एउटाले सडक बनाउंदै, अर्कोले भत्काउंदै


राजेश बर्मा
काठमाडौं, खानेपानीको पाइप राख्ने भन्दै केही समय अघिमात्र निर्माण स पन्न आठ लेनको काठमाडौंको तीनकुने-माइतीघर सडकखण्डसहित उपत्यकाको ६० किलोमिटर सडक भत्काउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले प्रस्ताव गरेको छ। 



सडक निर्माणको जिम् मेवारी पाएको उपत्यका सडक विस्तार आयोजनाले भने तीन वर्षस म भत्काउन नदिने भन्दै प्रस्तावको विरोध गरेको छ। अन्यत्रको दबाब वा निर्णय स्वीकार गर्न नसक्ने भन्दै मन्त्रिपरिषद्बाटै निर्णय भए आफ्ना तर्क रा ने अडान राखेर आयोजनाले केयूकेएललाई जबाफसमेत फर्काएको छ। 


केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले मेलम्चीको खानेपानी भित्र्याउन अहिले कालोपत्रे भइसकेका र हुन बाँकी रहेका सडकखण्डलाई भत्काएर पाइपलाइन ओछ्याउन खोजेको हो।  उपत्यका सडक विस्तार आयोजनाले भने कुनै पनि बहानामा फराकिलो पारेर कालोपत्रे गरिसकेका करिब ६० किलोमिटर सडकखण्ड भत्काउन नदिने जनाएको छ। 

आयोजनाका प्रमुख प्रभातकुमार झाले मेलम्चीबाट पानी भित्र्याउन पाइपलाइन ओछ्याउने नाममा राजधानीको प्रमुख सडकखण्ड आगामी तीन वर्षस म भत्काउन नदिने बताए। 'तीनकुने(माइतीघर राष्ट्रकै गौरव गर्न लायक को ग्रिन बेल्टसहितको सडकखण्ड हो', प्रमुख झाले भने, 'पाइपलाइन ओछ्याउने नाममा अहिले पनि दर्जनौं सडक भत्काएर लामो समयदेखि अलपत्र छाडिएको छ। मेलम्चीको पानी भित्र्याउन पाइपलाइन ओछ्याउने वा अन्य कुनै बहानामा आगामी तीन वर्षस म भत्काउने स्वीकृति दिँदैनौं।'

आयोजनाले करिब ५० करोड रुपैयाँ लगानीमा दुई वर्ष लगाएर तीनकुने-माइतीघर सडकखण्ड फराकिलो पारी ग्रिन बेल्टसहित आठ लेनको बनाएको हो। उक्त सडकखण्डको लम्बाइ २.६ किलोमिटर छ।  आयोजना प्रमुख झाका अनुसार अहिले उक्त सडक भत्काउन अनुमति दिँदा लगानी भएको शतप्रतिशत रकम खेर जान्छ। तीन वर्षपछि भने पाइपलाइन ओछ्याउन भत्काउन दिन सकिने आयोजनाले जनाएको छ। कालोपत्रे गरेको तीनदेखि चार वर्षमा अनिवार्य रूपमा मर्मतसम्भार गरेर कालोपत्रेमाथि पुनस् कालोपत्रे थप्नुपर्ने व्यवस्था छ। 

तीन वर्षपछि भत्काउँदा न्यून क्षति हुने भएकाले उक्त अवधिमा मात्र पाइपलाइन ओछ्याउन सडक भत्काउन स्वीकृति दिन सकिने प्रमुख झाले सोमबार अन्नपूर्ण पोस्ट्सँग बताए। 'सडक बनाएको तीन वर्षपछि अहिले लागेको कुल लागतको ६० प्रतिशत नोक्सानी हुने गरी भत्काउन स्वीकृति दिन सकिन्छ', उनले भने, 'त्यो पनि भत्काइएको सडक, ग्रिन बेल्ट र फुटपाथ पूर्ववत् अवस्थामै पुनर्निर्माण गर्ने सर्तमा मात्र।' आयोजनाले फराकिलो पारेको तर कालोपत्रे भइनसकेको सडकमात्र खनेर पाइपलाइन ओछ्याउन पाउने उल्लेख गरेको छ। 

केयूकेएलले करिब ३.६ किलोमिटरको चार लेनको गौशाला-तीनकुने सडकखण्ड पनि मेल चीको पाइप बिछ्याउने भन्दै भत्काउन खोजेको छ। आयोजनाले भने उक्त सडक पनि आगामी तीन वर्षसम्म भत्काउन नदिने भन्दै रोक लगाएको छ। 

दुई लेनबाट विस्तार गरेर चार लेन बनाइएको लैनचौर-बूढानीलकण्ठ सडक पनि भत्काउन नदिने आयोजनाले उल्लेख गरेको छ। काठमाडौं सडक डिभिजन नम्बर दुईका प्रमुख कण रानाभाटका अनुसार कालीमाटी(सोल्टीमोड, केशरमहल-ठमेललगायत सडकखण्ड पनि आगामी तीन वर्षसम्म भत्काउन नदिने गरी रोक लगाइएको छ। 

आयोजनाले तीनकुने(माइतीघरसहित हालै कालोपत्रे भएका प्रमुख सडकखण्ड भत्काउन रोक लगाएपछि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) पाइप लाइन ओछ्याउन विक ल्पको खोजीमा जुटेको छ।  पीआईडीका सिनियर डिभिजनल इन्जिनियर लीलाप्रसाद ढकालले तीनकुने-माइतीघरसहित अन्य सडकखण्डमा पाइप ओछ्याउने विक ल्प खोज्न सुरु गरेको बताए। 

'आयोजनाले नवनिर्मित सडक भत्काउन नदिने बताएपछि हामी विक ल्पको खोजीमा लागेका छौ', ढकालले भने, 'सडक र बस्तीको नक्सा भिडाएर पाइप लाइन ओछ्याउने वैकल्पिक बाटो खोज्न छलफल गरिरहेका छौं। तर अहिलेसम्म विक ल्प भेटेका छैनौं। बाटो नभत्काए पाइपलाइन ओछ्याउन समस्या छ।' माथिमाथि ओछ्याउन मिल्दैन। पीआईडीले पानी भित्र्याउन सात सय २१ किलोमिटर पाइपलाइनको बाटोमध्ये अहिलेसम्म एक सय ८० किलोमिटर सडकखण्डमा पाइपलाइन ओछ्याइसकेको छ। 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७१ फाल्गुन ५ मंगलवार

Comments

  1. Very efficiently written article. It will be useful to anyone who usess it, as well as myself. Keep doing what you are doing – i will definitely read more

    ReplyDelete

Post a Comment