- राजेश बर्मा
नेपाली भाषामा एउटा उखान खुबै चर्चित छ ‘कहाँ जालास् मछली मेरै ढडिया’ अर्थात मेरो नियन्त्रणबाट कहाँ जान्छस त् माछा ! शाकाहारी वाहेक माछालाई नरुचाउने कोही छैनन। स्वादिलो माछाको कुरा आउँदा जोसुकैको पनि मुख रसाउछ। झन जाडो याममा माछाको स्वाद भने वेग्लै हुन्छ। माछाको गुण र स्वाद बुझ्नेले जाडो याममै खानाको रुपमा बढी प्रयोग गर्छन। चाहे त्यो कोशीको माछा होस वा महाकालीको। त्रिशुली होस वा मलेखुको। सम्पन्न संभ्रान्त परिबारका माछा पारखीले माछाको स्वाद लिन यस्ता स्थानहरु पक्कै पुग्ने गरेका छन।
भगौलिक रुपमा पनि नेपालमा वेग्ला वेग्लै स्वादमा थरिथरिका माछा पाइन्छ। सुरुमा तराईको सप्तरी, मोरंग, जनकपुर, सिराहामा मात्र व्यवसायिक रुपमा उत्पादन गरिने माछाको व्यवसायिक रुपमा अहिले हिमाली र पहाडी क्षेत्रमा पनि फैलिदैं गएको छ। तराई हुँदै अहिले माछाको उत्पादन पहाडी जिल्ला नुवाकोटको जितपुर फेदी, त्रिशुलीको जिरे, ठाँडी, धादिङ, मकवानपुर, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा फैलिदैं गएको छ। यति मात्रै कहाँ हो र पोखराका बिभिन्न ताल तलैया, बिद्युत उत्पादन स्थलमा पनि व्यवसायिक रुपमा गरिएका माछा पालनबाट किसानहरुले राम्रै आर्थिकोपार्जन गरेका छन। राम्रो लगानी हुन सके यो क्षेत्रले नेपालको अर्थतन्त्रमा राम्रै प्रतिफल र योगदान दिन सक्ने माछा बिज्ञहरुको भनाई छ।
माछाको इतिहास महाभारत र रामायणकालिन भएपनि नेपालमा भने ७० बर्षअघि देखि यसको सुरुआत भएको मत्सय अनुसन्धान महाशाखा गोदावरीका माछाबिज्ञ डा. टेकबहादुर गुरुङ बताउँछन। नेपालमा माछाको उत्पादन खासगरी दुई प्रकारले हुँदै आएको छ। पहिलो पोखरी, तलाउ र सिमेन्टको रेसवेमा व्यवसायिक रुपमा । अर्काे प्राकृतिक रुपमा रहेका नदिनाला, खोल्सा, धानखेतलगायतका स्थानमा। पेशाकै दृष्टिकोणले हेर्दा पनि पौराणिक कालदेखि माछा पालनका लागि माझि र मलाह भन्ने जात छुट्टयाइएको छ भने त्यसवाहेक पछाडी पारिएका महिला, दलित, थारु र कमैया र फिरन्तेहरु को वैकल्पिक पेशाको रुपमा अंगालेर आफ्नो जिविका चलाउदै आएका छन ।
नेपालमा खासगरी रौह, जलकपुर, भकुरा, नैनी, छही, बुआरी, सिंघी, ट्राउट, असला, कत्लेजातका माछाहरु उत्पादन हुँदै आएको छ। त्यसो त माछालाई सुकाएर तयार गरिने सिकुटी पनि कम लोकप्रिय छैन। डा. गुरुङका अनुसार पछिल्लो समयमा करिब २ लाख महिला प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा माछा मार्ने र पालन गर्ने पेशामा संलग्न छन। आर्थिक रुपान्तरण गर्न ठूलै टेवा पु:याएको माछा व्यवसायप्रति भने सरकारले उचित सम्बोधन र लगानी लगाउन नसकेको उनको तर्क छ।
