About Me


                                          केही आफ्नै बारेमा : 
मैले राजधानीबाट प्रकाशित हुने जनधारणा साप्ताहिकमा २०५० सालमा सिराहा जिल्लाको सम्बाददाताको रुपमा पत्रकारिता सुरु गरेको छु । त्यसपछि तत्कालिन राष्ट्रिय साप्ताहिक खबरपत्रिका, दैनिकहरु स्पेश टाइम, नयाँ सडक, गोरखापत्र, राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स दैनिक, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक, सुनौलो नेपाल डट कम हुँदै हाल सौर्य राष्ट्रिय दैनिकमा कार्यरत छु । पत्रकारिता गर्ने क्रममा निक्कै आरोह अवरोध छिचोल्दै मूलधारको पत्रकारितामा सक्रिय छु । सामाजिक सञ्जालअन्तर्गत मैले यो ब्लग सञ्चालनमा ल्याएको छु । मैले लेखेका र प्रकाशित भएका सामाचार अरुका लागि पठनिय हुने उद्देश्यले यो ब्लगको सुरुआत गरिएको हो । धन्यवाद । 

- राजेशप्रसाद बर्मा 




Contact :

Comments

Post a Comment