मधुश्रावणीको
कटु पीडा
हरेक जातिका
आआफ्नै परम्परा र संस्कृतिहरू हुन्छन्। तर, मानव समाजको विशेषता नै के हो भने चेतनाको विकाससँगै गलत संस्कृति र परम्पराको
ठाउँमा असल परम्पराहरू स्थापित हुन्छन्। तर, कतिपय समुदायमा अझै पनि परम्पराका नाममा युग निरपेक्ष परम्पराहरू पनि कायमै रहने
गरेका छन्। यस्तै एक परम्परा हो, दुलहीको घुँडामा आगोले
डाम्ने परम्परा।
मिथिलाञ्चलमा अझै कायमै रहेको सो परम्पराअनुसार नववधूको दुवै घुँडा र गोडामा घिउको लेप लगाइन्छ। लेप लगाइएको घिउमाथि मध्य भागमा दुलो गरिएको पानको पात ओछ्याएर बल्दै गरेको कपासको वत्तिले डाम्ने काम गरिन्छ। अनि पोलाइबाट उत्पन्न फोकालाई नै नववधूको सौभाग्यको प्रतीक मानिन्छ्। यसरी आजका सीताहरूले पनि गुर्जनु परिरहेको छ, ‘अग्निपरीक्षा’ बाट। सोही पर्वलाई थप चर्चा :
- राजेश बर्मा
हरेक जातिका
आआफ्नै परम्परा र संस्कृतिहरू हुन्छन्। तर, मानव समाजको विशेषता नै के हो भने चेतनाको विकाससँगै गलत संस्कृति र परम्पराको
ठाउँमा असल परम्पराहरू स्थापित हुन्छन्। तर, कतिपय समुदायमा अझै पनि परम्पराका नाममा युग निरपेक्ष परम्पराहरू पनि कायमै रहने
गरेका छन्। यस्तै एक परम्परा हो, दुलहीको घुँडामा आगोले
डाम्ने परम्परा।मिथिलाञ्चलमा अझै कायमै रहेको सो परम्पराअनुसार नववधूको दुवै घुँडा र गोडामा घिउको लेप लगाइन्छ। लेप लगाइएको घिउमाथि मध्य भागमा दुलो गरिएको पानको पात ओछ्याएर बल्दै गरेको कपासको वत्तिले डाम्ने काम गरिन्छ। अनि पोलाइबाट उत्पन्न फोकालाई नै नववधूको सौभाग्यको प्रतीक मानिन्छ्। यसरी आजका सीताहरूले पनि गुर्जनु परिरहेको छ, ‘अग्निपरीक्षा’ बाट। सोही पर्वलाई थप चर्चा :
‘नहुँ नहुँं धरु सखी वाती, धरकय मोर छाती।
नहुँ नहुँं पान पसारह नहुँ नहुँ दृग दुहु झापह।
मधुर मधुर उठ दाह, मधुर मधुर अवगाहे
कुमर करह विधि आजे, मधु श्रावणी भल आजे ।’
अर्थात् ‘बल्दै गरेको वत्ति विस्तारै
राख। किनभने मेरो मुटुको ढुकढुकी बढ्न थालेको छ। विस्तारै पानको पात घुँडामा राख,
विस्तारै मेरो आँखा छोप जसले गर्दा पोलेपछिको वेदना मधुरो र रोमाञ्चक होस्।’ यो प्रसिद्ध गीत मिथिलाञ्चलका कायस्थ र ब्राह्मण समुदायका नववधूसँग
मनाइने अति रोमाञ्चक र अनौठो प्रकारको ‘मधुश्रावणी’
पर्वको हो। सो पर्वमा नववधूको घुँडा र गोडामा आगोको रापले डामिन्छ,
जसलाई पतिप्रतिको प्रेम र आस्थाको परीक्षणका रूपमा लिइन्छ। कायस्थ
र ब्राह्मण समुदायमा अति नै ठूलो महœव र आनन्दोत्सवको
रूपमा मनाइने सो पर्वमा वधूको घँुडा र गोडामा डाम्दा जति ठूलो फोका आउँछ, त्यति नै श्रीमान् दीर्घायु हुने जनविश्वास छ। डाम्ने अर्थात् ‘टेमी’ प्रथा सीताको अग्निपरीक्षाको अवशेषको रूपमा
