हृवेयर इज ट्वाइलेट

  • राजेश बर्मा
लुम्बिनी : हृवेयर इज ट्वाइलेट -' लुम्बिनी क्षेत्रमा घुम्दाघुम्दै पिसाबले च्यापेपछि शौचालय जान हतारिएका भियतनामी पर्यटक रिचार्ड कोलिनले स्थानीय व्यक्तिसँग सोधे ।


'प्लिज मिनिरल वाटर बोतल', बोटोमा हिँडिरहेका ती स्थानीय व्यक्तले अंग्रजीमा जवाफ दिए,'सरी सर, हेयर इज नट ट्वाइलेट ।' उपाय केही नभएपछि मिनिरल वाटरको बोतल लिएर भियतनामी ती पर्याटक नजिकैको झाडीमा पसे । कोलिनले मात्र होइन, दैनिक लुम्बिनी क्षेत्रको भ्रमण गर्न आउने सयौं स्वदेशी र विदेशी पर्याटकले शौचालय अभावमा यस्तै समस्या बेहोर्नपरेको छ । बुद्धको जन्मस्थल लुम्बिनी विकास क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ । बडो प्रसन्न मुद्रामा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक दिसापिसाबले च्यापेपछि भने दिक्क हुने गरेको स्थानीय मोहम्मद इद्रिसले बताए । उनले भने, 'यहाँ आउने पर्यटकलाई दिसापिसाबलेले च्यापेपछि आसपासको झाडीमा जानुपर्ने बाध्यताछ ।

 इन्जिजियर खेटराज दाहालले यस क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय निर्माण हुन नसकेको बताए । उनका अनुसार शौचालय अभावमा बाहिरी मुलुकका पर्यटकले बढी समस्या झेल्नुपरेको छ । तत्कालीन सरकारले सातसय ७० हेक्टर जग्गा अधिरहण गरी सन् १९७८ मा लुम्बिनी विकास क्षेत्र गुरूयोजना लागू गरेको थियो । स्थानीय नारायण सापकबोटाका अनुसार लुम्बिनी विकास क्षेत्रको पूर्वपट्टिमायादेवी मन्दिरको अगाडि एउटा पुरानो शौचालय भए पनि सरसफाइ र मर्मत नगरिएका कारण पर्यटक त्यहाँ जानै रूचाउँदैनन् । 'भएको शौचालयका बारेमा पनि जानकारी गराउने सार्वजनिक केन्द्र नहुँदा पर्यटक समस्या पर्दै आएका छन्', उनले भने ।

लुम्बिनी विकास कोषका योजना प्रमुख तेम्बा शेर्पाले यस क्षेत्रभित्र शौचालय नभएको स्वीकार गरे । उनले पर्यटकलाई अप्ठयारो पर्नेगरी समस्या भने नभएको दाबी गरे । पर्यटकको समस्यालाई ध्यानमा राखेर कोषले एक वर्षअघि पवित्र एउटा शौचालय निर्माण गरे पनि प्रयोगमा आउन समेको छैन । 'निर्माण गरिएको शौचालय गुरूयोजनाअनुसार नभएकाले प्रयोगमा आउन सकेको छैन', योजना प्रमुख शेर्पाले भने, 'बजेट अभावमा शौचालय निर्माण गर्न सकिएको छैन तर यसलाई हामीले प्राथमिक सूचीमा राखेका छौं ।' कोषका सदसयसचिव राजेन्द्र थापामगरले निकै कम बजेट छुट्टयाउने गरेकोल भौतिक पूर्वाधार र शौचालय बनाउन नसकिएको बताए ।

जापानका प्रसिद्ध वास्तुविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको गुरूयोजनामा सेन्ट्रल क्यानलमा चार र पवित्र उद्यान निषेधित क्षेत्रका एक गरी पाँचवटा शौचालय निर्माण गर्नुपर्ने उल्लेख छ ।

स्रोत : अन्नपूर्ण पोष्ट ०६६ जेठ २४ गते

Comments