रित्तयाए, एकै व्यक्तिले ७ लाखको रक्सी !

ड्युटी फ्रि रक्सी चोरी प्रकरण


  • राजेश बर्मा

काठमाडौं: कूटनीतिक नियोग तथा सरकारी प्रयोजनका लागि भन्सार छुट (ड्युटी फ्री)मा आयात गरिएको उच्चस्तरका महँगा रक्सी नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारी आफैले चोरेका छन्। रामशाहपथस्थित 'बण्डेड वेयर हाउस तथा ड्युटी फ्रि पसल केन्द्रु'  बाट यसपटक भने करिब सात लाख मूल्यबराबरको महँगा रक्सी चोरिएको हो।







ड्युटी फ्रिमा ल्याइएका यस्ता रक्सी राजधानीस्थित विदेशी कुटनीतिक नियोगले खरिद गर्दैआएका छन्। बण्डेड वेयर हाउसबाट महँगा रक्सी हराएको यो भने पहिलो पटक होइन्। यसअघि पनि ट्रेडिङमा कार्यरत कर्मचारीको मिलोमतोमा २३ लाख रूपैयाँभन्दा बढीको रक्सी रित्तयाइएको बारेमा अन्नपूर्ण पोष्टले गत २०७० फागुन ६ गते  'कसले पियो एक्काइस लाखको रक्सी ? (हेर्नुस )  भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो। रक्सी हराएको बिषयमा आकस्मिक रूपमा पहिलो पटक भएको आन्तरिक छानविनको क्रममा गत २०७० भदौं २१ गते सात प्रकारका एक हजार ९० थान उच्चस्तरका रक्सी रामशाहपथस्थित वण्डेड वेयर हाउसबाट गायव भएको तथ्य बाहिर आएको थियो।



यसपटक पुनस् गरिएको आन्तरिक छानविनको क्रममा वेयर हाउसको गोदाम न बर १६,१७,४४,५३ र ५४ बाट याटसहित ६ लाख ८८ हजार दुई सय २३ रूपैयाँबराबरको दुई सय ४५ बोतल उच्चस्तरका वाइन, ह्वीस्की र बीयर गायब भएको हो। विभिन्न निकायका १४ सदस्यीय प्रतिनिधी स िमलित टोलीले गत जेठ २५ मा वेयर हाउसको छानविन गरेर गत भदौं ३१ गते बुझाएको प्रतिवेदनमा अवकाश प्राप्त सुपरभाइजर दिपेन्द्र अधिकारीको जि मा रहेको उक्त गोदामबाट महंगा रक्सी हराएको उल्लेख छ।



ट्रेडिङ स्रोतकाअनुसार अघिल्लो पटक रक्सी हराएको बिषयमा भएको छानविनको क्रममा दोषि ठहरिएका अधिकारीको जि मामा रहेको गोदामको लगत नबुझदै ट्रेडिङले 'हानी नोक्सानी' को अभियोगमा गत ०७१ जेठ ४ गते उनलाई सेबाबाट बर्खास्त गरेको थियो। 'अधिकारीलाई बर्खास्त गरेपछि उक्त गोदाम केही दिनको लागि बन्द गरिएको थियो,' स्रोतले भन्यो,'अधिकारीलाई सेबाबाट हटाएपछि गोदामको जि मेबारी अन्य कर्मचारीलाई दिन गोदाममा रहेको सामानको बारेमा छानविन गर्दा सात लाख मूल्य बराबरको रक्सी हराएको रहस्य खुलेको थियो।'



प्रतिवेदनअनुसार पाँच लाख आठ हजार पाँच सय ७२ मूल्य बराबरको अति महँगो वाइन चोरिएको छ। यस्तै ९९ हजार तीन सय ७६ रूपैयाँबराबरको व्हीस्की र एक हजार ९९ रूपैयाँबराबरको वीयर चोरिएको छ। प्रतिवेदनमा व्हीस्कीतर्फ तीनसय ७५ एमएलको दुई वटा ब्लान्टाइन, एक हजार एमएलको ब्लान्टाइन जिएस एक, ब्ल्याक एण्ड व्हाइट ५० एमएलको तीन, जे एण्ड बी ५० एमएलको एक, काउभाइजर भिएस सात सय एमएलको दुई, लिजन भिसप सात सय एम एलको ६, मार्टल भिसप ५० एमएलको दुई, मार्टल कगनेक भिएस सातसय एमएलको चार, पस्व सातसय एमएलको ३१, सैण्डमेंग ओ सातसय ५० एमएलको दुई, फिन्डलैण्डआए भोडका सातसय ५० एमएलको सात र सोही ब्राण्डको एकहजार एमएलको एक वटा बोतल बेयर हाउसबाट चोरिएको छ।




