आयो 'सम्भावित महिला हिंसा' रोक्ने रक्षा एप्स



राजेश बर्मा
काठमाडौं, मोवाइल प्रयोग गर्ने महिलाहरूका लागि खुशीको खवर आएको छ। अब घरबाट हिंड्दा सुरक्षित रूपमा घर पुगिने हो वा होइन्। कुनै स्थानमा आफुमाथी कुनै पनि प्रकारको हिंसा हुने हो की । कसैले अस्मिता लुट्यो वा पिट्यो की भन्ने जस्ता सम्भावित आपातकालिन घटनाहरूबाट जोगाउन महिलाका लागि 'रक्षा' भन्ने एप्स आएको छ।


ओमन नेपालभन्ने संस्थाले ल्याएको उक्त एप्सको सहयोगमा तत्कालै आपातकालिन र समस्यामा परेका महिलाले प्रहरी, सम्बन्धित चिकित्सक, आफ्नो घर तथा अभिभावकलाई आफु समस्यामा परेको सन्देश(म्यासेज) दिन सक्ने छिन्। पिक्रोडिन्स भन्ने संस्थाको सहयोगमा निर्माण गरेर शनिबारदेखि सार्वजनिक भएको उक्त एप्सको प्रयोगबाट महिलाहरूले स भावित घटनाबाट जोगिन सक्ने ओमन नेपालले विश्वास लिएको छ।

'महिलासम्बन्धि विभिन्न प्रकारका घटनाहरू दिनानुदिन बढ्दो छ। त्यसलाई रोक्न निक्कै समस्या भइरहेको छ। केही मात्रामा भएपनि महिलासम्बन्धि सम्भावित घटनामा न्युनिकरण ल्याउन यो एप्स हामीले ल्याएका छौं,' ओमन नेपालकी अध्यक्ष सुमना दबाडीले भनिन्,'यो एप्सको प्रयोग गरेर धेरै हदस म बढ्दो सम्भावित ब्लात्कारको घटना, महिला हिंसा, लुटपाट, कुटपिट र अन्य प्रकारका महिलास बन्धि घटनालाई रोक्न सकिन्छ।' महिलासम्बन्धित सम्भावित घटना रोक्न सक्ने यो एप्स नेपालको पहिलो एप्स भएको उक्त संस्थाले दावी गरेको छ।

 यो एप्सको अर्को महत्वपूर्ण बिशेषता भनेको आफु कुन स्थानमा आपातकालिन अवस्थामा परेको हो, त्यस स्थानको 'लोकेसन' समेत स बन्धित स्थानमा जानकारी गराउछ। गुगलसँग सहकार्य गरिएकाले गुगलको सहयोगमा आपातकालिन स्थानको 'लोकेसन' सन्देशसँगै सम्बन्धित व्यक्तिको मोवाइलमा पुग्छ। यति मात्रै होइन्। आफु आपातकालिन अवस्थामा परेको सन्देश प्रहरी, घर तथा अभिभावकलाई नि: शुल्क रूपमै पठाउन सकिन्छ। अर्थात एप्स प्रयोग गरेर सन्देश पठाउन कुनै पनि प्रकारको इन्टरनेटको लाइन चाहिदैंन्। 'एसएमएस(सन्देश) पठाउने शुल्क मात्रै मोवाइलको मुख्य ब्यालेन्सबाट काटिन्छ,' अध्यक्ष दबाडीले भनिन्।

 प्रयोगकर्ता महिलाले इण्ड्रोइड सुविधा भएको मोवाइलमा नेट चलाएर गुगल प्ले स्टोरबाट 'रक्षा एप्स टु कीप यु सेफ' (आरएकेएसएचवाईए) भन्ने एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड भएको एप्स खोलेर सेटिंग मिलाएर आपातकालिन समयको जानकारी आफुले कुन कुन स्थानमा पठाउने हो, त्यस स्थानको व्यक्तिको नम्बर पत्ता लगाएर सुरक्षित(सेभ) गर्नुपर्छ। सेभ भइसकेपछि यो एप्स आपातकालिन समयमा काम गर्न पूर्ण रूपमा तयारी हुन्छ। जति वेला आफु असुरक्षित भएको अनुभव हुन्छ, त्यो बेला यो एप्स खोलेर दुई सेकेण्डमा दुई पटक पावर बटन(स्वीच) थिच्नुपर्छ। यसो गर्दा तत्कालै असुरक्षित परेको व्यक्तिको जानकारी र स्थानस बन्धि विवरण आफुले चाहेको व्यक्तिलाई जानकारी गराउन सकिन्छ।

यो एप्समा महिलासम्बन्धित कथा, कविता, अनुभूति, महिला हिंसाबाट जोगाउने टिप्स, पुस्तकालयलगायतको सुविधा पनि उपलब्ध छ। एप्समा राखिएको यस्ता रचनाहरूले अरूले पनि पढ्न मिल्ने बनाइएको छ। 'तर यस्ता सुविधा प्राप्त गर्न भने ईन्टरनेटको लाइन आवश्यक पर्छ,' अध्यक्ष दबाडीले भनिन्,'यो सुविधा अहिले इण्ड्रोइड सुविधा भएको मोवाइलमा मात्रै उपलब्ध छ। यतिले मात्रै समग्र महिला हिंसालाई न्युनिकरण गर्न सकिन्न्। शहरी क्षेत्रका महिलासँगै ग्रामिण भेगका महिलालाई पनि यो सुविधा उपलब्ध गराउन अहिले सामान्य खालको मोवाइलमा पनि रक्षा एप्स डाउनलोड गर्न मिल्ने र प्रयोग गर्न मिल्ने प्रविधि तयार गर्न हामी लागि परेका छौं।'

एप्सको सार्वजनिकरण गर्दै सरकारका मुख्य सचिब लिलामणि पौड्यालले धेरै हदसम्म महिलास बन्धि सम्भावित घटनालाई रोक्न रक्षा एप्सले उल्लेखनीय भूमिका खेल्ने बताए। उनले यस्तै प्रकारको एप्स सरकारलेसमेत ल्याउन लागेको जानकारी दिए।
अन्नपूर्ण पोष्टको पहिलो पृष्टको अंकरमा प्रकाशित
प्रकाशित मिति २०७१ चैत २२ गते

Comments

Post a Comment