खाद्यान्न भण्डार “तराई” मा सबैभन्दा कम धान रोपाँंई


दशौं राष्ट्रिय धान दिवस
  • राजेश बर्मा
मुलुकभर दशौं राष्ट्रिय धान दिवस मनाइरहँंदा असारको दोश्रोसातासम्म तराईमा सबैभन्दा कम धान रोपाँंई सम्पन्न भएको छ । तराईलाई खाद्यान्नवालीको मूख्य भण्डार मानिन्छ ।


मुलुकको अन्य क्षेत्रभन्दा समग्र तराईमा शुक्रबारसमम ९ प्रतिशत अर्थात १० लाख ६७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ९५ हजार ७ सय ४८ हेक्टरमा मात्र धान रोपाँंई भएको छ । गत बर्षको तुलनामा यसबर्ष भने यो अवधीमा तीन प्रतिशतले बढी रोपाँंई सम्पन्न भएको कृषि विकास मन्त्रालयले दावी गरेको छ । मन्त्रालयका अनुसार असारको दोश्रो साताको अवधीमा हिमाली क्षेत्रमा ४६.६ प्रतिशत अर्थात ६८ हजार ५१ ह्ेक्टरमध्ये तीनहजार १ सय ७३ हेक्टरमा र पहाडी क्षेत्रमा २५.५ प्रतिशत अर्थात तीनलाख ९५ हजार ४ सय ९२ हेक्टरमध्ये एकलाख ७ सय ७२ हेक्टरमा धानको रोपाँंई सम्पन्न भएको छ । “गत बर्षको यही समयमा हिमाली क्षेत्रमा २७ र पहाडी क्षेत्रमा १४ प्रतिशत रोपाँंई सकिएको थियो,” मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले भने ।
  
धानवालीका लागि मुलुकभर १५ लाख २६ हजार ३ सय ५१ ह्ेक्टर जग्गा उपयुक्त रहेको मन्त्रालयले जनाएको छ । वाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा.सुरज पोखरेलले पूर्वी तराईमा आवश्यकताभन्दा कम पानी परेका कारण धान रोपाँंईले गति लिन नसकेको जानकारी दिए । यसैगरी पश्चिमी क्षेत्रमा आएको बाढीका कारण व्याड र खेती हुने जग्गा वगरमा परिणत भएका कारण पनि त्यस क्षेत्रमा अपेक्षाअनुसार रोपाँंई हुन सकेन । “धान रोपाँंई भर्खरै सुरु भएकाले अहिले नै तराईमा कम उत्पादन हुन्छ भनेर भन्न सकिन्न,” डा. पोखरेले भने,“साउन १५ सम्म रोप्ने अवधी भएकाले अहिलेजस्तै पानी निरन्तर रुपमा तराईमा पर्ने हो भने आगामी आर्थिक बर्षमा राम्रै उत्पादन दिन सक्ने अनुमान गरिएको छ ।”
 
 मन्त्रालयकाअनुसार अहिलेसम्म सबैभन्दा कम सप्तरी र बाँंके जिल्लामा धानको रोपाँंई सम्पन्न भएको छ । सप्तरीमा एक प्रतिशत अर्थात सातसय हेक्टरमा र बांकेमा दुई प्रतिशत अर्थात ७ सय२९ हेक्टरमा मात्र रोपाँंई सकिएको छ । कपिलवस्तुमा तीन, सिराहा, धनुषा र महोत्तरीमा पाँंच÷पाँंच प्रतिशत रोपाँंई भएको छ । यसैगरी झापामा ६, मोरंगमा ७, चितवन, नवलपरासी र रुपन्देहीमा दश प्रतिशत, सर्लाही, रौतहठ र पर्सामा १५ प्रतिशतका दरले रोपाँंई भएको मन्त्रालयका वरिष्ट तथ्याँंक अधिकृत हेमराज रेग्मीले जानकारी दिएका छन । मुलुकभर भने १५ प्रतिशतका अर्थात २२ हजार ८ सय २५ हेक्टरमा रोपाँंई सम्पन्न भएको छ ।
वाली विकास निर्देशनालयले अहिलेसम्म ६४ जिल्लामा रोपाँंई सुरु भइसकेको र ११ जिल्लामा भने रोपाँंई सुरु हुन नसकेको जानकारी दिइएको छ । चालु आर्थिक बर्षमा धानको उत्पादनमा गतवर्षको तुलनामा करिब ११ प्रतिशत अर्थात करिब ५ लाख ६७ हजार मेट्रिक टनले कमी आएको छ । गत बर्षको करिब ५० लाख ७२ हजार मेट्रिक टनबाट करिब ४५ लाख ४ हजार मेट्रिक टन भएको छ । गत बर्ष मनसुन ढिलो भएकाले र रसायनिक मलको चर्को अभाव भएकाले पनि धानको उत्पादनमा उल्लेख्य कमी आएको मन्त्रालयले जनाएको छ ।

    धान वालीको औषत उत्पादकत्व गत बर्षको तुलनामा प्रतिहेक्टर शुन्य दशमलव दुई मेट्रिक टन घटेर प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन हुने पुगेको जनाइएको छ । मन्त्रालयले प्रतिव्यक्ति प्रतिवर्ष एकसय ९१ किलोका दरले कूल जनसंख्या ५२ लाख ४० हजार मेट्रिक टन खाद्यान्न आवश्यकता पर्छ । गत बर्ष डेढलाख हेक्टर जमिनमा रोपाँंई  हुन नसक्दा ३३ जिल्ला खाद्य असुरक्षाको जिल्लामा सूचीकृत भएको छ । कूल ग्राहस्थ उत्पादनमा धानको ८ प्रतिशत र कूल कृषिजन्य ग्राहस्थ उत्पादनमा धानको २० प्रतिशत योगदान छ ।

क्षेत्रगत रोपाँंई
क्षेत्र                            रोपाई सकिएको हेक्टर           प्रतिशतमा
हिमाली                          ३१७३१                             ४७.६∞
पहाडी                            १००७७२                            २५.५∞
तराई                             ९५७४८                              ९∞

Comments