रूखसँग साइनो जोड्दै साना वालवालिका

  • राजेश बर्मा
प्रकृति संरक्षणका लागि हातेमालो नगरेका वालवालिकाहरूले रूखसँग साइनो जोड्ेका छन। बढ्दो वनविनाश र स्वच्छ पर्यावरणका लागि 'एक रूख मेरो दायित्वÓ अर्थात ओटिएमआर अभियानमार्फत साना वालवालिकाहरूले विभिन्न प्रकारका रूखहरूसँग साइनो जोड्ेका हुन।


वालवालिकाले रूखसँग साइनो मात्रै गासेका छैनन बरू रूख हुर्काउने 'मालीÓ को भूमिका पनि खेल्ने भएका छन। आफुलाई मन परेका विभिन्न प्रकारका विरूवामध्ये एउटा विरूवा रोजेर वालवालिकाले निरन्तर एक बर्षस म आ नै घरमा राखेर त्यस्ता विरूवाको रेखदेख गर्ने, सिंचित गर्ने र हुर्काउने जि मेबारी पनि स हालेका छन। फोर्स नेपाल भन्ने गैरसरकारी संस्थाले आर भ गरेको उक्त अभियानमार्फत तीनदेखि नौं कक्षास म(करिब ८ बर्षदेखि पन्ध्र बर्ष समूह) का वालवालिकालाई रूखसँग साइनो लगाइएको छ।

संस्थाका अध्यक्ष प्रदीप खतिवडाका अनुसार नयाँ बानेश्वरस्थित नोवेल विद्यालयका एकहजार ३ सय वालवालिकालाई रूखसँग जोड्ने काम गरिएको छ। अभियानमा आवद्ध भएका हरेक वालवालिकालाई ३२ जातका एक/एक थान विरूवा उपलब्ध गराइएको छ। अभियानमा सहभागी भएका वालवालिकाहरूले जापानी धुपी, सल्ला, खरी, कि वु, लप्सी, अ बा, ओखर, अमलालगायतका जातहरू आफै छनौट गरेर हुर्काउनका लागि आ-आ ना घर लगेका छन। वालवालिकाले यस्ता विरूवा गमलामा राखेर हुर्काउनेछन।

वालवालिकालाई प्रकृतिसँग भावनात्मक रूपमा जोड्न यो अभियान सुरू गरिएको हो। वालवालिकाले पाठ्यपुस्तकमार्फत प्रकृति र वातावरण संरक्षणस बन्धी प्राप्त गर्दैआएका जानकारीलाई थप प्रभावकारी बनाउन तथा प्रत्यक्ष रूपमा सिकाईको माध्यमबाट अनुभव गराउन यस्तो अभियान सञ्चालनमा ल्याइएको छ। 'यो अभियानमार्फत वालवालिका प्रकृतिप्रति जि मेबार बन्नुका साथै प्रकृतिका बारेमा थप जानकारीहरू हासिल गर्न सक्षम हुनेछन,Ó अध्यक्ष खतिवडाले अन्नपूर्ण पोष्टसँग भने। वालवालिकाले आ नो घरमा हुर्काएका यस्ता विरूवा एक बर्षपछि संस्थाले फिर्ता लिएर सरकारको सहकार्यमा उपत्यकासहित अन्य स्थानका नाङगा डाँडाहरूमा बृझारोपन गर्नेछ।

अभियानमा सहभागी भएर निरन्तर एक बर्षस म रूख हुर्काउने वालवालिकाहरूको हौसला बढाउन संस्थाले विभिन्न प्रकारका रचनात्मक गतिविधि पनि सञ्चालनमा ल्याउनेछ। रूख हुर्काएर फिर्ता गरेपछि त्यस्ता वालवालिकालाई 'ग्रिन भोलेन्टियरÓ को उपाधीसहित प्रमाणपत्र उपलब्ध गराइनेछ। यसका साथै विभिन्न स्थानमा अवलोकन भ्रमण तथा विभिन्न क्षेत्रका यातीप्राप्त व्यक्तित्वहरूसँग भेटाएर अन्तरस बाद गराउने अवसरसमेत उपलब्ध गराइने संस्थाले जनाएको छ।

'उनीहरूको क्षमता विस्तार गर्न तथा हौसला प्रदान गर्न यस्ता खालका रचनात्मक गतिविधिहरू सञ्चालनमा ल्याइनेछ,Ó अध्यक्ष खतिवडाले भने। संस्थाले दोश्रो चरणमा गोर्खा जिल्लाका द ओल्ड क्यापिटल उच्च माध्यमिक बिद्यालय, गोर्खा बोर्डिङ स्कुल, सेन्ट जोसेफ, सेन्ट मेरिज स्कुलसहित पाँचवटा विद्यालयका पाँचहजार वालवालिकालाई पनि यस अभियानमा सहभागी गराउने जानकारी दिएको छ।
काठमाडौं, २७ साउन, 2070

Comments