प्रतिवेदनअनुसार वाइनतर्फ चार लाख ८१ हजार एक सय ९४ रूपैयाँबराबरको पाँच हजार एमएलको बेरी रेड वाइन(पीकेटी) एक सय ३४ थान, कालभेट कोर्ट रग सात सय ५० एमएलको १०, एफसी वेलिरिभ सातसय ५० एमएलको ११, स्टैंली रेड पीकेटी(एसटीएफयु_ चार हजार एमएलको एक र भो योग रेड वाइन सातसय ५० एमएलको १९ थान चोरिएको छ।




त्यसैगरी ६ सय ५० एमएलको सानमिगेल बीयर ६, सोही परिमाणको गोल्डेन टाइगर बीयर एक र टुवोर्ग बीयर एक थान पनि वेयर हाउसबाट चोरिएको छ। स्रोत भन्छ,'कुटनीतिक नियोगका लागि ड्युटी फ्रि भनेर आएको यस्ता धेरै महँगा रक्सीहरू पहिले पनि पटक पटक हराएको छ।"  छानविनको क्रममा लाखौं मूल्यको थप ब्राण्डी, जिन, भोडका, रम, वाइन, बीयर, चीयालगायतका सामग्री बिग्रेको भनेर पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।




स्रोतकाअनुसार बेयर हाउस कार्यालय प्रमुख, स्टोरकिपर, सुपरभाइजर, जिन्सी प्रमुख र निमिक्त महाप्रवन्धकको मिलोमतोमा पुराना सडेगलेको कार्टुनमा नयाँ रक्सीका बोतल राखेर बिग्रेको भन्दै प्रतिवेदन बनाइन्छ। 'छानविन हुँदा बाहिरी आवरण हेरेर उक्त सामग्री बिग्रेको भनेर प्रतिवेदन बनाइन्छ,' स्रोतले भन्यो,'बिग्रेको भनेर प्रतिवेदन बनाइसकेपछि त्यस्ता सामग्री मिलोमतोमा बाहिरका पसलमा बिक्रि गर्ने चलन छ। बिक्रिबाट प्राप्त गरेको रकम बाँडफाँड हुँदै आएको छ। यसैगरी बेयर हाउसबाट रक्सी चोरेर बजारका विभिन्न पसलमा सस्तो मूल्यमा बिक्रि गरेर रकम बाँडफाँड हुन्छ।'




बेयर हाउसबाट हराएको रक्सी प्रकरणमा मुछिएका स बन्धीत कर्मचारीमाथि कारवाही प्रकृया अघि बढाइएको ट्रेडिङका निमित्त महाप्रवन्धक सत्यनारायण मेहताले दाबी गरे। उनले रक्सी हराएको प्रकरणमा आ नो कुनै मिलोमतो नभएको पनि दावी गरेका छन्।


रक्सी गायब गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर 
ड्युटी फ्रीमा आयात गरिएको उच्चस्तरका महँगा रक्सी हिनामिना गर्ने नेसनल ट्रेडिङ लिमिटेडका तत्कालीन कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित तीनजना कर्मचारीमाथि अ ितयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गत असोज ४ गते आरोपपत्र दायर गरिसकेको छ। आयोगले मिलेमतो गरेर भ्रष्टाचार गरेको ठहर गर्दै ट्रेडिङको बन्डेड वेयर हाउसका तत्कालीन कार्यालय प्रमुख बस्नेत, तत्कालीन स्टोरकिपरद्वय ऋषिराम जोशी र दीपेन्द्र अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअनुसार २४ लाख ८८ हजार नौ सय ८२ रुपैयाँ बिगोसहित आरोपपत्र दायर गरेको हो।



आयोगले गरेको अनुसन्धानका क्रममा गत आर्थिक वर्ष २०६४/६५ को अन्त्यदेखि गोदाममा नभएका मदिरा पनि फाइलमा मौज्दात रहेको भनेर विवरण उल्लेख गरिएको फेला परेको छ। विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछाने भने, 'तत्कालीन प्रमुख बस्नेत, स्टोरकिपरद्वय जोशी र अधिकारीको मिलेमतोमा रक्सी हराएको र नभएको रक्सीको पनि नक्कली फाइल खडा गरिएको अनुसन्धानका क्रममा खुलेकाले आयोगले बिगोसहित आरोपपत्र दायर गरेको हो।' आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार ुकसुर गरेको पुष्टि हुन आएकालेु बिगोसहित सोही ऐनअनुसार हदैस मको सजायको मागसहित आरोपपत्र दायर गरेको छ।

अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति १ कात्तिक, २०७१

Comments