तेह्र बर्षे वीउस बन्धी दीर्घकालिन राष्ट्रिय सोच लागु

आयातलाई प्रतिस्थापन गरेर निर्यातमुखि बनाइने

रकारले खाद्यान्नको बीउ प्रतिस्थापन दर बढाउने तयारी गरेको छ। बीउ प्रतिस्थापन दर अत्यन्त कम भएका कारण खाद्यान्न वालीको उत्पादनमा कमी आउने भएकाले प्रतिस्थापन दर बढाउन लागिएको हो। सरकारले हालै स्वीकृत गरेको 'तेह्र बर्षे वीउ विजनको दीर्घकालिन राष्ट्रिय सोचÓ मार्फत यस्तो व्यवस्था गर्न लागिएको हो। गत वैशाख ३ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त दीर्घकालिन राष्ट्रिय सोच स्वीकृत गरेको थियो।


मन्त्रालय मातहतको वीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार दीर्घकालिन सोचले खाद्यान्न उत्पादनमा बृद्धि गर्न आगामी सन् २०२५ स ममा खाद्यान्न वालीको वीउ प्रतिस्थापना दर बढाएर २५ प्रतिशत पु:याउने लक्ष्य राखेको छ। हरिहरभवनमा मंगलबार आयोजित पत्रकार स मेलनमा जानकारी गराउदै केन्द्रका प्रमुख डिलाराम भण्डारीले सन् २०२५ स ममा वीउ प्रतिस्थापन दर २५ प्रतिशतमा पु:याएर खाद्यान्न उत्पादनमा ४१ दशमलव ३२ प्रतिशतले बृद्धि गर्ने लक्ष्य राखिएको छ। केन्द्रले स्वदेशमा उत्पादन भएका र अन्य मुलुकबाट आयात भएर आएका सवैप्रकार वालीहरूको वीउको परीक्षण गरेर प्रयोगका लागि कृषकहरूलाई सिफारिश गर्दैआएको छ।





उनका अनुसार अहिले प्रमुख खाद्यान्न वालीहरूको वीउ प्रतिस्थापन दर ११ प्रतिशतको हाराहारीमा छ। 'कृषकले एउटै बीउ बर्षौस म प्रयोग गरेका कारण उत्पादनमा बृद्धि हुन नसकेको हो,Ó प्रमुख भण्डारीले भने,'प्रतिस्थापन दर बढाउदै गएपछि बढी परिमाणमा उत्पादन लिन सकिन्छ।Ó प्रतिस्थापन दर भनेको पुरानो वीउलाई विस्थापन गरेर खेतीका लागि नयाँ वीउको प्रयोग गर्दै लैजानु हो। दीर्घकालिन सोचले तरकारी वालीको वीउमा अहिले रहेको प्रतिस्थापन दर ६६ लाई बढाएर यस अवधीमा झण्डै ९० प्रतिशतमा पु:याउने लक्ष्य राखेको छ। केन्द्रकाअनुसार सन् २००१ देखि वीउ प्रतिस्थापन दर क्रमिक रूपमा बढ्दो क्रममा छ।




वीउ विजन नियमावली ०६९ लाई मुलुकभरका जिल्लामा कार्यान्वयनमा ल्याइएको जानकारी गराउदै प्रमुख भण्डारीका अनुसार दीर्घकालिन सोचका कारण आगामी सन् ०२५ मा थप २ लाख ५५ हजार बेरोजगारले रोजगारी पाउन सक्षम हुनेछन। दीर्घकालिन राष्ट्रिय सोचमार्फत वाली लगाउने समयअघि नै १० लाख कृषक परिबारलाई आवश्यकताअनुसारको गुणस्तरीय वीउ उपलब्ध गराइनेछ। सरकारी र निजी क्षेत्रको गरेर सबै जिल्लामा परिचालन गर्ने गरी २ सय ९३ वटा वीउ विशेषज्ञ तयार गरिनेछछ। 'तेह्र बर्षको अवधीमा आन्तरिम माग पुरा गरेर बार्षिक ७ सय ५० मेट्रिक टन गुणस्तरीय वीउ उत्पादन गरेर निर्यात गरिने योजनापनि यसले बोकेको छ,Ó उनले भने। यो अवधीमा खुल्ला परागसेचन तर्फका ४ सय २३ र हाइब्रीडतर्फ ६० वीउ उन्मोचन गरिने लक्ष्य पनि राखिएको छ। निजी क्षेत्रको सहभागितामा मुलुकभित्र चारवटा ठूला वीउ क पनी स्थापना गरिनेछ। हाल नेपालमा निजीतर्फ करिब १६ वटा साना वीउ क पनी कार्यरत छन।







केन्द्रका अनुसार वीउ उत्पादनका लागि हावापानी उपयुक्त भएपनि स्वदेशमा वीउ उत्पादन हुन नसक्दा विदेशी वीउमा नेपाली कृषक भरपर्नुपर्ने अवस्था छ। बर्षेनी करोडौं मूल्य बराबरको विभिन्न वालीका वीउ भारतसहित तेश्रो मुलुकबाट आयात हुँदैआएको छ। केन्द्रका अनुसार सबैप्रकारका प्रकृया पु:याएर वैधानिक रूपमा गत आर्थिक बर्ष ०६९/७० को वैशाखमा मात्रै ५१ करोड ६५ लाख २१ हजार मूल्यबराबरको वीउ आयात भएको थियो। गत आव ०६८/०६९ मा ४५ करोड ८५ लाख ४७ हजार मूल्यको वीउ आयात भएको थियो। 'चोरवाटोबाट अझै दोब्बर परिमाणमा आयात हुन्छ भन्ने अनुमान गरिएको छ,Ó केन्द्रका अर्का अधिकृत महेन्द्र खनालले भने,'आयात हुने अधिकाँश वीउमध्ये ७० प्रतिशतको हाराहारीमा हाइव्रीड जातका तरकारीका वीउ आयात हुन्छ। त्यसपछि मकै र केही परिमाणमा धानको आउँछ।Ó नेपालमा तरकारीको वीउको माग १ हजार ९ सय मेट्रिक टन छ। तर उत्पादन ९ सय मेट्रिक टन मात्र हुँदै आएको केन्द्रले जनाएको छ।




(वीउको माग र आपूर्तिको अवस्था मेट्रिक टनमा)
बाली               आवश्यक माग                      आपुर्ति
धान                ७४८२३                            ७२०९
मकै                २२६५६                            २०९४.३
गहुँ                 ९२०९९                           ९१०९.६
मसुरो              ६८२९                             १२१.४
तोरी                १९८५                             ९६.४१
काठमाडौं, २९ साउन, 2070

Comments