वर्ड लु नियन्त्रण गर्न उच्च स्तरिय बिज्ञ कार्यदल गठन

बर्ड लुस बन्धमा कृषि र स्वास्थ्यको संयुक्त बैठक

  • राजेश बर्मा

यावह रूपमा फैलिदैं गएको वर्ड लुको संक्रमणको अध्ययन र रोकथाम गर्न सरकारले उच्चस्तरीय बिज्ञ कार्यदल गठन गरेको छ। मंगलबार कृषि विकास मन्त्रालय तथा स्वास्थ्य तथा जनसं या मन्त्रालयको संयुक्त रूपमा बसेको बैठकले यस्तो कार्यदल गठन गर्ने निर्णय गरेको छ।



कृषिमन्त्रालयका सचिब जयमुकुन्द खनाल, स्वास्थ्य मन्त्रालयका सचिब डा. प्रविण मिश्रसहित गृहमन्त्रालय, पशु सेवा विभाग, जनस्वास्थ्य सेवा विभाग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी रहेको उक्त बैठकले वर्ड लु नियन्त्रणमा ल्याउन आठबुंदे निर्णय पनि गरेको छ। कृषि मन्त्रालयका सचिब खनालका अनुसार समग्र बर्डफ्लुको अबस्थाबारे अध्ययन गरेर रोकथामको उपायबारे रायसहितको प्रतिवेदन बुझाउन उच्चस्तरिय कार्यदल गठन गरिएको हो।





नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष धर्मराज रतालाको संयोजकत्वमा नौं सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई १५ दिनभित्रमा रायसहितको प्रतिवेदन बुझाउन अवधी दिइएको सचिब खनालले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। 'वर्ड लु भयावह रूपमा फैलिदैं गएकाले यसबारेमा गहन अध्ययन गरेर रोकथामका उपायहरू के के हुनसक्छ भनेर स्थलगत बस्तुस्थितिको बारेमा बुझन उच्चस्तरीय कार्यदल गठन गरिएको हो,Ó सचिब खनालले भने,'कार्यदलले दिएको सुझावलाई हामी कार्यान्वयनमा ल्याएर रोकथामका लागि थप आवश्यक कदम चाल्नेछौं।Ó



कृषि मन्त्रालयका अनुसार कार्यदलमा नेपाल पशु चिकित्सक परिषदका अध्यक्ष, नेपाल कृषि अनुसन्धान परिषदका डा. भोजराज जोशी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डा. होमबहादुर बस्नेत, नेपाल पशु चिकित्सक परिषदका पूर्व अध्यक्ष डा. शुभनारायण मेहता, स्वास्थ्य सेवा विभागका डा. जीतेन्द्रमान श्रेष्ठ, जुनोसिस नियन्त्रण आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर डा. इन्द्रकान्त झा तथा नीजि क्षेत्रका बिज्ञ डा.पूर्णिमा मानन्धर र डा. कर्णवहादुर बोहोरालाई सदस्यमा छनौट गरिएको छ। कार्यदलको सदस्य सचिबमा भने भेटेरिनरी इपिडिमियोलोजी सेन्टरका डा. किसन ठकुरीलाई चयन गरिएको छ। 'कार्यदललाई काम गर्न आवश्यक पर्ने आर्थिक श्रोत जुनोसिस नियन्त्रण आयोजनाबाट व्यहोरिने छ,Ó कृषि सचिब खनालले बताए।





बैठकले उपत्यकास्थित स पूर्ण नगरपालिकाहरूले पशु चिकित्सकको सहयोग लिएर कुखुराको मासु पसल र शित भण्डार(कोल्ड स्टोर) अनुगमन गर्ने निर्णय गरेको छ। यसैगरी जिल्ला पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरूले संयुक्त रूपमा वर्ड लु क्षेत्रको कडा निगरानी गर्ने, वर्ड लु नियन्त्रण गर्न उपत्यकाका सबै नगरपालिका तथा स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले रोग नियन्त्रण कार्यलाई अझ बढी संवेदनशिल भएर जिल्ला पशु सेवा कार्यालयलाई सघाउनुपर्ने, स्थानीय नगरपालिकाले स्थानीय प्रशासन र पशु सेवा कार्यालयसँग समन्वय गरेर मरेका कुखुराहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ।



त्यस्तै सर्वसाधारणमा जनचेतना अभिबृद्धि गर्नका लागि नगरपालिकाले सञ्चालन गरेका एफएम रेडियो, समाचारप्रधान अनलाईनले वर्ड लुको बारेमा प्रचारप्रसार गर्ने, कृषि विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले श्रव्य दृश्य उत्पादन गरेर सर्वसाधारणलाई सचेत बनाउने, बिज्ञहरूको अन्तरवार्ता लिएर प्रचार प्रसार गर्ने, रोगग्रस्त र मारिएका कुखुराहरूको व्यवस्थापनको लागि सबै निकायमा रहेका श्रोत साधन(हेभी इक्युपमेण्ट) उपलब्ध गराउने र पशु स्वास्थ्यकर्मीले उपत्यकाको सबै कुखुरा फर्म नियमित रूपमा अनुगमन गर्नेजस्ता निर्णय बैठकले गरेको छ।

काठमाडौं, २२ साउन , 2070

Comments