरा होस्। थोरै हावा चलेमा हामीलाइ पनि शितल मिल्छ। यहाँको तनावमा हामी शान्तिमा बस्न सक्दैनौ। यहाँको नेपाली भोको बस्दा म कसरी खुशी हुन सक्छु। तपाईँको जस्तै मलाइ पनि कोशीको बाढीको चिन्ता छ। तपाईँको चिन्ता तपाईँको हो त मेरो पनि हो। नेपाल जहाँ बुद्ध जन्मिएका थिए उनले मनको अँध्यारो तोडी मानव जातिलाई चेतना दिए। नेपाल पानीको शक्तिले भारतको अन्धकार बिजुलीबाट नाश गर्न सक्छ। हामी बिजुली सित्त्तै चाहदैँनौ। खरिद गर्न चाहन्छौँ। पानी पनि त्यसै होइन।


पानी र जवानी कहिल्यै पहाडको काम आउँदैन। पानी पहाडबाट तल जान्छ। जवानी पनि थोरै उमेर पछि चलिजान्छ। हामी यो भनाइ बदल्नु छ। पहाडलाई पनि पानी काम आउँछ। जवानी पनि । भारत र नेपाल युवा देश हो। यो नव युवालाई काम दिन सके हामी प्राकृतिक स्रोतको उपयोग गरी विकासमा अगाडि बढ्न सक्छौँ। प्राकृतिक स्रोतको बारेमा निर्णय तपाईँ गर्नुहोस् हामी तपाईँलाई साथ दिन तयार छौँ।


यहा पेट्रोलियम पाइपलाइनबाट ल्याउने कुरामा हामी सहयोग गर्छौँ। यहाँको शिक्षामा पनि छात्रबृत्ति बढाएर बढीभन्दा बढीलाई फाइदा दिन चाहन्छु। लक्ष्मणजी मुर्छित भएपछि हनुमान यहाँ आएका थिए। यहाँ हर्बल मेडिसिनको विकास गर्न सकिन्छ। भारत काँधमा काँध मिलाइ काम गर्न चाहन्छ। पर्यटनको विषयमा सवा करोड करोड जनता छिमेकी छन् भने कुनै पनि बेला पशुपतिमा आउन चाहन्छन्। 


पर्यटन व्यवसाय बढाउन चाहेमा जो कोहीले पनि विकास गरी एडभेन्चर पर्यटनका लागि नेपालको हिमालयभन्दा अर्को कुन ठाउँ हुन सक्छ? पूरै विश्वको लागि नेपालको हिमालको महत्व छ। यहा संविधान बनाउने काममा छिमेकीको धर्म पनि के हो मेरो मनमा एजआइटी, हाइवे, आइवेज र ट्रान्सवेज तीन चीज दिन सकिन्छ। आज जति दिएको छ त्यसको डब्बल गरी आज नेपालको अँध्यारो अन्त्य गरी भोलि नेपालले भारतको अँध्यारो दुर गर्ने छ। नेपालले पनि चाँडै यो विषयमा काम गर्नु हुने छ। 


महाकाली नदीमा पुल बने हामीबीच दुरी कम हुने छ। सीमाको बारेमा पनि हाम्रो लागि सीमा बोर्डर अवरोधक होइन, पुल बनाउन चाहन्छौँ। नेपाल आफैँ बढ्न सक्नुपर्छ। हामी मिलेर अगाडि बढ्न सक्छौँ। मानवजातिको कल्याणका लागि मिलेर काम गरौँ। अमेरिका फोन गर्न सस्तो नेपालमा महंगो किन भन्ने लाग्छ। नेपालका लाखौँ नागरिक भारतमा काम गर्छन् र फोन गर्दा नमस्ते भनी फोन राख्छन्। यो देशका जनताले कम खर्चमा लाइभ कम्युनिकेसन बढाएर मात्रै हाम्रो सम्बन्ध मजबुत पार्न सक्छौँ। 


म मान्छु सार्क देश मिली गरिवीको विरुद्धको लडाइँ लड्न सक्छौँ। हामी सार्क देशको विकास यात्रामा स्पेस टेक्नोलोजीको विकासमा सार्क सेटेलाइटको लाभ यो क्षेत्रको लागि नेपालको लागि मिलोस् भनी मेरो काम अगाडि बढ्ने छ।


पहिलो १७ वर्षबीच भएन अब म वाचा गर्छु अब त्यस्तो हुँदैन। सार्कमा आउँदा जनकपुर र लुम्बिनी जाने छु। पञ्चेश्वर परियोजनालाई एक वर्षभित्र काम अगाडि बढाउनेतर्फ लाग्ने छौँ। पाँच गुणा बढी विजुलीले नेपाललाई ठूलो राहत मिल्ने छ। नेपालको हर्बल मेडिसिन जस्तै अर्गानिक कृषिको लागि पनि नेपालमा सम्भव छ। सिक्किम पूरै अर्गानिक राज्य बनेको छ। नेपालमा पनि त्यसको लागि मद्दत गर्ने छौँ। भारतमा पनि यो प्रयोग भएको छ।


किसानको लागि कस्तो औषधी, मल चाहिन्छ भनी काम गर्ने गरेजस्तै यहाँका किसानका लागि पनि आधुनिक र वैज्ञानिक बनाउन हामी उपयोगी हुन सक्छौँ। नेपाललाई १० हजार करोड सहुलितयपूर्ण ऋण दिने घोषणा गर्न चाहन्छु। तपाईँ सही लगानी गर्नुहोस। अरु किस्तामा भोलि थप आउँछ। 


अहिले विश्वले तपाईँलाई हेरिरहेको छ कि शस्त्रको माध्यममा लागेकामा यसले प्रेरणा मिल्ने छ कि तपाईँको ऋषि मनलाई सय वर्षसम्म पनि सबैले सम्झने छ। भगवान बुद्धको भूमिमा विचार र संकल्पको कमी छैन। म यही भन्छु भारत नेपाल मैत्री सम्बन्ध युगयुग रहोस् हिमालभन्दा बढी अग्लो होस्।

१८ साउन,२०७१ (३ August, २०१४)

Comments