चिल्ला गाडीमा हुँंइकिने नेता पनि हिलोमा टेकेर धान रोपाई गरे

चिल्ला गाडीमा हुँंइकिने नेता पनि हिलोमा टेकेर धान रोपाई गरे


र्षदिन किसानको समस्या र कृषिको शब्द उच्चारण गर्न चासो नदेखाउने राजनीतिक दलका नेताहरु हिलोमा टेकेर शनिबार खुलैरै भाषण ठोकेका छन । सधै विलासी शहरिया जीवनशैलीमा रुम्मिलिने र चिल्ला गाडीमा घुम्ने राजनेताहरुले बर्षको एकदिन भएपनि कृषिको ज्ञानगुन गाउने अवसर प्राप्त गर्छन । राष्ट्रिय धान दिवस अर्थात असार १५ को अवसरमा शनिबार उपत्यका वरिपरी आयोजित विभिन्न कार्यक्रममा यस्तै हेर्ने अवसर प्राप्त भयो । बर्षदिन किसानको समस्या र कृषिको शब्द उच्चारण गर्न चासो नदेखाउने राजनीतिक दलका नेताहरु हिलोमा टेकेर खुलेरै भाषण ठोकेका छन ।


अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतम, नेपाल किसान संघका केन्द्रीय सदस्य केवी गुरुड्ड, कांग्रेसकै अर्का नेता रामचन्द्र पौडेललगायतका नेताहरुले एकदिन मात्रै भएपनि संचारमाध्यमको उपभोग गर्दै किसान र तिनका समस्याको बारेमा चर्का नारा लगाएका थिए । “धान नेपालीको बाँंच्ने आधार हो, नेपालीको संस्कृति धान हो । दक्षिण एशियाको पनि बाँंच्ने आधार धान भएकाले यसलाई बचाएर राख्नुपर्छ,” महासंघका अध्यक्ष गौतमले भने,“कृषि मुलुक भनेर चिनिने नेपाल पछिल्लो समयमा खाद्य असुरक्षाको चपेटामा पर्न थालेको छ । कृषिको व्यवसायिकरण नगरेसम्म किसानसहित मुलुकको कल्याण हुँंदैन ।” महासंघद्वारा काठमाडौंको सेतीदेवी गाउँं विकास समितिको वडा नम्बर ६ स्थित कमल बस्नेतको जग्गामा आयोजित धान रोपाँंई कार्यक्रममा सहभागी भएका गौतमले वर्तमान सरकार कृषिप्रति निक्कै सम्वेदनशिल रहेको चर्चा गरेका थिए । अध्यक्ष गौतमले हिलोमा टेकेर धानसमेत रोपाँंई गरेका थिए ।

    नेपाल किसान संघका नेता केवी गुरुड्डले पछिल्लो समयमा धान दिवस नेपालीहरुको साझा पर्वको रुपमा विकसित हुंदै गएको जानकारी दिए । ०१७ सालदेखि विशेश्वरप्रसाद कोइराला प्रधानमन्त्री रहेको तत्कालिन समयदेखि नेपाली कांग्रेसले धान दिवस मनाउदै आएको बताउदै उनले नेपाली कांग्रेसले अझ व्यापक र बृहद रुपमा यो दिवसलाई मनाउनुपर्ने सुझाव दिए । गुरुड्डले च्योतको र मैलो भोटो लगाएका गाउंका किसानहरुसंग परामर्श गरेर कृषि विकासका लागि बजेट ल्याउनुपर्ने सुझाव दिदैं अहिलेको बजेटले ठूला र शहरिया किसानहरुको मात्र पक्षपोषण गरेको आरोप लगाए । नेपाल किसान संघले काठमाडौंको रामकोट गाबिसमा धान दिवसको आयोजना गरेको थियो ।

    यसैगरी सोही अवसरमा सरकारले भक्तपुर र ललितपुरको खुमलटारस्थित दुई स्थानमा धान दिवस मनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) द्वारा खुमलटारस्थित नार्कको परिषदमा पनि धान दिवस मनाइएको थियो । नार्कको कार्यक्रममा सहभागिता जनाएका कृषि विकास मन्त्री टेकवहादुर थापा घर्तीले धान मानव जीवनको आधार भएाले राज्यले खाद्यान्न उत्पादनमा विशेष प्राथमिकतामा राखेको जानकारी गराए । मन्त्री घर्तीले नेपाल कृषि मुलुक भनेर चिनिए पनि पछिल्लो समयमा ९० अर्बको धान उत्पादन भएतापनि बाहिरी मुलुकबाट झण्डै ४ अर्ब मूल्य बराबरको खाद्यान्न आयात भएकोप्रति दुःख व्यक्त गरे ।
       
“यसबर्ष कृषिको व्यवसायिकरण गर्न रसायनिक मलको अभाव कुनै पनि शर्तमा हुन दिन्नौं, समयमै पानी परेकाले र मलको पनि सहज रुपमा आपूर्ति भएकाले यसपटक गत बर्षको तुलनामा दोब्बर उत्पादन हुन्छ,” दावी गर्दै उनले भने । सरकारका मुख्य सचिब लिलामणि पौडेलले कृषिको व्यवसायिकरण गर्न यान्त्रिकरण गर्नुपर्ने कुरामा जोड दिए । उत्पादन बृद्धिका लागि सहज रुपमा मल आपूर्तिका लागि कृषिमन्त्री घर्तीलाई आग्रह गर्दै वेरोजगार युवाहरुलाई कृषिमा आकर्षित गर्ने खालको नीति ल्याउन सुझाव दिए । कृषि सचिब जयमुकुन्द खनालले पछिल्लो बर्षजस्तै नेपाली किसानले मलको अभाव व्यहोर्नु नपर्ने दावी गरे । खचिब खनालले भाते बानीका कारण पनि मुलुकभित्र खाद्य असुरक्षा बढ्दै गएकाले खाद्यान्नको रुपमा मकै, गहुं, कोदो र फापरलगायतलाई पनि उपभोग गर्न आग्रह गरे ।

मुलुकभरका १५ लाख २६ हजार ३ सय ५१ ह्ेक्टर जग्गामा धानवाली लगाइदै आएको मन्त्रालयले जनाएको छ । संसारभर दुईहजार जातका धान छन । त्यसमध्ये नेपाली किसानले ३८ जानको धानवाली लगाउदै आएका छन । संसारभर आधाभन्दा बढी जनसंख्याले धानलाई मुख्य अन्नवालीको रुपमा प्रयोग गर्दैआएका छन । त्यसमध्ये ९० प्रतिशत धान एशियाली मुलुकमा उत्पादन र खपत हुन्छ ।
२०७०, असार १५




Comments