पेन्ट्सबाट जोगियौं


  • राजेश बर्मा
र र फर्निचरलाई रंगीचंगी बनाउन पेन्ट्स प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नै पर्ने बेला आएको छ । घर र फर्निचर आर्कषक बनाउन प्रयोगमा ल्याइने विभिन्न प्रकारका पेन्ट्स मानव जीवनका लागि अत्यन्त घातक भएको एक प्रतिवेदनले निष्कर्ष निकालेको छ ।


जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले हालै गरेको एक अध्ययन पश्चात यस्तो निष्कर्ष निकालेको हो । घर र फर्निचर रंगाउन प्रयोग गरिने शिशायुक्त विभिन्न प्रकारका इनामेल पेन्ट्स जनस्वास्थ्य तथा वातावरणको लागि अत्यन्त हानीकारक भएको अनुसंधानमा खटिएका केन्द्रका वातावरण बिज्ञ रामचरित्र साहले बताएका छन । नेपालमा घर र फर्निचरलगायत विभिन्न शुभअबसरमा शिशायुक्त पेन्ट्सको प्रयोग बढदो छ ।

 प्रकृतिमा पाइने एक प्रकारको निलो र खैरो रंगको गहुङगो धातु अर्थात शिशा पेन्ट्समा मिसाइएका कारण यो मानव जीवनका साथै वातावरणका लागि हानिकारक भएको हो,’ उनले भने । पेन्ट्समा मिसाइएको शिशा श्वासप्रश्वास, खाना र छालाको सम्पर्कबाट हाम्रो शरीरमा प्रवेश गर्छ । यसले रक्तनलीको रक्त कोषिकालाई मार्ने, मस्तिष्क, स्नायु प्रणालीको विकासमा अवरोध पु:याउँने, अनिन्द्रा हुने, छाडेरोग लाग्ने, अचेत हुने, मृगौलाले काम गर्न छाडने, बाँझोपन र नपुन्सक हुने तथा अन्त्यमा मर्नेसम्मको अबस्था आउन सक्ने साहले दावी गरे । यसले गर्भवती महिलालाई गर्भपतन गराउन ठूलो भुमिका खेल्छ,’ उनले भने ।

साहका अनुसार पेन्ट्स पेशासँग आवद्ध कामदारहरु उच्च जोखिममा छन । व्याट्री, क्रिस्टल, खाना राख्ने सिरामिक भाँडा तथा माछा मार्ने बल्छीमा पनि यसको प्रयोग हुँदै आएको छ । रंगको चम्किलोपना धेरैदिनसम्म जोगाइराख्न, रंग लगाएपछि चाडो सुकाउन र फलामेजन्य बस्तुमा खिया लाग्न नदिन पेन्ट्समा शिशाको प्रयोग हुन्छ ।

नेपाली बजारमा बहुराष्टिï्रय कम्पनीलगायत स्वदेशमा उत्पादन गरिएको डिस्टेम्पर, ईमलसन, ईनामेल, वार्निस, टच उडलगायतका पेन्ट्सको बिक्रि बितरण हुन्छ । केन्द्रले नेपाली बजारमा उपलब्ध नेपाल गुणस्तर चिन्ह प्राप्त सातवटा, शिशामुक्त अंकित तीनवटा  र अन्य गरी २४ प्रकारका पेन्ट्सको नमुना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणको क्रममा नेपाली बजारमा उपलब्ध सवै प्रकारका पेन्ट्समा शिशाको अत्याधिक मात्रा प्रयोग गरिएको फेला पारिएको छ । 

पेन्ट्समा ३.९८ पिपिएम देखि ७३९६६.४ पिपिएमसम्म शिशा मिसाइएको पाइएको छ । यो मात्रा अमेरीकी मापदण्ड ९० पिपिएम भन्दा झन्डै ८२२ गुणाले बढी हो । ईनामेल पेन्ट्सको १३ ओटा नमूनामध्ये ११ ओटा नमुनामा अत्याधिक शिशाको मात्रा पाइएको छ । ईनामेलमा ओसत शिशाको मात्रा १२११३.९२ पिपिएम  भेटिएको छ भने डिस्टेम्पर तथा ईमलशन पेन्ट्सका नमूनामा शिशाको मात्रा थोरै पाइएको छ । नेपाल गुणस्तर प्राप्त पेन्ट्समा अमेरिकी मापदण्ड ९० पिपिएमभन्दा झण्डै २३ गुणाले बढी शिशा मिसाइएको पाइएको छ । वार्निस पेन्टसमा पनि ४२.४ पिपिएम शिशा पाईएको छ ।
काठमाडौं,३ असार 2068

Comments