नाको रुपमा बढी प्रयोग गर्छन। चाहे त्यो कोशीको माछा होस वा महाकालीको। त्रिशुली होस वा मलेखुको। सम्पन्न संभ्रान्त परिबारका माछा पारखीले माछाको स्वाद लिन यस्ता स्थानहरु पक्कै पुग्ने गरेका छन। माछाको इतिहास महाभारत र रामायणकालिन भएपनि नेपालमा भने ७० बर्षअघि देखि यसको सुरुआत भएको मत्सय अनुसन्धान महाशाखा गोदावरीका माछाबिज्ञ डा. टेकबहादुर गुरुङ बताउँछन। नेपालमा माछाको उत्पादन खासगरी दुई प्रकारले हुँदै आएको छ। पहिलो पोखरी, तलाउ र सिमेन्टको रेसवेमा व्यवसायिक रुपमा । अर्काे प्राकृतिक रुपमा रहेका नदिनाला, खोल्सा, धानखेतलगायतका स्थानमा। पेशाकै दृष्टिकोणले हेर्दा पनि पौराणिक कालदेखि माछा पालनका लागि माझि र मलाह भन्ने जात छुट्टयाइएको छ भने त्यसवाहेक पछाडी पारिएका महिला, दलित, थारु र कमैया र फिरन्तेहरु को वैकल्पिक पेशाको रुपमा अंगालेर आफ्नो जिविका चलाउदै आएका छन ।
नेपालमा खासगरी रौह, जलकपुर, भकुरा, नैनी, छही, बुआरी, सिंघी, ट्राउट, असला, कत्लेजातका माछाहरु उत्पादन हुँदै आएको छ। त्यसो त माछालाई सुकाएर तयार गरिने सिकुटी पनि कम लोकप्रिय छैन। डा. गुरुङका अनुसार पछिल्लो समयमा करिब २ लाख महिला प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा माछा मार्ने र पालन गर्ने पेशामा संलग्न छन। आर्थिक रुपान्तरण गर्न ठूलै टेवा पु:याएको माछा व्यवसायप्रति भने सरकारले उचित सम्बोधन र लगानी लगाउन नसकेको उनको तर्क छ।
माछाको अर्थतन्त्र
कृषि तथा सहकारी मन्त्रालयका अनुसार सन २००९/२०१० मा ६ हजार ९ सय हेक्टर क्षेत्रफलमा फैलिएको २४ हजार ४ सय १८ पोखरीबाट विभिन्न जातका व्यवसायिक रुपमा २४ हजार ८ सय ६९ मेट्रिक टन माछा उत्पादन भएको थियो। सन १९९०/१९९१ मा १७ हजार ६ सय १७ पोखरीबाट ८ हजार ७ सय १३ मेट्रिक टन माछाको उत्पादन भएको थियो। यस वाहेक किसानहरुले २ हजार हेक्टरको धापबाट २ हजार ६ सय मेट्रिक टन, सय हेक्टर धानखेतबाट ४५ मेट्रिक टन, ८० हजार हेक्टर क्षेत्रफल भएको ताल तलैयामा जालि लगाएर ४ सय ८० मेट्रिक टन र पाँचहजार हेक्टरमा फैलिएको सिमेन्टको रेसवेमार्फत सय मेट्रिक टन ट्राउट माछा उत्पादन गर्दै आएका छन ।
यस्तै प्राकृतिक रुपमा नदि, ताल, बांधलगायतका स्थानबाट २१ हजार ५ सय मेट्रिक टन उत्पादन भएको तथ्याँक छ। नेपालमा भारत, थाइल्याण्ड, नर्वे, चीन, जापान, सिंगापुरलगायतका मुलुकबाट करिब १५ करोड ४६ लाख ५ हजार १ सय ९१ रुपैयाँ बराबरको माछा, समुद्री माछा, माछाका सिकुटी र अन्य परिकारहरु आयात हुन्छ। सन २००९/२०१० कै सरकारी तथ्याँकलाई हेर्दा नेपालबाट हंगकंग र चीनमा १ लाख ८० हजारको माछा र अन्य परिकार निर्यात भएको थियो। उपत्यकाको कालिमाटी बजारबाट मात्रै बार्षिक करिब ३ हजार मेट्रिक टनको हाराहारीमा विभिन्न जातका माछा बिक्रि बितरण हुन्छ। तारे होटल, रेष्टुरा, सपिंग मललगायतका स्थानमा कति परिमाणमा आयात हुन्छ त्यसको लेखाजोखा भने नेपाल सरकारसँग पनि छैन । कालिमाटी बजारस्थित रामबाबु मछलीबालाका अनुसार कालिमाटी बजारबाट दैनिक करिब १० मेट्रिक टन माछा बिक्रि हुन्छ। जसमध्ये ८० प्रतिशत भारतबाट आयात हुन्छ। करिब डेढ अर्बको बार्षिक खपत हुने माछा व्यवसायप्रति सरकार उदार बन्न नसकेको डा.गुरुङको आरोप छ।
