गाजरको बीउमा पनि ब्रह्मलुट


राजेश बर्मा 
काठमाडौं : लत्ताकपडा, फेन्सी सामान र जुत्तामा आवश्यकताभन्दा बढी मुनाफा लिएर बिक्री हुँदै आएको प्रकरण सेलाउन नपाउँदै कृषिजन्य बीउमा पनि कालोबजारी र कार्टेलिङ हुने गरेको खुलेको छ। जापानबाट आयातित उन्नत जात (हाइब्रिड) को गाजरको बीउको कार्टेलिङ गरेर महँगो मूल्यमा बिक्री भइरहेको रहस्य सार्वजनिक भएको हो। 

बजारमा गाजरको बीउको अभाव भएपछि किसानहरूले आफैं खोजबिन गर्दै जाँदा जापानबाट आयात गर्ने निजी क्षेत्रले नै कृत्रिम अभाव देखाएर बीउको कार्टेलिङ गरेको तथ्य बाहिर आएको छ। गाजरसहित अन्य कृषिजन्य बस्तुको बीउ आयात गर्ने ललितपुरको नेपाल सिड कम्पनी प्राइभेट लिमिटेडले अभाव गराएर ठूलो पसलमा बिक्री गरेपछि घटना बाहिर आएको हो। 

उक्त कम्पनीले एउटै ब्याच अनि एउटै गुणस्तरको प्रतिसय ग्राम तौल भएको 'नेपा ड्रिम' नामको गाजरको बीउ करिब पाँच सय रुपैयाँमा खरिद गरेर दुई हजार, दुई हजार एक सय, दुई हजार दुई सय, दुई हजार तीन सय, दुई हजार पाँच सयसम्ममा बिक्री गरेको प्रमाण फेला परेको छ। सप्रमाण फेला परे पनि सरकारले दोषी कम्पनीमाथि कुनै कारबाही गर्न सकेको छैन। 

नेपाल सिड कम्पनी ललितपुर, निम्बस इन्टरनेसनल कम्पनी कालिमाटी, मध्यपुर कृषि सामग्री पसल मध्यपुर थिमी, माउन्ट एभरेस्ट एग्रो सिड्स सेन्टर कालिमाटी, दक्षिणकाली बीज भण्डार कालिमाटीलगायतको मिलोमतोमा बीउको कालोबजारी र कार्टेलिङ हुँदै आएको छ। 

मध्यपुर थिमीस्थित नगदेश किसान संघका अध्यक्ष सीताराम दुगुका अनुसार किसानहरूले ठूला कम्पनीले बीउमाथि एकाधिकार कायम गरेर आफूखुसी मूल्यमा बिक्री गरिरहेको सप्रमाण फेला पारेर उपभोक्ता हित संरक्षण मञ्चमा उजुरी दिएपछि यसबारेमा खोजबिन गर्न सुरु भएको हो। 

ुहामीले गाजरको बीउ खरिद गर्न खोज्दा छैन भन्ने कम्पनीले निजी क्षेत्रकै ठूलो पसललाई महँगोमा बीउ उपलब्ध गराएर हामीसँग चर्को मूल्य असुल गरेको छु, अध्यक्ष दुगुले अन्नपूर्णसँग भने। 

उजुरीको आधारमा मञ्चले ललितपुर, काठमाडौं र भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्नुपर्ने माग राख्दै गत भदौ २२ गते उजुरी दिएको थियो। सोही उजुरीको आधारमा ललितपुर जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ गते उक्त कम्पनीमा छापा मारेको थियो। 

प्रशासनले गरेको छापामारीको क्रममा तत्कालीन समयमा कुनै पनि प्रकारको बीउ बरामद हुन सकेन। केके ज्ञवालीको स्वामित्वमा रहेको तर कारोबार गर्ने नेम महर्जनले सोही दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा आफूले आयात गरेको गाजरको बीउ गत वर्ष नै सकेको झुठो बयान दिएका थिए। 

बजारमा गाजरको बीउको अभाव भएपछि किसानहरूले आफैं खोजबिन गर्दै जाँदा जापानबाट आयात गर्ने निजी क्षेत्रले नै कृत्रिम अभाव देखाएर बीउको कार्टेलिङ गरेको तथ्य बाहिर आएको छ। गाजरसहित अन्य कृषिजन्य बस्तुको बीउ आयात गर्ने ललितपुरको नेपाल सिड कम्पनी प्राइभेट लिमिटेडले अभाव गराएर ठूलो पसलमा बिक्री गरेपछि घटना बाहिर आएको छ। 

आफूसँग गाजरको एक प्याकेट पनि बीउ नभएको बताउँदै महर्जनले चालू आर्थिक वर्षमा गाजरको बीउ आयात नगरिएको भन्दै प्रशासन कार्यालयमा बयान दिएका थिए। 

मञ्चका महासचिव ज्योति बानियाँका अनुसार किसानको चर्को दबाबपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ २७ गते सोही कम्पनीमा छापा मारेको थियो। छापाको क्रममा उक्त कम्पनीले किसानलाई बीउ छैन भन्दै कालिमाटीस्थित बीउको कारोबार गर्ने निम्बस इन्टरनेसनल कम्पनीलाई नेपा ड्रिम नामको गाजरको बीउ बिक्री गरेको सप्रमाण फेला परेको थियो। 

नेपाल सिड कम्पनीले निम्बसलाई दुई लाख मूल्यमा सय ग्रामको गाजरको सय थान प्याकेटको बीउ बिक्री गरेका थिए। 'सप्रमाण तथ्य बाहिर आउँदा पनि हालसम्म सरकारले कुनै कारबाही गरेको छैनु,' मञ्चका सचिव विमला खनालले भनिन्, 'कृत्रिम अभाव देखाएर महँगोमा बीउ बिक्री गर्ने ति दुवै कम्पनीमाथि प्रशासन कार्यालयले कारबाही गर्न चासो देखाएन।' 

यसैबीच गृहमन्त्रालयले कालोबजारी तथा ठगी गरेको अभियोगमा तत्कालै दोषीमाथि कारबाही गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई गत असोज २४ गते पत्राचार गरेको थियो। मञ्चले दोषीमाथि कडा कारबाहीको माग गर्दै गत असोज १२ गते गृहमन्त्री वामदेव गौतमलाई भेटेर लिखित उजुरी दिएका थिए। 

सोही उजुरीको आधारमा मन्त्रालयले 'उपप्रधान तथा गृहमन्त्रीबाट दोषीमाथि शीघ्र कारबाही गर्नुु भनेर निर्देशन भएकाले प्रशासन कार्यालयलाई कारबाही गर्न पत्राचार गरेको थियो। 'तर अहिलेसम्म कुनै पनि प्रकारको कारबाही गरिएनु,' मञ्चका महासचिव बानियाँले भने। 

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठको अंकरमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक १४ शुक्रबार

Comments