करिब साढे ४६ करोडको कुखुरा नष्ट

करिब ५० करोडको नष्ट

  • राजेश बर्मा

र्ड लुका कारण पछिल्लो समयमा करिब साढे छयालीस करोड मूल्यबरावरको मुलुकभरका करिब साढे बाह्रलाख कुखुरा नष्ट गरिएका छन। भक्तपुर वाहेक उपत्यकाका दुई जिल्ला र मुलुकभरका अन्य जिल्ला गरेर साउन दुईदेखि भदौं ३ गतेस म २२ करोड ४५ लाख ९१ हजार ५ सय मूल्य बराबरको ८ लाख ९२ हजार २ सय ४४ वटा कुखुरा मारिएका छन। सोही अवधीमा भक्तपुर जिल्लामा १२ करोड ७८ लाख ६६ हजार ७ सय ५० रूपैयाँबराबरको ३ लाख ४० हजार ९ सय ७८ वटा कुखुरा नष्ट गरिएको छ। कृषि विकास मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याँक अनुसार किसानले बिक्रि गर्ने मूल्यको आधारमा ४६ करोड २४ लाख ५८ हजार दुईसय ५० रूपैयाँ बराबरको मुलुकभर कुखुरा नष्ट गरिएको हो। 

:यापिड रेस्पोन्स टिमले नष्ट गर्ने क्रममा प्यारेन्ट्स कुखुरा(लेयर्स र ब्रोइलर जातिका माउ) को बारेमा यकिन तथ्याँक संकलन नगरेकाले यसको क्षतिको विवरण भने आउन बाँकी छ। मन्त्रालयका प्रवक्ता डा.प्रभाकर पाठकका अनुसार यसअवधिमा भक्तपुरवाहेक उपत्यकाका दुईजिल्ला र अन्य जिल्ला गरेर ७९ हजार ५ सय १२ वटा चल्ला नष्ट गरिएको छ। टिमले ४७ लाख ७० हजार ७ सय २० रूपैयाँ बराबरको चल्ला नष्ट गरेको भक्तपुरमा भने १ करोड ४० हजार ८ हजार ८० मूल्यबराबरको १ लाख ७३ हजार ४ सय ६८ थान चल्ला मारिएका छन।

यसैगरी भक्तपुर वाहेक उपत्यकाका दुई जिल्ला र अन्य गरेर ८६ लाख ४३ हजार  ७ सय ३५ रूपैयाँ बराबरको १० लाख १६ हजार ९ सय १० गोटा अण्डा नष्ट गरिएको छ। भक्तपुरमा ३३ लाख ७ हजार ६ सय ८ रूपैयाँ बराबरको अण्डा नष्ट गरिएको वर्ड लु रोग नियन्त्रण अभियानका प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले जानकारी दिए। यसैगरी ३६ लाख ३७ हजार ५ सय ५० रूपैयाँ बराबरको भक्तपुर वाहेकका स्थानमा ७२ हजार ७ सय ५१ किलो दाना पनि :यापिड रेस्पोन्स टिमले नष्ट गरेको छ। भक्तपुरमा भने १३ लाख ६४ हजार १ सय ५० मोल बराबरको २७ हजार २ सय ८३ किलो दाना नष्ट भएको छ।

बर्ड लु नियन्त्रण गर्ने क्रममा सरकारले मासुको औषत मूल्य २ सय ६० रूपैयाँका दरले ९ हजार ६ सय २० रूपैयाँबराबरको ३७ किलो तयारी मासुसमेत नष्ट गरेको छ।  नेपाल कुखुरा व्यवसायी मञ्चका अधिकृत शिव वरालका अनुसार किसानले प्रति किलो जिउँदो ब्रोइलर कुखुरा १ सय ५० रूपैयाँमा बिक्रि गरेका थिए। एउटा कुखुरा अढाई किलोको हुन्छ। किसानले प्रति गोटा अण्डा साढे आठ रूपैयाँमा बिक्रि गर्दैआएका छन। यसैगरी दानाको औषत बजार मूल्य ५० रूपैयाँ प्रति किलो छ। यस्तै चल्लाको औषत मूल्य ६० रूपैयाँ निर्धारण गरिएको थियो।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द बिष्टले सरकारले कुखुरा, अण्डा तथा दाना नष्टको बास्तबिक तथ्याँक लुकाएको आरोप लगाए। उनले नष्ट भएका परिमाणमा झण्डै ७५ प्रतिशत घटाएर सरकारले तथ्याँक सार्वजनिक गरेको दाबी गरे। 'सरकारले मारिएका कुखुरा र नष्ट गरिएका अण्डा तथा दानाको बास्तबिक तथ्याँक सार्वजनिक गर्दैन,Ó अध्यक्ष बिष्टले भने,'बास्तविक तथ्याँक सार्वजनिक गर्द सोहीअनुसार सरोकारवाला निकायलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएकाले थोरै परिमाणको तथ्याँक मात्र सार्वजनिक गरिएको हो।Ó पछिल्लो समयमा कुखुरा र त्यसको मासुमा आत्मनिर्भर भएको कुखुरा व्यवसाय फेरी पहिलेकै अवस्थामा फर्कन झण्डै तीन बर्ष लाग्ने उनले जानकारी दिए। 'कुखुरा व्यवसाय खत्तम भइसक्यो,Ó उनले भने,'यो व्यवसाय पुन: स्थापना हुन तीन बर्ष लाग्छ।Ó



बिज्ञ टोली नेपाल भित्रिए
वर्ड लु नियन्त्रणस बन्धमा नेपालको अवस्था अध्ययन गर्न थाइल्याण्डमा रहेको विश्व खाद्य संगठन(एफएओ)को क्षेत्रीय कार्यालयबाट पाँचसदस्यीय बिज्ञ टोली नेपाल आइपुगेको छ। एफएओका वर्ड लु बिज्ञ डेविडको नेतृत्वमा उक्त टोली शुक्रबार नेपाल आइपुगेको हो। पशु सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाका अनुसार टोलीले वर्ड लु संक्रमणको अवस्था, याक्सिन कसरी लगाउने, याक्सिन छनौट र खरिद गर्नका लागि कुन कुन निकायले सहयोग गर्नेलगायतका बिषयमा छलफल गर्न सुरू गरेको छ। 'गहन रूपमा छलफल भइरहेको छ,Ó उनले भने,' सबै बिषयमा टुँगो लागेपछि याक्सिनेसनको काम सुरू गर्छौ।Ó

(औषध मूल्यको आधारमा क्षतिको विवरण)
बस्तु                      किसान मूल्य                             नष्ट गरिएको परिमाण
जिउँदो कुखुरा :        १५० रूपैयाँ प्रति किलो                 १२, ३३, २२२ वटा
चल्ला :                  ६० रूपैयाँ प्रति गोटा                    २,५२, ९८० वटा
अण्डा :                  ८.५० रूपैयाँ प्रति गोटा                 १४, ३०, ३६१ गोटा
दाना :                   ५० रूपैयाँ प्रति किलो                    १, ०००३४ किलो
काठमाडौं, ४ भदौं, 2070

Comments