करिब सत्तरी प्रतिशत पशुपंक्षिजन्य रोग मानिसमा

  • राजेश बर्मा
मानिसमा लाग्ने घातक  रोगहरूमध्ये करिब सत्तरी प्रतिशत पशुपंक्षिबाट सर्ने गरेको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको पशुजन्य रोग नियन्त्रण आयोजनाले गरेको एक अध्ययनको क्रममा यस्तो तथ्य बाहिर आएको हो। तथ्याँकका अनुसार पशुपंक्षिहरू रोगको भरिया बनेर करिब ७० प्रतिशत सरूवा रोग मानिसमा सार्दै आएका छन।




आयोजनाका कोअर्डिनेटर डा. इन्द्रकान्त झाका अनुसार पछिल्लो समयमा पशुपंक्षिजन्य रोगका कारण मानव स्वास्थ्य जोखिममा पर्दैगएको छ। 'मानिसमा सर्ने अधिकाँश रोगहरूमध्ये करिब ७० प्रतिशत पशुपंक्षिको माध्यमबाट सर्ने गरेको छ, पछिल्लो समयमा यो बिषय पशु र मानव स्वास्थ्य बिज्ञानका लागि ठूलो चुनौतीको बिषय बन्न पुगेको छ,' डा. झाले भने। आयोजनाका अनुसार कुखुरा, हाँस, सुँगुर, बंगुर, गाई, भैसी, भेडा, बाख्रा, कुकुर र बिरालोजस्ता पशुपंक्षिबाट विभिन्न प्रकारका रोगहरू सर्दैआएको हो।


'हामी दिनवटै निकायले आ-आ नो क्षेत्रबाट गहन रूपमा यो बिषयमा अध्ययन गर्ने काम सुरू गरेका छौं,' डा. झाले भने,'अध्ययनपश्चात रोगलाई जरोबाटै निर्मुल गर्न पशुपंक्षिमै रोग लाग्न नदिन विभिन्न प्रकारका अभियान सञ्चालनमा ल्याउने तयारी गरेका छौं।' पशुपंक्षिबाट मु यतया मानिसमा इन लुन्जा, लेप्टोस्पायरोसिज, ब्रुसिलोसिज, साइटीकरकोसिज, हाईडाटाइडोसिज र टोक्सोप्लाजमोसिज गरेर छ प्रकारका सरूवा रोगहरू सर्ने गरेको छ। आयोजनाका अनुसार लेप्टोस्पायरोसिस संक्रमित गाई, हरिण, भेडा, कुकुर, खरायो र मुसा संक्रमित भएका पशुहरूको खाना, पिसाव, माटो र पानीको संसर्गबाट मानिसमा विभिन्न प्रकारका सरूवा ज्वरोका साथै कमलपित्त, आँखा रातो हुने, पेट दु ने, डायरिया हुने, मेनेन्जाइटिस हुने, सुन्ने शक्ति नष्ट हुने, स्वास प्रश्वासस बन्धी रोग लाग्ने, कलेजो बिग्रने, टाउको दु ने र वाकवाकी लाग्नेजस्ता रोगहरू लाग्छ।


पशु स्वास्थ्य निर्देशनालयका अनुसार इन् लुन्जा संक्रमण भएका कुखुरा, हाँस र सुँगुर, वंगुर र घोडाको संसर्गमा आउने मानिसलाई ज्वरो, रूघाखोकी, घाँटी दु ने, नाक रसाउने, जोर्नी, पाखुरा र टाउको दु ने, ग्यास्ट्रिक हुने, कमजोर र थकित महसुस हुने, झाडापखाला हुने, बर्ड लु, स्वाइन लुजस्ता रोगहरू लाग्ने गर्छ। यस्तै टोक्सोप्लाजमोसिज संक्रमित बिरालोको खाना र पिसावको संसर्गबाट मानिसमा मुटु, कलेजो, आँखा, मस्तिक्सस बन्धी रोगहरू लाग्नुका साथै गर्भवति महिलामा गर्भ तुहिने समस्या पनि पछिल्लोसमयमा व्यापक रूपमा आउन थालेको छ।


निर्देशनालयका निर्देशक डा. विजयकान्त झाका अनुसार ब्रुसिलोसिज संक्रमित गाई, भैसी, भेडा, बाख्रा र सुँगुरको संसंसर्गबाट मानिसमा कडा खालको ज्वरो आउने, जोर्नी र पाखुरा दु ने, मानसिक तनाव, पसिना आउने, महिलाको गर्भ तुहिनेजस्ता समस्या आउन सक्छ। 'पाश्चाराइज्ड नगरिएका दूधको सेवनले पनि यस्ता समस्या मानव स्वास्थ्यमा पर्न सक्छ,' निर्देशक झाले भने। साइटीकरकोसिज र हाईडाटाइडोसिज प्रभावित गाई, सुँगुर र कुकुरको संसर्गबाट भने विभिन्न खालका जुकाजन्य रोगहरू निमत्ने  जोखिम हुन्छ।



पशुपंक्षिबाट मानिसमा रोग सर्ने क्रम बढ्दै गएपछि नेपाल कृषि अनुसार परिषद(नार्क) ले जलवायु परिवर्तनको असरले गर्दा यस्ता रोगहरूको अवस्थामा देखिने समस्या र समाधानका उपाय, पशुजन्य रोग नियन्त्रण आयोजनाले पशुपंक्षिजन्य रोगको रोकथाम तथा स्वास्थ्य मन्त्रालयले पशुपंक्षिबाट मानिसमा सर्ने रोगहरूको रोकथामका बारेमा अहिले गहन रूपमा अध्ययन गर्ने काम सुरू गरेको छ। 'अध्ययन पश्चात प्राप्त सुझावहरूको आधारमा नियन्त्रणका उपायहरू अबल बन गरिनेछ,' निर्देशक  झाले भने। पशुपंक्षि रोगस बन्धी अध्ययन तथा नियन्त्रणका लागि आयोजनालाई विश्व बैंकले युरोपियन आयोगको एभिएन एण्ड हु यान इन् लुएन्जा ट्रस्ट फण्डमार्फत करिब ९४ लाख रूपैयाँ उपलब्ध गराएको छ।
काठमाडौं, १२ साउन, 2070

Comments