सावधान ! मिठाई पनि नक्कली हुन सक्छ

‘शुद्ध साकाहारी छैनन् मिठाई’


राजेश बर्मा
काठमाडौंः तिहारको लागि मिठाई खरिद गर्ने जोहो गर्दैहुनुहुन्छ भने एक पटक बिचार गर्नुपर्ने बेला आएको छ । मुनाफाखोर ब्यापारीले भिडभाडको मौका छोपेर गुणस्तरहिन नक्कली मिठाई भिडाउने सम्भावना भएकाले सतर्क भएर विश्वासिलो पसलबाट मात्रै खरिद गर्न बिज्ञहरूले सुझाव दिएका छन्। नक्कली मिठाईको सेवनबाट ज्यान पनि जान सक्छ ।





पर्वको अवसरमा मुख मिठो पार्न गुणस्तरहिन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालिन रोग लगाउने सम्भावना हुन्छ । बिज्ञहरूका अनुसार तिहारमा बासि सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्रि गर्ने अत्याधिक सम्भावना हुन्छ । यसका साथै नक्कली घ्यु र तेलमा तारेर अखाद्य र खाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठाईले पनि मानवस्वास्थ्यलाई दीर्घकालिन रूपमा ठूलो असर पुस्याउन सक्छ । यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थ्यकर हुन सक्छ ।



बरिष्ठ खाद्य बिज्ञ डा. दिलिप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन चाँदीको वर्क लगाइएको मिठाई मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । चाँदीको वर्क लागेको(मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठाई सेवन गर्न नहुने उनको सुझाव छ । चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले मानव शरीरलाई निक्कै समस्या पार्छ । भारतको लखनउस्थित इंडियन इस्टीच्युट अफ टक्सीकोलोजी रिसर्च सेन्टर र शिमलास्थित इन्दिरा गाँधी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा ब्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन् । ’यसले सिधै कलेजो र आन्द्रामा असर पार्छ,’ डा.सुब्बाले भने ।



अध्ययनअनुसार चांदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ । यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मृगौला र घाँटीस बन्धी रोग लाग्न सक्छ । अध्ययनअनुसार चांदीको वर्क आफैमा बिशुद्ध रूपमा साकाहारी होइन् । चांदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ। गाईको आन्द्राबिना चांदी वा आल्मुनियमको बर्क बन्न नसक्ने उक्त प्रतिवेदनले ठोकुवा गरेको छ ।

आन्द्रामा चांदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुग्रोले पिट्ने गरिन्छ । मुग्रोले त्यतिवेलास म पिटिन्छ जबसम्म यो पातलो च्याप्टो नबनोस् । यही बर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्रि गरिन्छ । मिठाईको मिसावट र गुणस्तरहिनता यत्तिमै सिमित छैन् । सिंथेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा, फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ ।

नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ । यही खुवाबाट बिभिन्न खालका बर्फि, पेडा र अन्य महंगा मिठाई तयार पारेर भिडभाडको मौका छोपेर बिक्रि गर्ने हुन्छ । खुवामा गहुँको पिठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घ्यु मिसाएर गुणस्तरहिन मिठाई तयार पारिन्छ । ‘तर अनुगमनको क्रममा राजधानीमा अहिलेसम्म नक्कली दूधबाट निर्मित मिठाई फेला परेको छैन,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षण सुमन धितालले भने,‘हल्ला आएपनि फेला भने पार्न सकेका छैनौं । हामी खोज्दैंछौं ।’



धितालकाअनुसार नक्कली दूधबाट निर्मित मिठाईको सेवनबाट वान्ता हुने, मृगौला र कलेजो बिग्रने र क्यान्सर लाग्न सक्छ । छिमेकी मुलुक भारतमा अहिले नक्कली दूधबाट निर्मित मिठाई भयावह रूपमा अनुगमनको क्रममा फेला पर्न थालेको छ । नेपालमा पनि ठूला ब्यवसायीहरू भारतबाट कच्चा पदार्थ आयात गरेर मिठाई तयार पारेर बिक्रि गर्दैआएका छन् ।

बिभागकाअनुसार अनुगमनको क्रममा अहिलेसम्म मिठाई बनाउने घ्यु र मख्खनमा रांगाभैसीको बोसो मिसाइएको,म्याद नाघेको घ्यु र तेल प्रयोग गरिएको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको तथा मिठाईमा खाद्य र अखाद्य रंग मिसाइएको फेला पारिएको छ । लड्डु, जेरी र विभिन्न चहकिलो रंगिचंगी मिठाईमा रंग प्रयोग गरिएको हुन्छ । ‘मिठाईमा दुई सय पीपीएमसम्म खाद्य रंग मात्र मिसाउने मापदण्ड भएपनि अत्याधिक परिमाणमा मिसाइएको फेला पारेका छौं,’ निरिक्षक धितालले भने,’उपभोक्ताको स्वास्थ्यलाई हेर्दै तिहारलाई लक्षित गर्दै बाणिज्य र खाद्य विभागले छुट्टाछुट्टै रूपमा अनुगमन गर्ने कामलाई तिव्र पारिएको छ ।’



मिठाईमा प्रयोग हुने कच्चा पदार्थ यसरी छुट्टयाऔं

चांदीको वर्क: यसलाई डढाउदा त्यतिकै तेलको सानो थोपाको रूपमा परिणत हुन्छ । मिसावट चांदीको वर्क डढाउदा गाढा खैरौ रंगको अवशेष बांकी हुन्छ ।

दूधः  टेस्टटयुवमा तीन मिलिलिटर दूध रा ने। त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउने। दूध नीलो वा गाढा निलो रंगको भए दूधमा मिसावट भएको बुझनुहोस् ।

नक्कली दूधः साबुनजस्तो गन्हाउने। दूध पहेलो देखिने। स्वाद अस्वभाविक लाग्ने ।
घ्यु र मख्खन: हाइड्रोक्लोरिक अ ल १० सिसि र एक चम्चा चिनी घ्यु वा मख्खनमा मिसाएर हल्लाउनुहोस । मिसावट भए मिश्रणको रंग रातो हुन्छ ।

खुवाः खुवामा दुई र तीन थोपा टिंचर आयोडिन रा नुहोस्। खुवाको रंग निलो देखियो भने नक्कली छ बुझनुस् । नक्कली खुवा आवश्यकताभन्दा बढी सेतो देखिन्छ ।

स्रोत: खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग

Comments