रहेको विज्ञहरूको दाबी छ। अर्काे श›दमा त्यसलाई ‘हनिमुन’ पनि भन्ने चलन रहेको
साहित्यकार रामदयाल राकेश बताउँछन्।
मिथिलाञ्चल
र मैथिल समाजसँग जोडिएका महिलामा अचम्मको सहन शक्ति छ। बच्चा पाउनेदेखि पतिको लामो आयु र सफलता तथा
दीर्घायुसम्मका लागि महिलाहरूले विभिन्न किसिमका पीडाहरू भोग्दै जीवनभर असंख्य व्रत
र पर्वहरू गर्दै आएका छन्। कहिले भोकै बसेर त कहिले रातभर जाग्राम बसेर। त्यस्तै पर्वहरूमध्ये
एक हो, मधुश्रावणी पर्व अर्थात् नववधूले घरभित्र
मनाउनेे रोमाञ्चक हनिमुन पर्व। मुख्यतया मैथिल समुदायको उपल्लो जात भनेर मानिने ब्राह्मण
र कायस्थ समुदायमा मनाइने सो पर्वको अर्काे विशेषता हो, महिला पुरोहितद्वारा नै विधिपूर्वक पूजा आजा गर्ने चलन। सो पर्वमा पुरुष पुरोहितलाई
भने पूर्णरूपमा निषेध गरिएको छ। साउन महिनाको कृष्णपक्ष नाग पञ्चमीदेखि श्रावणशुक्ल
तृतीयसम्म गरी १५ दिनसम्म सो पर्व मनाइन्छ।
मधुश्रावणी
पर्वको अन्तिम दिन कपासको वत्तिले नववधूको दुवै
घुँडा तथा गोडा डाम्ने परम्परालाई टेमीको उपाधि दिइएको छ। मधुश्रावणी परम्पराका कारण
नवविवाहित दुलहीहरू अचेल दोधारमा पर्ने गरेका छन्। ‘नववधूले विवाह गरेको पहिलो वर्षदेखि नै मधुश्रावणी पर्व मनाउनुपर्छ। पर्वको अन्तिम
दिन दिइने टेमी प्रथालाई सम्झँदा पनि उनीहरूको शरीर डर र त्रासले काम्ने गर्छ।’,
साहित्यकार डा. राकेश भन्छन्। अर्का साहित्यकार डा. रेवतीरमण
लालका अनुसार पर्वको नाउँ सुन्न नपाउँदै नववधूहरूको शरीरमा एक प्रकारको मनौवैज्ञानिक
डर उत्पन्न हुन्छ। ‘समाज एक्काईसौं शता›दीमा प्रवेश गरिसकेको छ। तर पनि वधूको दीर्घ सौभाग्य र पतिप्रतिको
प्रेम र आस्थाको नाममा डाम्ने पुरानो रुढिवादी परम्परा जीवितै छ।’, उनी भन्छन्।
मूलत: सो पर्व अवधिभर शिव पार्वतीको विवाह तथा दाम्पत्य जीवन,
तपस्या, नागविषहरा,
श्रवणकुमारको कथा, शिवलीलाको लोकगाथा
श्रवण गर्ने गरिन्छ। साथै दस विभिन्न देवीदेवताको पूजापाठ र दन्त्यकथामा आधारित विभिन्न
प्रकारका विधिहरू प्रयोग गर्ने चलन छ। पतिप्रति आफ्नो आस्था अगाध रहेको भन्दै नववधूहरू
आफैं टेमी प्रथाका लागि तयार रहने गरेको पनि देखिन्छ। साहित्यकार डा. लालका अनुसार
कतिपय अवस्थामा उच्च घराना र आधुनिक परिवेशका नववधूहरू यो पर्वलाई अभिन्न पर्वको रूपमा
मनाउने गरेका छन्। भगवान् श्रीरामसँग विवाह गर्नुअघि सीता आफ्ना साथीसंगीहरूसँग फूल
संकलन (लोरह) गर्न फूलबारी गएको मधुर दृश्यलाई सम्झँदै नववधूले विभिन्न बगैंचाबाट फूल
टिपेर ल्याउने र सोही फूलबाट सो पर्व मनाउने गरेको परम्परा छ। टेमी दिने परम्परा तथा
मधुश्रावणी पर्व कहिलेदेखि प्राम्भ भयो त? त्यसको कुनै
ठोस प्रमाण भेटिएको छैन। तर, पनि सो पर्व आर्य समाजको