‘नेपालको कूल गार्हस्थ उत्पादनमा १.९ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशतले योगदान पु:याउदै आएको यो क्षेत्रलाई अहिलेसम्म सरकारले प्राथमिकतामा राख्न सकेको छैन,’ उनी भन्छन,‘यो तथ्याँकलाई हेर्दा पनि पछिल्लो समयमा माछाको क्षेत्र र उत्पादन बढ्दै गएको प्रष्ट हुन्छ। तर, सरकारी लगानी भने उही हाक्तिको मुखमा जिरा बराबर छ।।’ डा. गुरुङ माछाकै क्षेत्रमा पिएचडी गर्ने पहिलो बैज्ञानिक हुन।

बाँँदर लडीबुडी खेल्ने भिरपाखामा सप्तरंगी माछाको रजाई
हिजोसम्म नुवाकोटको भिरपाखामा बाँदरहरु लडीवुडी खेल्न तछाड मछाड गर्दै प्रतिस्पर्धा गर्थे तर, आज भने त्यहाको परिवेश विल्कुलै फेरिएको छ । बाँदर खेल्ने भिरपाखाहरु अहिले ‘रेम्बो ट्राउट’ अर्थात ‘सप्तरंगी माछा’ को राजधानी बन्न पुगेको छ । चिसो तथा सफा पानी बगिरहने रेसवे मा मात्र हुने माछा नै ट्राउट हुन । सन् १९८८ मा नेपाल कृषि अनुसंधान परिषद अन्तर्गतका मत्स्य अनुसंधान महाशाखा गोदावरीले जापानबाट ल्याएको ५० हजार गोटा भ्रुणबाट गोदावरीमा भुरा कढाइ गरेर नेपालमा ट्राउट माछा भित्र्याएका हुन। नुवाकोटको फेदी, त्रिशुलीको जिरे, ठाँडी, धादिङ, मकवानपुर, सिन्धुपाल्चोकलगायतका र रसुवा जिल्लाका भिरपाखाको सिमेन्ट रेसवेमा सप्तरंगी माछाको उत्पादनबाट किसानहरुले लाखौं रुपैया आर्जन गर्न सक्षम भएका छन।
सरकारले पनि यो माछाको व्यवसायिक उत्पादनका लागि गत आर्थिक बर्ष २०६३/०६४ देखि नेपाल उधोग बाणिज्य महासंघको सहकार्यमा ‘एक गाँउ एक उत्पादन’ कार्यक्रम अन्तर्गत यस व्यबसायलाई हरियो झण्डा देखायो । नुवाकोटमा आ.ब. २०६३/०६४ देखि नै ५ बर्षे कार्यक्रम अन्तर्गत सुरु भएपनि रसुवामा भने आ.ब. २०६५/०६६ देखि यो व्यवसाय सुरु भएको हो । ग.हराउँदै छ स्थानीय जातमत्स्य अनुसंधान महाशाखा गोदावरीका वरिष्ठ प्राविधिक अधिकृत नन्दकिशोर रायका अनुसार नेपालमा करिब दुईसय प्रजातिका माछाहरु पाइन्छ ।
बासस्थान जोखिममा परेका कारण सहर प्रजातिका टोरटोर नामको माछा, कवई, गैची, मुँग्रिलगायतका माछाका जात लोपोन्मुख भइसकेको छ। सहर प्रजातीकै टोरटिटोरा, क त्ले, रजवान, तिते, चुच्चे असला, बुच्चे असला संरक्षण गर्नुपर्ने अबस्थामा र रेवा, जलकपुर, कलच, गर्दि, चुच्चेवाम प्रजातीका माछा संवेदनशिल अबस्थामा पुगेका छन। नदिनालामा बाँध निर्माण, अत्याधिक मात्रामा प्रदुषण, ढुँगा गिट्टी निकासी, विद्युतीय शक्ति र बिषादीको बढदो प्रयोगका कारण स्वदेशी जातका माछाहरु हराउँदै गएका छन। विश्व खाद्य संगठनका अनुसार मानविय क्रियाकलापका कारण बर्षेनी माछाको प्रजाती नष्ट हुने क्रम बढदो छ।

माछामा ‘फर्मालिन’ हल्ला मात्र
केही समय यता भारतबाट नेपालमा भित्रिने माछामा फर्मालिनको प्रयोग भएको व्यापक हल्ला फिजिएको छ। हल्लै हल्लाका कारण नेपाली बजारमा स्वदेशीसँगै भारतबाट आयात गरिएका माछाको ब्यापार अहिले खस्किंदो अवस्थामा पुगेको सम्बन्धीत ब्यापारीहरुले बताएका छन। खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक जीवनप्रभा लामाका अनुसार माछामा फर्मालिन छ भनेर गलत हल्ला फिंजिएको बताइन। ‘माछाको सुक्षम अनुसन्धान गर्दा कुनै पनि रुपमा फर्मालिनको प्रयोग नभएको पाइयो,’ उनले भनिन.

Comments
Post a Comment