कुखुराजन्य बस्तुको ओसार पोसारमा प्रतिवन्धको सिफारिश

  • राजेश बर्मा
सरकारले उपत्यकामा फैलिएको वर्ड लुको संक्रमणलाई निस्तेज पार्न पन्छीजन्य(कुखुराजन्य) बस्तुको ओसार पसारमा प्रतिवन्ध लगाउन सरोकारवाला निकायलाई सिफारिश गरेको छ। तीनदिनदेखि गरिएको व्यापक गृहकार्य पश्चात पशु सेवा विभागले पन्छीजन्य बस्तुको ओसार पसारमा प्रतिवन्ध लगाउन सिफारिश गरेको हो।


पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिजयकान्त झाका अनुसार उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बाहिरी जिल्लाबाट पन्छी तथा पन्छीजन्य पदार्थ भित्रिन नदिन तथा यो तीनवटा जिल्लाबाट  बाहिरी जिल्लामा लैजान नदिन तत्कालका लागि सात दिनका लागि ओसार पसारमा पूर्ण रूपमा प्रतिवन्ध लगाउन सिफारिश गरिएको हो। विभागले बुधबार अबेर साँझ तीनवटै जिल्लास्थित जिल्ला पशु सेवा कार्यालयलाई प्रतिवन्ध लगाउन सिफारिश गरेको हो। 'हामीले तीनवटै जिल्लास्थित पशु सेवा कार्यालयलाई प्रतिवन्ध लगाउन सिफारिश गरेका छौंनिर्देशक डा. झाले भने।
उनका अनुसार जिल्ला पशु सेवा कार्यालयले स भवत: बिहिबार(आज) प्रतिवन्ध कार्यान्यवनमा ल्याउन स बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नेछ। जिल्ला प्रशासन कार्यालयले पशु सेवा कार्यालयको सहकार्यमा प्रतिवन्ध लगाउने सिफारिशलाई कार्यान्वयनमा ल्याउने निर्देशक डा. झाले अन्नपूर्ण पोष्टसँग भने। गर्मीयाममा पनि वर्ड लुका भाइरस व्यापक रूपमा फेला पर्न थालेपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा पन्छी र पन्छीजन्य पदार्थको ओसार पसारमा प्रतिवन्ध लगाउन लागिएको हो। विभागले प्रतिवन्धका साथै सात दिनभित्र सर्भिलेन्स, निगरानी र नियन्त्रण कार्यलाई युद्धस्तरमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

विभागले सातदिने प्रतिवन्धलाई अनुगमन गर्न कुखुरा व्यवसायीस िमलित विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडा र पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा. झासहित पाँच सदस्यीय उच्चस्तरिय अनुगमन समिति पनि गठन गरेको छ। विभागले कम जनशक्तिका कारण वर्ड लु नियन्त्रण गर्न समस्या परेकाले स बन्धित पशु सेवा कार्यालयलाई थप जनशक्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। विभागले बाहिरी मुलुकबाट आउने प्यारेन्ट कुखुराका चल्लालाई भने सुरक्षित रूपमा फार्म हाउसस म लैजाने निर्णय गरेको छ।


बुधबार दिनभरजसो कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, कुखुरा व्यवसायी तथा सरोकारवाला निकायहरूबीच भएको छुट्टाछुट्टै गहन छलफल पश्चात ओसार पसारमा प्रतिवन्ध लगाउने बारेमा निर्णय गरिएको हो। 'वर्ड लु नियन्त्रण गर्न अहिलेस म गरिएका सबै उपायहरू असफलजस्तै देखियो। तत्कालका लागि बाहिरीजिल्लाबाट उपत्यकामा भित्रिन नदिन र उपत्यकाबाट बाहिर संक्रमण जान नदिने हामीले पन्छीजन्य बस्तुको ओसार पसारमा प्रतिवन्ध लगाउन सिफारिश गरेका छौंंपशु सेवा विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडाले भने।
फितलो वर्ड लु आदेश

वर्ड लु नियन्त्रण गर्न जारी भएको 'वर्ड लु रोग नियन्त्रण आदेशÓ सरकारले आफै इमान्दारिता पूर्वक पालना गरेको छैन। वर्ड लुको संक्रमण फैलिन नदिन अपनाउनुपर्ने उपाय र नियन्त्रणस बन्धी प्रावधानहरू सरकारले आफै कार्यान्वयनमा नल्याउदा एकै स्थानमा पटक पटक भयावह रूपमा फैलिएको हो। दैवी प्रकोप (उद्दार) आदेश ०३९ अन्तर्गत गत ०६६ मा दोश्रो संशोधनसहित जारी भएको वर्ड लु रोग नियन्त्रण आदेशलाई पूर्णरूपमा कार्यान्वयनमा नल्याइदा मंगलबारस म एकै स्थान गरेर १ सय ९ पटक वर्ड लुको संक्रमण फेला पारिसकिएको छ। साउन महिनामा मात्रै ८४ पटकस म मुलुकभर यो रोगको संक्रमण भेटिएको छ भने उपत्यकामा साउनमा मात्रै १६ पटक देखा परिसकेको छ।

वर्ड लु नियन्त्रण आदेशले वर्ड लु पुष्टि भएको कुखुरा फार्मदेखि तीन किलोमिटरको परिधीलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर नब्बे दिनस म निगरानी रा नुपर्ने प्रावधान राखेको छ। तर वर्ड लु नियन्त्रण गर्ने अभिभारा भएको पशु स्वास्थ्य निर्देशनालयले न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । न त नब्बे दिनस म निगरानी नै रा न सकेको छ। आदेशलेे संकटग्रस्त क्षेत्रबाहिर सात किलोमिटरस मको परिधिको क्षेत्रलाई पशु सेवा विभागले सहन निगरानी क्षेत्र घोषणा गरेर वर्ड लु रोगको निगरानी गर्नुपर्ने व्यवस्था गरेको छ।


आदेशले घोषणा भएको संकटग्रस्त क्षेत्रबाट आवत जावत गर्ने सबारी साधनलाईसमेत नि: संक्रमण गरेर मात्र आवत जावत गर्ने व्यवस्था गरेपनि सरकारी पक्षको कमजोरीका कारण एउटा कुखुरा फार्मको सबारी साधन अर्को फार्ममा ओहोर दोहोर र सर्वसाधारणको सबारी साधन ओहोर दोहोर भइरहँदा पनि सरोकार निकाय मौन भएका कारण वर्ड लुको संक्रमण सजिलै एकस्थानबाट अर्को स्थानमा फैलिने गरेको छ।
काठमाडौं, १6 साउन, 2070

Comments