आगमनभन्दा पूर्वदेखि नै चल्दै आइरहेको कायस्थ समुदायका एक वृद्धा लक्ष्मीदेवीको कथन
छ।
टेमी दिने समयमा
अनुभूति हुने पीडाको पूर्व अनुमानसँगै एक्काईसौं शता›दीका नवदुलहीहरू दोधारमा पर्ने गरेका छन्। पर्वको अन्तिम दिनमा टेमी दिने समय श्रीमान्ले
पानको पातले नववधूको दुवै आँखा छोपी महिला पण्डितले वधूको घँुडा र गोडामा घिउ राखी
बलेको कपासको बœाीले डाम्ने गर्छन्। टेमी दिइसकेपछि दाग नहोस्
र फोका नउठोस् भनी अचेल डाँमेको स्थानमा शीतलताका लागि चन्दनको लेप लगाउने चलन सुरु भएको छ। ‘महिला पुरोहित (विधकरी) ले आँखा छोपेर घुँडा र गोडा डाम्दा म डर र त्रासले धेरै
आœिाएकी थिएँ।’ पहिलो पटक टेमीको
पीडा भोगेकी सुलेखा कर्ण सम्झिन्छिन्, ‘आगोले डाम्दा
धेरै रोएँ, कराएँ। एकछिन् त बेहोसजस्तै भएँ। म छटपटाउँदा
मेरो अगाडिका सबै पूजाको सामग्री पनि यताउता छरपष्ट पोखियो।’
शारीरिक पीडा
भोगे पनि सुलेखा सो पर्वलाई रोचक संस्कृतिको रूपमा विश्लेषण गर्छिन्। उनी भन्छिन्,
‘एकछिनको पीडाका लागि आफ्नो संस्कृति र धरोहरलाई कसरी बिर्सनु
?’ उनका अनुसार मैथिल समाजको अति प्रसिद्ध चाडलाई सामान्य शारीरिक
पीडाको नाउँमा बिर्सनु हुँदैन। ‘आधुनिक युग आउँदैमा
आफ्नो संस्कृतिलाई बिर्सनु किञ्चित राम्रो होइन,’ उनी भन्छिन्, ‘पहिलेका महिला पनि त महिला नै थिए। उनीहरूले
जव यस प्रथालाई विरोध गरेेनन् भने नयाँ पुस्ताका हामीले किन विरोध गर्नु?’
मधुश्रावणी
पर्वको टेमीरहित परम्परालाई परिस्कृत गर्दा के होला? भन्ने प्रश्नको जवाफमा मैथिली साहित्यकार लक्ष्मण झा भन्छन्, ‘मानवीय आधारमा पतिप्रतिको प्रेम परीक्षण गर्ने एकमात्र तरिका
भएकोले त्यस्ता पर्वलाई परिस्कृत गरिए लोप हुने खतरा रहन्छ।’ वृद्ध लक्ष्मीदेवीका अनुसार २५ वर्ष पूर्वको टेमी दिने प्रथा
र १० वर्ष यताको प्रथामा धेरै भिन्नता आइसकेको छ। उनी आफ्नो समयको टेमी प्रथाप्रति
गर्व गर्छिन्। रुढिवादी परम्पराको अवशेषको रूपमा रहेको सो पर्वप्रति सहरी क्षेत्रका
युवायुवतीको विश्वास भने कमै देखिन्छ।
त्यसैले होला ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका नवदुलहीहरूले शीतल टेमीको पक्षमा वकालत गर्दै आएका छन्। सहरी क्षेत्रका महिलाहरू परिस्कृत आधुनिक समाजसँगसँगै परम्परालाई पनि परिवर्तन गर्दै लैजानुपर्ने वकालत गरिरहेका छन्। नवपुस्ताका लागि सो पर्व निक्कै चुनौतीपूर्ण रहेको उनीहरूको बुझाइ छ। अग्निरहित टेमीको स्थानमा शीतलता दिने परम्परा र महिनाभरिको साटो एकै दिनमा पूरा हुनेगरी परिस्कृत गर्नुपर्ने संस्कृतिविज्ञको सुझाव छ। टेमी प्रथालाई साहित्यकार डा. राकेश पनि तर्कसंगत मान्दैनन्। बलेको दियोले एउटा नवयुवतीलाई पोल्ने प्रथा उपयुक्त नभएको उनको ठहर छ। ‘समय साक्षेप त्यसलाई परिस्कृत गर्दै लैजानु राम्रो हुन्छ,’ उनी भन्छन्।
