कुखुराजन्य बस्तुमा प्रतिवन्ध लाग्दा दैनिक सात करोडको घाटा


चितवनका मासु पूर्व पश्चिमका जिल्लामा पठाइयो


  • राजेश बर्मा
र्ड लुको संक्रमण रोक्न सरकारले जिउदो कुखुराको ओसार पसारमा लगाएको प्रतिवन्धका कारण दैनिक सात करोड मूल्य बराबरको घाटा कुखुरा व्यवसायीहरूले व्यहोर्न बाध्य भएका छन। कुखुरामा पटक पटक वर्ड लु देखा परेपछि कुखुरापालन व्यवसाय नै संकटमा परेको व्यवसायीहरू बताउँछन।


व्यवसायीहरू यो पेशा छाडेर अन्यत्र पलायन हुने क्रमसमेत सुरू भएको नेपाल कुखुरा व्यवसायी संघले जनाएको छ। बैंकबाट लाखौं रूपैयाँ ऋण काढेर सुरू गरिएको ह्याचरी उद्योगहरू पटक पटकको वर्ड लु संक्रमणका कारण घाटामा जान थालेपछि व्यवसायीहरू अहिले मारमा परेको संघका अध्यक्ष जङबहादुर बिसीले बताए। 'ठुलो लगानी गरी सञ्चालनमा रहेका ह्याचरी र पोल्टीफ ार्महरु घाटामा जानथालेपछि किसानहरू व्यवसाय छाडेर अन्यन्त्र पलायन हुने क्रम बढेको छ,Ó संघका अध्यक्ष विसीले भने। प्रतिवन्धका कारण मासुको अभावमा शुक्रबार उपत्यकाका अधिकाँश कुखुरा मासु पसल दिनभरजसो बन्द भएका थिए।

संघका अनुसार उपत्यकामा दैनिक करिब ७ करोड मूल्य बराबरको दुईलाख ५० हजार किलो कुखुरा मासुको खपत हुन्छ। प्रतिवन्धका कारण एक सातामा ४९ करोड मूल्य बराबरको घाटा व्यवसायीहरूले व्यहोर्नु पर्ने बाध्यता भएको अध्यक्ष विसीले जानकारी दिए। सबैखालका मासुमध्ये १३ प्रतिशत कुखुराको मासुले स्थान ओगटेको छ। पशु उत्पादन निर्देशनालयका निर्देशक डा. दिनेश पराजुलीका अनुसार विगत दश बर्षदेखि नेपाल कुखुरा मासुमा आत्मनिर्भर बनेको हो। बजारमा कुखुराको मासुको उपभोक्ता मुल्य प्रति किलो २ सय ८० रूपैयाँ निर्धारण गरिएको छ। 'प्रतिवन्धका कारण बाहिरी जिल्लाबाट कुखुराको मासु आउन बन्द भएको छ। जसका कारण मासुको अभाव भएर अधिकाँश पसलहरू बन्द भएका छन,Ó अध्यक्ष बिसीले अन्नपूर्ण पोष्टसँग भने।

पशु उत्पादन निर्देशनालयका अनुसार उपत्यकामा खपत हुने कुखुराको मासुमध्ये ५० प्रतिशत उपत्यकामै उत्पादन हुन्छ। करिब १७ प्रतिशतका दरले उपत्यकामा ७२ लाख मूल्य बराबरको दैनिक ३६ हजार किलो जिउँदो कुखुरा भित्रिने गरेको छ। यस्तै चितवनबाटै ६३ लाख मूल्य बराबरको ६ लाख ३० हजार गोटा अण्डा भित्रिने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव वरालले जानकारी दिए। बाँकी मासु पोखरा, वुटवल, काभ्रे र धाँदिङलगायतका जिल्लाबाट आपूर्ति हुँदै आएको छ। उपत्यकामा ओसार पसारमा प्रतिवन्ध लागेपछि चितवनमा उत्पादित कुखुरा अहिले पूर्व तथा पश्चिमका जिल्लाहरूमा पठाउने काम सुरू भएको छ। संघका अनुसार उपत्यकामा मात्रै ठुला साना ह्याचरी र पोल्टीफ ार्म गरी २० हजारभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

उपत्यकामा मात्रै एक सातामा झण्डै १७ लाख चल्ला उत्पादन हुन्छ। विक्रि बन्द गरेपछि सवै चल्ला नष्ट गर्नुपर्ने व्यवसायीहरूको भनाई छ । सरकारले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा बाहिरी जिल्लाबाट कुखुराजन्य बस्तु भित्रिन नदिन तथा तीनवटै जिल्लाबाट बाहिरी जिल्लामा लैजान नदिन विहिबारदेखि सातदिनका लागि प्रतिवन्ध लगाएको छ। कुखुरा व्यवसायी, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयको सहकार्यमा प्रतिवन्ध लगाइएको हो। बिज्ञहरूका अनुसार जलवायु परिवर्तनका असरका कारण जाडोमा मात्र भेटिने एचफाइभ एनवान नामको भाइरसले आ नो स्वरूप फेरेर गर्मीयाममा समेत फेला पर्न थालेपछि पशु स्वास्थ्य र मानव स्वास्थ्यको क्षेत्रमा चुनौती सिर्जना भएको छ। पछिल्लो समयमा छिमेकी मुलुक चीनमा एचफाइभ एननाइन नामको भाइरस फेला परेपछि विश्वभर थप जटिल समस्या उत्पन्न भएको छ।

काठमाडौं, १८ साउन , 2070

Comments