पुरुष हत्याको चर्चा खै ?

  • शत्रुधन कुमार शाह
महिलामाथि हुने विभिन्न किसिमको शारिरीक, मानसिक तथा यौनजन्य हिंसाले देशभरि नै व्यापकता पाएको छ । देशका प्रमुख पत्र पत्रिका तथा रेडियो र टेलिभिजनहरुमा पनि अलग बिषयवस्तु बनेको छ । महिला हिंसालाई देशमा क्रियाशील सैयोँ गैरसरकारी संघसंस्थाहरुले मागि खाने भाँडो बनाएका छन । महिला हिंसा न्युनीकरण गर्नका लागि सरकारी तथा विभिन्न बिदेशी निकायहरुले बर्षेनी अरबौ रुपैया खर्च गरिरहेका छन । तर पनि देशमा महिलामाथि हुने हिंसा न्युनकिरण हुनुको साटो दिनानुदिन बढिरहेको छ ।

महिला हिंसाको संगै महिलाद्धारा नै पुरुषमाथि पनि विभिन्न किसिमका हिंसाहरु बढेको छ । हिंसाको प्रकृति ज्यादै जघन्य छ  । जीवनभर संगै जीउने बाँच्ने कशम खाएकी महिलाले आपनै प्राण प्रिय र जसकाृ लागि विभिन्न ब्रत र उपवास बसेका हुन्छन त्यही पतिलाई भाडाका अपराधी प्रयोग गरि हत्या गराएको घटनाहरु हुन थालेको छ ।

संबिधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदबारका रुपमा सप्तरीवाट उम्मेदबारी दिएर विजयी भएका पुर्ब सभासद सदरुल मियाँको हत्या आपनै स्वास्नीले गराएकाको कुरा अनुसन्धानवाट प्रमाणित भयो । छोरीले आफुले मन पराएको युवकसंग विहे गर्ने बताएपछि पछि आमाको सहमती भएको तर बुबा सहमत नभएपछि भाडाका अपराधी प्रयोग गरी उनको हत्या गरियो । आफुले रोजेको युवक÷युवतीसंग विहे गर्न पाउने सवैको स्वतन्त्रता छ तर आपनो प्रस्तावमा सहमती नजनाएपछि  कसैको हत्या नै गर्नु भनेको जघन्य अपराध हो । यो घटनाको महिना दिन नबित्दै सिराहाको ब्यापारिक नगरी मिर्चैयामा कपडा पसल सञ्चालन गर्दै आएका ब्यापारी गुरुशरण साहको हत्या पनि उनको आपनै कान्छी श्रीमतीले भाडाकै अपराधी प्रयोग गरी गराएको तथ्य सार्वजानिक भयो । कान्छी श्रीमती चन्दरदेवीको अनैतिक सम्बन्ध माडर घर भएका मृतक गुरुशरणका ब्यापारिक साझेदार सतदेव यादवसंग रहेको र सो सम्बन्धमा गुरुशरणले थाहा पाइसकेपछि उनको हत्या गराएको आरोपितले स्वीकारिन ।  

सदरुद मियाँ र गुरुशरण साहको घटना  पुरुष हत्याका प्रतिनिधि पात्र मात्र हुन । दबैको घटना पारिवारिक कलहसंग जोडिएको देखिन्छ । महिलाद्धारा पुरुषमाथि हुने हिंसा यतिमा मात्र सीमित छैन । यिनीहरुको हत्या बैदेशिक रोजगारीसंग जोडिएको छैन तर यही धरातलीय स्वरुपबाट पाठ सिकेर दुबै घटना भएको देखिन्छ । मधेशमा  बैदेशिक रोजगारीको कारण दिनानुदिन यस्ता घटनाहरु बढिरहेका छन ।

