लौं यस्ता कम्पनीको पानी खाँदै हुनुहुन्छ ?

छत्तिस व्राण्डका पानी अस्वस्थ्यकर

  • राजेश बर्मा
खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले छत्तिस ब्राण्डका पानी मानव स्वास्थ्यका लागि हानिकारक रहेको जनाएको छ। मानवस्वास्थ्यका लागि हानिकारक मानिएका यस्ता क पनीको उत्पादनमा रोक लगाएर थप कारवाहीका लागि मुद्दासमेत दायर गरिसकिएको छ।


 विभागका महानिर्देशक जीवनप्रभा लामाका अनुसार काठमाडौं जिल्लाका मात्रै १३ वटा क पनीको पानी तल्लो स्तरको भेटिएको छ। उक्त जिल्लाका बुढानिलकण्ठस्थित तेज फ्रुट एण्ड वेभरेजको पायामोन ब्राण्ड, नयाँपाटीस्थित एक्वा इनर्जीको आक्वाइनर्जी, थापागाँउस्थित एभरेष्ट वेभरेजको माउण्टेन आइस, जोरपाटीस्थित ब्लु पाइन मिनरल वाटरको आक्वा एस, धर्मस्थलीस्थित सगुन वेभरेजको आक्वा हाइटेक, गोठाटारको कृष्ण वेभरेजको गुड डे, सुन्दरीजलस्थित अक्वा वागद्वार फ्रेस मिनरल वाटरको वागद्वार पानी सेवनका लागि अयोग्य ठहराइएको छ। यस्तै दक्षिणढोकाको कागेश्वरी मिनरल वाटरको सुन्दरीजल, जोरपाटीस्थित क्वालिटी खानेपानीको आक्वा निर्मल, सोहीस्थानका गोरखा वेभरेजको गेट अप, महादेवटारस्थित प्रकृति प्योर ड्रिङिकको अक्वा प्लस, वालाजुस्थित खानेपानी सेवा क पनीको आक्वा निर्मल ब्राण्डको पानी सघन अनुसन्धानको क्रममा गुणस्तरहिन ठहराइएको छ।  

 'मिनरल वाटरको मापदण्ड नपुगेकोले यस्ता क पनीमा सिलवन्दी गरेका छौं,Ó विभागका प्रवक्ता प्रमोद कोइरालाले भने। उनका अनुसार सरकारले मिनरल वाटरको हकमा तीन मु य मापदण्ड लागु गरेको छ । यसमा रसायन, विषादी र सुक्षम जिवाणु पर्छन्। पानीमा धेरै प्रकारका रसायन, विषादी र सुक्ष्म जिवाणु हुन्छन। मिनरल वाटरमा सुक्षम जिवाणु हुनुहुँदैन भने रसायन र विषादीको अवशेष पनि निश्चित मात्रामा हुनुपर्छ। भक्तपुर जिल्लाका भने पाँचवटा क पनीको पानी मानवस्वास्थ्यका लागि प्रतिकूल भेटिएको छ। गुणस्तरहिन पानी ठहराइएका क पनीहरूमा झौखेलस्थित नेपो मिनरल वाटरको नेपो, सोही स्थानका जिआर ड्रिङको आक्वाफ्रेस, जयश भु वेभरेजको आक्वा व्राइट, ओके मिनरल वाटरको ओके र नेचुरल ड्रिङिक वाटरको आक्वा सेभेन ब्राण्ड हुन।

 विभागले काभ्रेको तीन क पनी केएमडी वेभरेजको भूमि, ग्लोवल फ्रुट एण्ड वेभरेजको साइनो र यति वेभरेजको यति ब्राण्डका पानी सेवनका लागि अयोग्य रहेको प्रमाणित गरेको छ। विभागले चितवनको मुङलिङस्थित इच्छाकामना खानेपानी इण्डष्ट्रिजको इच्छा र ललितपुरको गोदावरीस्थित  अन्नपूर्ण स्प्रिङ एण्ड वेभरेजको वेभ ब्राण्डको पानी सेवन नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ। यसवाहेक विभागले चालु आर्थिक वर्ष ०६९/७० को श्रावण महिनामा गरेको अनुगमनको क्रममा ६ वटा क पनीको पानी गुणस्तरहिन फेला पारेको हो। त्यस्ता क पनीको पानीमा अत्याधिक मात्रामा कोलिफर्मका सुक्षम जिवाणु भेटिएकाले क पनीको उत्पादनमा सिलवन्दीसमेत गरिएको छ। 'हामीले गोठाटारस्थित श्रीकृष्ण वेभरेज र शितल जल उधोग साथै चाल्नाखेलस्थित क्रिस्टल ड्रिङ्स एण्ड वेभरेज र चण्डेश्वरी मिनरल वाटर एण्ड वेभरेजमा श्रावण २० गते सिलवन्दी गरेका छौ,Ó विभागका प्रवक्ता प्रमोद कोइरालाले भने।

 विभागले कोटेश्वर-३५ स्थित सांग्रिला स्प्रिङ र टोखास्थित अक्वा प्यासिफिक वेभरेजमा पनि श्रावण २४ गते सीलवन्दी गरेको थियो। खानेपानीको पिएच लेभल (क्षारीय स्तर) ६.५ देखि ८ स म हुनुपर्छ। यसैगरी तामा, फ लाम, नाइट्रेड, क्लोरीन, फ्लोराइड र पारोको मात्रा पनि निश्चित स्तरभन्दा बढी हुनुहुँदैन। । 'तर राजधानीमा बिक्रि हुने अधिकाँश क पनीका जार र वोतलका पानीको अवस्था विश्लेषण गर्दा उक्त मापदण्ड पालना नगरेको पाइयो,Ó प्रवक्ता कोइरालाले भने,'विभाग अझै रसायन र विषादीको अनुगमनस म पुग्न सकेको छैन। विभागको ध्यान कोलिफ र्म जस्तो हानीकारक जिवाणुमै केन्द्रित छ। अधिकाँश पानीमा देखिएका समस्या पनि यही हो।Ó कोलिफर्म मात्र नियन्त्रण गर्न सकिए ठुलो प्रगती हासिल गर्न सकिने उनले बताए।

 यसअघि अ ितयार दुरूपयोग अनुसन्धान आयोग सहितको संयुक्त  अनुगमन टोलीले जेठ र असारमा गरेको अनुगमनमा पाँच ब्राण्डको पानी खान अयोग्य ठहराएको थियो। त्यसबेला २४ वटा क पनीमा अनुगमन गरिएको थियो । विभागको तथ्यांक अनुसार गत आब ०६९/०७० मा ७१ ब्राण्डको पानीको अनुगमन गरिएकोमा ३० ब्राण्डका जार तथा बोतलका पानी खान अयोग्य पाइएको थियो। यसमध्ये २५ ब्राण्डको पानीविरूद्ध मुद्दा दायर गरिएको थियो। जेठ र असारमा कैफियत फेला परेका पानीविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु  भएको छ । यस आर्थिक बर्षमा जार र बोतलको पानीलाई अनुगमनको कडा दायरामा ल्याएको छ। विभागसँंग उपत्यकाका करिव चारसय उधोगमध्ये १ सय ९१ को मात्र सूची उपलब्ध छ।
काठमाडौं, २८ साउन , 2070

Comments