अनाथ बालबालिकाले जापानीज स्वयमसेवकस“ग खुसी साटे

  • गणेशमान लामा
    सैका आमा छैनन, कसैका बाबु । आमा बाबु कस्ता थिए धेरैले अनुहारसम्म पनि देख्न पाएनन । कसैको बाबुआमा कालगतिले मरे, त कति राज्य र माओवादीबीचको सशस्त्र द्वन्द्वमा मारिए । आफन्त हुनेलाई त सबैले हेर्छन, तर अनाथ र टुहुराले आफ्ना पीडा कस्लाई भन्ने ? राज्य र राजनीतिक दलले समेत अनाथ र टुहुरा बालबालिकाहरुलाई चासो दिन नभ्याइरहेका बेला जापानबाट आएका एक हुल युवायुवतीले अनाथ र असहाय बालबालिकाहरुस“ग खुसीमात्रै साटेनन्, उनीहरुलाई खुसी पार्न विभिन्न खेलकुद कार्यक्रम समेत गरे । 


    अनेकन बाध्यताले अनाथालयमा बस्न विवश बालबालिकाहरुका लागि शनिबार काठमाडौंको कपनमा विशेष खेलकुद कार्यक्रम गरियो । जापानबाट आएको स्वयसेवकहरुको संयोजनमा अनाथालयका बालबालिकाहरुलाई फुटबल, दौड, रिलेदेखि जापानीज सामुराई खेलसमेत खेलाइयो । कार्यक्रमस्थलमा जापानीज युवा युवतीले विभिन्न नाच समेत देखाए । 

    राजधानीका चारवटा अनाथआश्रमका ६ टिमले सहभागिता जनाएको फुटबलमा सहारा इन्टरनेशनल बुढानिलकण्ठ प्रथम, मानवीय सरोकार केन्द्र, चपली द्वितीय र नवयुवा बालसुाधर समाज भक्तपुर तृतीय भयो । अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ, नवलपरासी सान्त्वना भयो । पहिलो हुनेलाई नगद २० हजार ५ सय, द्वितीयलाई १८ हजार ५ सय, तृतीयलाई १५ हजार ५ सय रुपैंया, सान्त्वनालाई १५ हजार ५ सय पुरष्कार, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरियो । 

    नेपालका अनाथ तथा असहाय बालबालिकाहरुको क्षेत्रमा कार्यरत स्पेक जापान नामक संस्थाले खेलकुदको आयोजना गरेको हो । जसका लागि १६ जना जापानीज युवायुवतीको टोली एकमहिना अगाडिदेखि काठमाडौं आइपुगेको थियो । उनीहरुले नै एकमहिनासम्म बालबालिकाहरुलाई खेलकुदको प्रशिक्षण समेत दिएका थिए । मानवीय विपत्तिबाट अनाथ आश्रमको शरण लिन बाध्य बालबालिकाहरुलाई बर्षमा एकपटक भने पनि आश्रम बाहिर निकालेर मनोरन्जन दिलाउन यो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक गणेशमान लामाले जानकारी दिनुभयो । गतबर्षदेखि सुरु गरिएको यो कार्यक्रमले बालबालिकाहरुमा सकारात्मक प्रभाव परेको उहा“ले जानकारी दिनुभयो ।

    कार्यक्रममा भाग लिन जापानीज टोलीको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेका स्पेक जापानका युसुके योसोकावा ९थ्गकगपभ थ्यकजष्पबधब० ले अनाथ आश्रममा बसेका बालबालिकाहरुलाई समाजमा घुलमिल गराउन यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । नेपाली बालबालिकाहरुस“ग खुसी साट्न पाउ“दा आफूहरु निकै खुसी भएको उहा“ले जानकारी दिनुभयो ।
    २०७०।५।१

Comments