कुखुराजन्य बस्तुको ओसार पोसारमा प्रतिवन्धको तयारी

आगामी साता बैंककको विशेषज्ञ टोली नेपाल आउँदै


  • राजेश बर्मा
र्मीयाममा पनि वर्ड लुका भाइरस व्यापक रूपमा फेला पर्न थालेपछि यसलाई नियन्त्रण गर्न सरकारले दुई प्रकारका रणनीति कार्यान्वयनमा ल्याउने भएको छ। उपत्यकामा फैलिएको वर्ड लुको संक्रमणलाई निस्तेज पार्न सरकारले पहिलो चरण अन्तर्गत तत्कालका लागि उपत्यकामा पन्छीजन्य(कुखुराजन्य) बस्तुको ओसार पसारमा प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोश्रो चरण अन्तर्गत खोप लगाउने तयारीलाई पनि विशेष प्राथमिकतामा राखेर युद्धस्तर रूपमा गृहकार्य सुरू गरेको छ।


सरकारले लगाउने प्रतिवन्ध मंगलबारदेखि सातदिनको लागि हुनेछ। सरकारले पहिलो चरण अन्तर्गत स भवत: मंगलबारदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कुखुराजन्य बस्तुको ओसार पसारमा पूर्ण रूपमा प्रतिवन्ध लगाउने तयारी गरेको छ। वर्ड लु नियन्त्रणभन्दा बाहिर गएपछि सरकारले अन्तिम उपायका रूपमा यो रणनीतिलाई कार्यान्वयनमा ल्याउन लागेको हो। सोमबार दिनभरजसो कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायहरूबीच भएको छुट्टाछुट्टै गहन छलफल पश्चात ओसार पसारमा प्रतिवन्ध लगाउने उपाय अबल बन गर्ने निश्कर्ष निकालिएको थियो।


'वर्ड लु नियन्त्रण गर्न अहिलेस म गरिएका सबै उपायहरू असफलजस्तै देखियो। तत्कालका लागि बाहिरीजिल्लाबाट उपत्यकामा भित्रिन नदिन र उपत्यकाबाट बाहिर संक्रमण जान नदिने हामीले पन्छीजन्य बस्तुको ओसार पसारमा प्रतिवन्ध लगाउने निश्कर्षमा पुगेका छौं,Ó पशु सेवा विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडाले अन्नपूर्ण पोष्टलाई भने,'स भवत: मंगलबारदेखि यो रणनीति कार्यान्वयनमा आउने छ। प्रतिवन्धको अवधीमा पनि वर्ड लु फैलिएको पाइएमा यसविरूद्धको खोप लगाउने तयारीलाई पनि अन्तिम चरणमा पु:याएका छौं।Ó प्रतिवन्धको अवधीमा सरकारले नियन्त्रण गर्ने, निगरानी रा ने र सरसफाई गर्ने कार्यलाई भने यथावतै रा नेछ।


वर्ड लु संक्रमित चल्लादेखि ठूला कुखुरास म स बन्धित व्यवसायीले लुकाई छिपाई बजारमा पु:याएका कारण मानव स्वास्थ्य थप जोखिममा पर्ने चुनौती सिर्जना भएकाले प्रतिवन्ध लगाउने निश्कर्षमा सरकार पुगेको हो। विभागका अनुसार वर्ड लु आदेशअनुसार नियन्त्रणका लागि मंगलबार नै तीनवटै जिल्ला प्रशासन कार्यालयलाई ओसार पसारमा प्रतिवन्ध लगाउनेस बन्धमा परिपत्र गरिनेछ। प्रतिवन्धको अवधीमा पनि वर्ड लुको संक्रमण यथावतै रह्यो भने यसविरूद्धको खोप लगाउने तयारीलाई पनि अन्तिम टुँङगोमा पु:याइएको बताइएको छ। उपमहानिर्देशक डा. खतिवडाका अनुसार खोप अभियान सञ्चालन गर्ने बिषयमा आगामी साताभित्रमा बैंककबाट वर्ड लु विशेषज्ञको एक टोली नेपाल आउदैंछ। टोलीले नेपालको वर्ड लुको अवस्थाको बारेमा पूर्ण जानकारी लिएर सरोकारवाला निकायहरूसँग छलफल गरेर सरकारको सहकार्यमा आवश्यक खोप अभियान सञ्चालनमा ल्याउनेछ। 'थाइल्याण्डको बैंककबाट वर्ड लु बिशेषज्ञहरूको टोली नेपाल आउदैंछ। टोलीले अवस्थाको जानकारी लिएर खोपको कार्यक्रम अघि बढाइनेछ,Ó उनले भने।



