अस्ताए स्वदेशमै गरिखान नपाएका भूँईमान्छे प्रेम


संसद् भवनअगाडिको सडकमा मंगलबार९१० माघ २०७९० आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा बुधबार (११ माघ) बिहान ५ बजे उपचारका क्रममा निधन भएको हो । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाएका थिए ।


मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए । प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्याभएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए । 

आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । 

उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए । ुबिहान ५ बजे उहाँको निधन भयोु, अस्पतालका एक चिकित्सकले भने । आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका थिए । जसमा उनले जीवनमा पाएका हण्डर र ठक्कर उल्लेख गरेका छन् । उनले आत्मवृतान्त लेख्दै गर्दा अस्तव्यस्त मुलुकमा एउटा व्यवसायीले भोगेको पीडा बाहिर आएको छ ।

३६ वर्ष पार गर्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको र देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा र उद्योग चलाउँदा भोग्नुपरेका समस्या र ती समस्याहरूबाट पाएको ठक्करका चोटहरू उनले आत्मवृतान्तमा उतारेका छन् । उनी इलाम सूर्योदय नगरपालिका–११, फिक्कलका स्थायी बासिन्दा थिए । 

यो पनि  : आत्मदाह गर्ने स्थितिमा किन पुगे प्रेम ?

डा तोसिमाले भनिन्  ‘राज्य छ नि तपाईंहरुका लागि’, आचार्य भने– कसैले सुन्दैन

आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौं ठक्कर खानु परेको उल्लेख छ । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् ।

आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरुलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उनले भनेका छन् ।

हाल स्वास्थ्य राज्य मन्त्री समेत रहेकी कार्की उनको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् । स्वयम् पनि जनरल सर्जन रहेकी उनले आचार्यलाई ‘नयाँ सरकरा बनेको थियो, केही न केही उपाय खोज्थ्यौं । किन यस्तो निर्णय लिनु भयो रु’ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रस्तुत छ, डा तोसिमा अस्पतालमा पुग्दा आचार्यसँग भएको कुराकानीको संक्षिप्त अंश :

डा तोसिमा : प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्यः मैले चिनेँ ।

डा तोसिमा : अनि किन यस्तो गुर्न भएको छ तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ .

आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।

डा तोसिमा  : मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि ! राज्य छ नि तपाईंहरुका लागि .

आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा तोसिमा  : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि उनले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्छन् ।

कस्ले के भने ?

गृहमन्त्री लामिछानेले भने – आत्मदाहको निर्णय हिजोदेखिको निराशाको परिणाम

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र’ भनेका छन् ।

आचार्यले मृत्यु हुनुअघि लेखेको नोटमा लामिछानेसहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर ‘कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’ भनेका थिए । लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिन भनेका थिए ।

‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन’, लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला ।’


शेखरको प्रश्नः आत्मदाहको घटना दोहोरिन नदिने कि सत्ताको अंकगणितमै अल्झिरहने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् । नेता कोइरालाले बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै उनले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन् । ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ उनले लेखेका छन् ।

उनले अगाडि प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने रु’


प्रेमप्रसादको विद्रोह पछिल्लो समय सबैभन्दा विस्मयकारी घटना : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैंलाई आगो लगाएका इलाका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् ।

‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’, बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन् । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उनले भनेका छन् ।

एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् । ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’

प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गनेृमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन् । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु’, उनले भनेका छन् ।


Comments