गृह पृष्ठ

Flash News

Monday, January 11, 2016

दसैंमा 'स्वस्थ' खसी कसरी छान्ने


राजेश बर्मा

काठमाडौं / दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तिनको सिङमा लगाइएको रङ हेरेर मात्र किन्नुहोला । रङ छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुनेछ। शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो रङ लगाएका खसीबोकामात्र खरिद गर्न सरकारले सुझाव दिएको छ।

पशु स्वास्थ्य निर्देशनालय, भेटेनरी जनस्वास्थ्य कार्यालय तथा काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गरी स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’चिह्न लगाउने अभियान बुधबारदेखि सुरु गरिएको छ । कलंकी, बालाजु, बिजुलीबजार, टुकुचा र कोटेश्वरस्थित खसीबोकाको बजारमा यो अभियान सुरु गरिएको हो ।


खसीबोकाको स्वास्थ्य परीक्षणका लागि कलंकीमा डा। अन्जिरमान डंगोल, बालाजुमा डा। रुविना महर्जन, बिजुलीबजारमा डा। मुकुल उपाध्याय, टुकुचामा डा। भीमनाथ चौलागाईं र कोटेश्वरमा डा। बोधनाथ अधिकारीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी र दुईजना सहयोगीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबाहेक थानकोट, नुवाकोटबाट उपत्यका भित्रिने नाकामा पनि टोली परिचालन गरिएको छ।

पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा। विजयचन्द्र झाका अनुसार टोलीले बजारमा आएका खसीबोकाको स्वास्थ्य कात्तिक ३ गतेसम्म परीक्षण गर्नेछ । पशु चिकित्सकले दसैंमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ भएकाको सिङमा हरियो र रोगी ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।

बिक्रीस्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि सोही दिनदेखि गरिनेछ। ‘दसैंको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ’,डा। झाले भने, ‘मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्य सुरु गरेको हो।’

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख डा. हरिकृष्ण       श्रेष्ठका अनुसार बुधबार कलंकीको खसीबजारमा दुई र टुकुचामा एउटा खसी अस्वस्थ भेटिएका थिए । उनका अनुसार ज्वरो र रुघाखोकी लागेका तीनवटा खसीबोका भेटिएका थिए ।

पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिगान र र्‍याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण पहिचान गर्नेछन्।


परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रङलगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइनेछ।निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेबिज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानीमा राखेर उपचार गरिनेछ ।

‘यसमध्ये निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएका खसीबोकालाई उपचारपश्चात् स्वस्थ भएमा पुनः बिक्रीका लागि बजार पठाइनेछ’, डा. मुकुल उपाध्यायले भने, ‘तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि सर्तमा बिक्री गर्न अनुमति दिँदैनौं ।यस्ता खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ ।

यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुने चिकित्सक बताउँछन् । पशु सेवा विभागले गरेको उपत्यकामा गरेको अध्ययनअनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११।४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ । यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छन् । अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ ।

यसरी छुट्याऔं
पीपीआर रोग : श्वास प्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्‍याल तथा सिँगान आउने र ज्वरो आउने गर्छ ।
घुमाउने रोग :  टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिन्छन् ।
रेबिज :  मुखबाट र्‍याल आउने, असामान्य रूपमा कराउने, ज्वरो आउने, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुइँ कोट्याइरहनेजस्ता लक्षण देखिन्छन् ।
खोरेत : गिँजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त, झोक्राएको, लंगडाउनेजस्ता लक्षण देखिन्छ ।

२०७२ आस्विन २९ शुक्रबार
http://annapurnapost.com/News.aspx/story/20654

2 comments:

.


Friends18.com Orkut Scraps