यहाँका प्रायः युवाहरु बेदेशिक रोजगारी गएका छन । उनीहरु बिहे अरुकै निम्ति गरेर जान्छन भन्दा फरक पर्दैन । उनीहरु बिहे गर्छन तर घरमा बर्षदिन पनि बस्न पाउँदैन । यौवननवस्थालाई लात हान्दै बिदेसिएपछि मनलाई कति दिनसम्म बाँधेर राखुन बिचरी तन्नेरीहरु । श्रीमान बिदेसिएपछि  श्रीमतीको सम्बन्ध नातेदार वा छिमेककै अरु युवकहरुसंग बढेर जान्छन । उनीहरुबीच शारीरिक सम्बन्ध पनि हुन थाल्छ । श्रीमान स्वदेश फर्किएपछि श्रीमतीको माया उनी प्रति मरिसकेको हुन्छन । श्रीमतीको व्यवहार पुरै परिवर्तन भईुकेको हुन्छन । जसले गर्दा उनीहरुवीच माया , प्रेमको बदला कलहले डेरा जमाइसकेको हुन्छन । उनीहरु श्रीमतीको चरित्र बारेमा समाजमा नानाथरीका कुरा सुन्छन र एकअर्कोप्रति बदलाको भावना पैदा हुन्छन  जुन सम्बन्ध बिच्छेद , आत्महत्या र बिष सेवनमा  गएर  मात्र टुगिदैन कहिलेकाहँी भाडाका अपराधी पनि प्रयोग गर्नुपर्ने अवस्थामा पनि जान्छन । यसरी महिलाले आत्महत्या गरेपछि महिला हत्याको कुरालाई जोडेर धेरै नै चर्चा हुन्छन तर पुरुषले आत्महत्या वा हत्या भएपछि गरेपछि त्यसको कहीँकतै चर्चा हुदैन वा भनौँ गुपचुप राखिन्छ ।

अहिले पुरुषहरु महिलाबाट अनेक किसिमको मानसिक , शारिरीक र यौनजन्य हिंसा भोगेर बसिरहेका हुन्छन । उनीहरु आफुमाथि हुने हिंसा हतपत बाहिर ल्याउँदैन । यसका  पछि सामाजिक प्रतिष्ठा , लोकलाज जस्ता आफनै कारणहरु जिम्मेबार रहेका छन । त्यही भएर त्यस्ता हिंसा पीडित पुरुषहरु समाजमा धेरै छन जो आफनो स्वास्नीको माया पाउन दिनरात हिंसा सहेर बसिरहेका छन । उनीहरु आपसमै समस्या समाधानको लागि पहल त गरिरहेको हुन्छन तर समाधानको बदला उनीहरु दिनानुदिन हिंसाको चपेटमा पर्दै गईरहेको छ स्वास्नीको माया पाउनका निमित । 

महिला हिंसा बाहिर ल्याउनका लागि अहिले देशमा सैयोँ सरकारी गैरसरकारी संस्थाहरु क्रियाशिल रहेका छन । घटना हुने बितिकै उनीहरु चर्चा कमाउनका लागि र सहयोग जुटाउनका निम्ति प्रशासन र अन्य निकायसम्म पुग्छन तर महिलाद्धारा पुरुषमाथि जतिसुकै जघन्य अपराध वा हिंसा भए पनि आज सम्म पुरुषमाथि महिलाद्धारा भएका हिंसा सम्बन्धमा कतै कुनै बिरोध वा नाराजुलुश भएको सुनिएको छैन । यसको कारण छ महिला प्रतिको कामवासना जसको निम्ति पुरुष जे पनि गर्न तयार हुन्छन भने अर्को तिरको समाजिक लोक लाज ।

महिलाद्धारा पुरुषमाथि हुने हिंसाको कारण कति पुरुषले आत्महत्या गरे वा कतिको हत्या भयो भने कही कुनै यकिन तथ्यांक छैन । तथ्यांक राख्ने कुरा परै जाओस पुरुष माथि हुने हिंसाको कुनै ठाउँमा समान्य चर्चा पनि भएको छैन । महिलाद्धारा पुरुषमाथि हुने हिंसाको समबन्धमा कानुन पनि मौन रहेको छ । 

लेखक ः खोज पत्रकारिता केन्द्रसंग आवद्ध पत्रकार हुन ।

Comments