बर्ड लु नियन्त्रण गर्न सरकार असफल

बर्ड लुविरूद्धको खोप लगाउने निर्णय



  • राजेश बर्मा
रकारले बर्ड लुको संक्रमण नियन्त्रण गर्न असफल भएपछि पहिलो पटक बर्ड लुविरूद्धको खोप प्रयोग गर्ने तयारी सुरू गरेको छ। बर्ड लुको संक्रमण गर्मीयाममासमेत व्यापक रूपमा फैलिएर कुखुराजन्य व्यवसाय नै धरापमा पर्न थालेपछि सरकारले खोप लगाउने तयारी सुरू गरेको हो। यसअघि सरकारले बर्ड लुविरूद्धको खोपको प्रयोगमा प्रतिवन्ध लगाएको थियो।

पशु सेवा विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडाका अनुसार बर्ड लुको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि सरकारले गत बैशाखको अन्तिम साता खोप लगाउने निर्णय गरेको थियो। गत ०६५ माघमा झापाबाट नेपाल भित्रिएको बर्ड लुको संक्रमण पछिल्लोसमयमा सबैप्रकार कुखुराका जात र चल्लामासमेत भेटिएको छ। चालु आर्थिक बर्षको असोजको दोश्रो सातादेखि हालस म ५२ स्थानमा संक्रमण भेटिइसकिएको छ। यसैगरी हालस म ७५ पटक देखापरेको यसको संक्रमणका कारण कुखुरा व्यवसायीहरूले मात्रै अर्बौ मूल्य बराबरको क्षति व्यहोरिसकेका छन। कुखुरा उत्पादनको मु य स्थान चितवनमा मात्रै करिब ३ करोडभन्दा बढीको क्षति भएको छ भने क्षति व्यहोरेका किसानहरूलाई राहतको नाममा मात्रै सरकारको २ करोड ६ लाख २० हजार रूपैयाँ खर्च भएको छ।

'बर्ड लुको भाइरस नियन्त्रण गर्न नसकिने अवस्था आएकाले बर्ड लु नियन्त्रण गर्न खोप लगाउने निर्णयसहित आवश्यक तयारी सुरू गरिएको छउपमहानिर्देशक डा.खतिवडाले भने,'कुखुरा व्यवसायीहरूले पनि खोप प्रयोग गर्न हुने बारेमा साकारात्मक सुझाव दिएका छन।Ó कृषि विकास मन्त्रालयले बर्ड लु विरूद्धको खोप प्रयोगमा ल्याउन अहिले पशु सेवा विभागकै उपमहानिर्देशक डा. खतिवडाको संयोजकत्वमा ८ सदस्यीय अध्ययन तथा तयारी समिति गठन गरेको छ। समितिलाई यही जेठ २८ गते अध्ययन गरेर आ नो प्रतिवेदन बुझाउन समयसिमा दिइएको छ। समितिलाई खोप प्रयोगको बारेमा कार्यविधि, खोपको प्रयोग कसरी, कुन अवस्थामा र कहाँ गर्ने, शुल्क लिने वा नलिने, कस्ता कुखुरालाई लगाउने, खोप वितरण गर्ने स्वामित्व कस्को हुने, अनुगमनको स्वरूप कस्तो हुनेलगायतका बिषयमा अध्ययन गर्ने जि मेबारी दिइएको छ।


स्रोतका अनुसार जाडोमा मात्र फैलिने बर्ड लुको एच फाइभ एन वन नामक भाइरस पछिल्लो समयमा आ नो स्वरूप परिवर्तन गरेर प्रचण्ड गर्मीयाममा पनि भेटिन थालेपछि सरकारलाई टाउकोको बिषय बनेको छ। 'जाडोको समयमा अत्यन्त कम तापक्रममा मात्र पाइने यसको भाइरस पछिल्लो समयमा गर्मीयाममा पनि फेला पर्न थालेको छ। पशु स्वास्थ्य र मानव स्वास्थ्यको क्षेत्रका लागि यो निक्कै ग िभर र चुनौतीपूर्ण मुद्दा हो। गर्मीयाममा देखापर्नुले यसले ठूलो समस्या नि त्याउन सक्ने अवस्थालाई उजागर गरेको छराष्ट्रिय पन्छी रोग अनवेषण प्रयोगशाला चितवनका वरिष्ठ प्रमुख पशु चिकित्सक डा. बोधनाथ अधिकारीले बताए। उनका अनुसार पछिल्लोसमयमा बैशाख र जेठको ४३ डिग्री सेल्सियसको तापक्रममा पनि यसको भाइरस जताततै भेटिन थालिएको छ।

सरकारले बर्ड लु नियन्त्रण गर्न खोप लगाउने निर्णयसँगै तयारी गरेपनि यसको जोखिम भने यथावत रहन्छ। बिज्ञका अनुसार बर्ड लुविरूद्धको खोप प्रयोगमा ल्याएका केही मुलुकहरूमा समस्या यथावतै छ। इण्डोनेसिया, भियतनाम, इजिप्ट, चीन, क बोडिया, थाइल्याण्ड, अजरवेइजान र टर्कीजस्ता मुलुकले बर्ड लुविरूद्धको खोप प्रयोग गरेपनि हालस म नियन्त्रणमा ल्याउन सकेका छैनन। बर्ड लुको संक्रमण हुनुअघि लगाइने यस्ता खोप लागेका कुखुरामा बर्ड लुको भाइरसले आ नो स्वरूप परिवर्तन गरेर प्रवेश गर्छ। जसका कारण बर्ड लुबाट प्रभावित भएका कुखुरा बर्ड लु संक्रमण भएको कुनै लक्ष्ण नदेखाउदै धेरै दिनको अन्तरालमा छिटपुट रूपमा मर्ने गर्छन। बर्ड लुको लक्ष्ण नभेटिएकै अवस्थामा त्यस्ता कुखुरा किसानले व्यवसायीलाई र व्यवसायीले उपभोक्तालाई बिक्रि गर्दैआएका छन। यस्ता कुखुराको सेवन गरेका कारण ति मुलुकका दर्जनौं व्यक्तिले आ नो ज्यान गुमाइसकेका छन। 
काठमाडौं, ७ जेठ, 2070

Comments