त्यसैले होला ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका नवदुलहीहरूले शीतल टेमीको पक्षमा वकालत गर्दै आएका छन्। सहरी क्षेत्रका महिलाहरू परिस्कृत आधुनिक समाजसँगसँगै परम्परालाई पनि परिवर्तन गर्दै लैजानुपर्ने वकालत गरिरहेका छन्। नवपुस्ताका लागि सो पर्व निक्कै चुनौतीपूर्ण रहेको उनीहरूको बुझाइ छ। अग्निरहित टेमीको स्थानमा शीतलता दिने परम्परा र महिनाभरिको साटो एकै दिनमा पूरा हुनेगरी परिस्कृत गर्नुपर्ने संस्कृतिविज्ञको सुझाव छ। टेमी प्रथालाई साहित्यकार डा. राकेश पनि तर्कसंगत मान्दैनन्। बलेको दियोले एउटा नवयुवतीलाई पोल्ने प्रथा उपयुक्त नभएको उनको ठहर छ। ‘समय साक्षेप त्यसलाई परिस्कृत गर्दै लैजानु राम्रो हुन्छ,’ उनी भन्छन्।
यसरी मनाइन्छ
पर्व
पर्वको आरम्भ
साउनको नागपञ्चमीदेखि सुरु हुन्छ। त्यस दिन
सूर्य देउताको आमा मनषा देवीको जन्म दिन भएकोले पहिलो पूजा उनकै हुन्छ। माटोको सानो
गाग्रो (डावा) माथि माटो वा गोबरले पाँचवटा सर्पको प्रतिमा बनाइन्छ। सर्पको मुखमा दूबो राखिन्छ। यस पर्वमा पनि अन्य
पर्वजस्तै अरिपन (चामलको पातलो लेदोले तयार गरिएको विशिष्ट कलाकृति) को आफ्नै महœव हुन्छ। अरिपनको सहयोगमा पूजा हुने कोठाको सबै कुनामा विभिन्न
देवीदेउताको आकृति बनाइन्छ। अहिविलत पातिल भनिने कलाकृति गाग्रोमा अंकित गरिन्छ। त्यसै
गाग्रोमा निरन्तर १५ दिनसम्म दियो बालिन्छ। शिव पार्वतीको पूजनका लागि नववधूको ससुराली
र माइतीपक्षबाट माटोको गौरी र शिवलिंग तयार गरिन्छ। यो पर्व नववधूको माइतीमा गर्ने
चलन छ। पूजामा बस्ने नववधू दुलहीझै रंगीचंगी पहिरन, गरगहना र सोरह शंृगार गरेर तयार भएकी हुन्छिन्। पूजा अवधिभर भोकै बस्नुपर्ने चलन
छ।
पर्वको अर्काे
विशेषता पनि रोचक नै छ। पर्व अवधिभर श्रीमान् ससुरालीमै बस्ने चलन छ। नववधूले १५ दिनसम्म
श्रीमान्को घरबाट आएको खाद्यपदार्थ सेवन गर्नु अर्काे रोचक पक्ष हो। पूजा अवधिभर भोजन,
आवास र आचार व्यवहारलाई पवित्र राख्ने प्रयत्न गरिन्छ। श्रीमान्को
घरबाट आएको खाद्यपदार्थ, मिठाई, फलफूल, पूजन सामग्री,
बाँसको चोयाबाट निर्मित विभिन्न किसिमका भाडावर्तन प्रयोगमा
ल्याइन्छ। हरेक दिन पूजा गर्नुअघि साँझमा नववधू आफ्ना युवती साथीहरूसँग नजिकको बगैंचाबाट
फूल संकलन (लोरह) गर्छिन्। भगवान् रामसँग विवाह गर्नुअघि देवी सीताले जसरी साथीहरूसँग
ठट्टा गर्दै बगैंचाबाट फूल संकलन गरेकी थिइन् त्यसै प्रकारले नववधू आफ्ना साथीहरूसँग
ठट्टा गर्दै हरेक दिन साँझमा वरिपरिको क्षेत्रबाट फरूल संकलन (लोरह) गर्छिन्।
Comments
Post a Comment