पशु बिज्ञहरूका अनुसार खोप लगाउने तयारी गरिएपनि यसबाट वर्ड लुको संक्रमण पूर्ण रूपमा नष्ट हुन्छ भन्ने छैन।  खोप प्रयोगमा ल्याएका केही मुलुकहरूमा समस्या यथावतै देखिएको छ। इण्डोनेसिया, भियतनाम, इजिप्ट, चीन, क बोडिया, थाइल्याण्ड, अजरवेइजान, वंगलादेश र टर्कीजस्ता मुलुकले बर्ड लुविरूद्धको खोप प्रयोग गरेपनि हालस म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। बर्ड लुको संक्रमण हुनुअघि लगाइने यस्ता खोप लागेका कुखुरामा बर्ड लुको भाइरसले आ नो स्वरूप परिवर्तन गरेर प्रवेश गर्छ। जसका कारण बर्ड लुबाट प्रभावित भएका कुखुरा बर्ड लु संक्रमण भएको कुनै लक्षण नदेखाउदै धेरै दिनको अन्तरालमा छिटपुट रूपमा मर्ने गर्छन। बर्ड लुको लक्षण नभेटिएकै अवस्थामा त्यस्ता कुखुरा किसानले व्यवसायीलाई र व्यवसायीले उपभोक्तालाई बिक्रि गर्दैआएका कारण ति मुलुकका दर्जनौं व्यक्तिले आ नो ज्यान गुमाइसकेका छन।




पछिल्लो समयमा यही साउनको सोमबारस ममा उपत्यकामा मात्रै १२ पटक वर्ड लुको संक्रमण भेटिइसकिएको छ। गत आर्थिक बर्षको साउन महिनामा मुलुकभर ३५ पटक वर्ड लुको संक्रमण भेटिएको थियो। ०६५ सालदेखि झापाबाट विस्तार भएको यो रोगको संक्रमण यस बर्षको साउनको सोमबारस म १ सय ६ पटक देखापरिसकेको छ। पशु स्वास्थ्य निर्देशनालयका अनुसार जलवायु परिवर्तनको असरका कारण पछिल्लो समयमा एचफाइभएनवान भाइरसले आ नो स्वरूप फेरेका कारण गर्मीमा पनि यसको भाइरस भेटिएको हो।


वर्ड लु फैलिन नदिन के गर्ने ?

कुखुरा फार्ममा अनावश्यक व्यक्तिको ओहोर दोहोरमा रोक लगाउने, एउटै फार्मको एउटा खोरमा प्रयोग भएको उपकरण अर्को खोरमा प्रयोग गर्न नहुने, कामदारले पोशाक लगाएर सरसफाईमा पूर्ण रूपमा ध्यान दिनुपर्ने, एउटा फार्ममा गएको सबारी साधान अर्को फार्ममा लग्न नहुने, जंगली चराचुरूङीको बासस्थान कुखुराको बासस्थानमा रा न नहुनेलगायतका उपाय अबल बन गर्न सकिए धेरै हदस म नियन्त्रण गर्न सकिने पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिजयकान्त झाले बताए।
काठमाडौं, १४ साउन, 2070

Comments