यस बर्ष मल अभाव नहुने सरकारको दावी

यस बर्ष मल अभाव नहुने सरकारको दावी

  • राजेश बर्मा

धान रोपाँंईको समयमा बर्षेनी रसायनिक मलको अभाव व्यहोर्दै आएका नेपाली किसानले यस पटक रोपाँंईको समयमा मलको अभाव व्यहोर्न नपर्ने सरकारले दावी गरेको छ । गत बर्षभन्दा यस बर्ष मलको आपूर्ति सहज र पर्याप्त परिमाणमा भएकाले अभाव नहुने दावी गरिएको छ ।


कृषि सामाग्री कम्पनीका अनुसार यसबर्ष गत बर्षको तुलनामा बढी मल भित्र्याइएकाले मलको समस्या नहुने तर्क अघि सारेको छ । कम्पनीका निमित्त प्रवन्ध सञ्चालक अमर खैरका अनुसार गत बर्षको तुलनामा यसबर्ष अहिलेसम्म २० हजार ९ सय १५ मेट्रिक टन बढी रसायनिक मल बिक्रि भएको छ । यसबर्ष गत मंगलबारसम्म युरिया एकलाख एकहजार दुईसय ८३, डिएपी ५९ हजार ८ सय ५७, पोटास दुईहजार ६ सय १३ र प्रागाँंरिक ३ हजार एकसय ५६ मेट्रिक टन गरेर कूल १ लाख ६६ हजार ९ सय ९ मेट्रिक टन बिक्रि भएको छ ।



गत बर्ष यही अवधीमा सबै प्रकारका गरेर १ लाख ४६ हजार मेट्रिक टन बिक्रि भएको थियो । । बिना अवरोध मल भित्रिने क्रम जारी छ, सञ्चालक खैरले भने, हामीसँंग तत्कालका लागि पनि पर्याप्त परिमाणमा मल मौज्दात भएकाले पनि अभाव हुने अवस्था आउदैन । प्राप्त भएको मल आगामी भदौंसम्म धान रोपाँंईको लागि पर्याप्त हुन्छ । गत बर्ष भने किसानहरुले आकाशे पानीसँंगै रसायनिक मलको चर्को अभाव व्यहोरेका थिए । कालो सूचीमा राखिएका भारतको इण्डियन पोटास कम्पनी (आईपिएल) सँंग कारोबार नगर्ने प्रतिवद्धता जनाएको पछिल्लो सरकारले मल अभाव भएपछि ढिलो गरेर पुनः सोही कम्पनीसँंग खरिद योजना अघि बढाएका कारण मलको चर्को अभाव भएको थियो ।


नेपालमा करिब सबैवाली गरेर ७ लाख मेट्रिक टन रसायनिक मलको माग भएपनि हालसम्म करिब ३ लाख मेट्रिक टनको हाराहारीमा मल भित्र्याइदै आएको छ । धानवालीको लागि मात्रै कम्तिमा एक लाख मेट्रिक टन मलको माग हुन्छ । कम्पनीका प्रवन्धक नारायण मरासिनीका अनुसार यस आर्थिक बर्षमा युरियातर्फ १ लाख ५३ हजार, डिएपीतर्फ ७६ हजार ३ सय, पोटासतर्फ ५ हजार र प्रागाँंरिकतर्फ ८ सय मेट्रिक टन गरेर ११ अर्ब ६१ करोड ३५ लाख ९७ हजार २ सय १६ मूल्य बराबरको दुईलाख ३५ हजार एकसय मेट्रिक टन रसायनिक मल खरिद गरेको थियो ।

खरिद गरिएको मलका लागि सरकारले ५ अर्ब १७ करोड अनुदान उपलब्ध गराएको छ । सरकारले अनुदानवापतको थप ३१ करोड ६४ लाख ८८ हजार रुपैयाँं कम्पनीलाई उपलब्ध गराउन बाँंकी छ । खरिद भएका मलमध्ये युरियातर्फ ४३ हजार ४ सय ५६ र डिएपीतर्फ १४ हजार ९ सय ९५ मेट्रिक टन गरेर ५८ हजार ४ सय ५१ मेट्रिक टन आउने क्रममा छ । कम्पनीसँंग अहिले युरिया १८ हजार ४ सय ५६, डिएपी ११ हजार ८ सय ५४, पोटास दुईहजार २ सय ७६ र प्रागाँंरिक १ हजार १ सय ६० मेट्रिक टन गरेर ३३ हजार ७ सय ४६ मेट्रिक टन मौज्दात छ ।


जाइकाले मल दियो

जापान सहयोग नियोग(जाइका) ले अति विपन्न कृषकका लागि सहयोग(टुकेआर) कार्यक्रम अन्तर्गत नेपालको पहाडी जिल्लाका लागि बुधबार अनुदानमा रसायनिक मल उपलब्ध गराएको छ । जाइका नेपालका प्रमुख प्रतिनिधि टिस्टुमु सिमिजुले २५ करोड ९० लाख मूल्य बराबरको ३ हजार एकसय ५ मेट्रिक टन युरिया र एकहजार तीनसय ४३ मेट्रिक टन डिएपी मल कृषि सामाग्री कम्पनीलाई हस्तान्तरण गरेको हो ।
प्राप्त भएको मल धुलिखेल, भोजपुर, संखुवासभा, तेह्थुम, पाँंचथर, ताप्लेजुँंग, खोटाँंग, ओखलढुँंगा, इलाम, सोलुखुम्बु र नुवाकोटका किसानलाई प्रचलित मूल्यमा बिक्रि गरिनेछ । बिक्रिबाट प्राप्त भएको रकम नेपाल सरकारको खातामा जम्मा गरिने कम्पनीका निमित्त सञ्चालक खैरले भने ।

काठमाडौं, १९ असार ः




Comments