- Get link
- X
- Other Apps
बोक्सीको आरोपमा एकल महिलालाई यातना दिएको घटना
सेलाउन नपाउँदै पर्साको सुपौली गाविसमा बोक्सीकै आरोपमा गाउँलेले कुटीकुटी
एक विपन्न महिलाको हत्या गरेका छन्। बिहीबार बिहान पञ्चायत (गाउँभेला)
बाट सुपौली-९ सढीटोलका जगन चौधरीकी पत्नी पार्वतीलाई गाउँनिकाला गर्ने
निर्णय गरेका गाउँलेले राति १२ बजेतिर घरबाट बाहिर ल्याएर लखेटीलखेटी पिटेर
मारेका हुन्।
छिमेकी जगदीश चौधरीकी छोरी प्रतिमालाई
टुनामुना गरेर बिरामी बनाएको आरोप लगाउँदै गाउँलेले ४५ वर्षीया पार्वतीलाई
गाउँनिकाला गर्ने निर्णय गरेका थिए। पञ्चायतको आदेशपछि झिटीगुन्टा कसेर
झिसमिसेमै गाउँ छोड्ने तयारीमा बसेका जगन पत्नीको नृशंस हत्यापछि
विक्षिप्त बनेका छन्। उनकी २१ वर्षीया छोरी पनि त्रसित छिन्।
गाउँनिकालाको आदेश सिरोपर गरे पनि मध्यरातमा एक्कासि प्रतिमाको शरीरमा देवी चढेको भन्दै गाउँलेले पार्वतीलाई घरबाट लछारपछार गरेर सडकमा ल्याएर कुटीकुटी हत्या गरेको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए। ‘पार्वतीले गुहार माग्दै कहिले कसको त कहिले कसको ढोका ढकढक्याइन्’, प्रहरीसमक्ष जगनले भने, ‘तर उनलाई बचाउन कोही अघि सरेन।’ जगनलाई गाउँलेले नियन्त्रणमा लिएकाले उनी रुनु कराउनुबाहेक पत्नी बचाउन सक्ने अवस्थामा थिएनन्।
घटना लुकाउन गाउँलेले प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्ने तयारीमा थिए। दाहसंस्कार गर्नुअघि नै प्रहरीले जानकारी पाएपछि गाउँलेले हत्याको घटना लुकाउन पाएनन्। पार्वतीको हत्याबारे शुक्रबार साँझ ५ बजे जानकारी पाएपछि गाउँमा प्रहरी टोली पुगेको थियो। गाउँका महिलाले ‘बोक्सी मरेकी हो, तपाईंहरू केही नगर्नुस्, हामी लास जलाउँछौं’ भन्दै प्रहरीलाई रोक्ने प्रयास गरेका थिए। घटनास्थल पुगेका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले भने, ‘हत्यापछि गाउँमा पुरुष छैनन्। भएका महिला पनि पीडितका पक्षमा बोल्न तयार छैनन्।’
प्रहरीलाई गाउँ पस्न नदिने गाउँलेको तयारीबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, इलाका प्रहरी कार्यालय सेढवा र हरैयाको टोलीको नेतृत्व गर्दै प्रहरी निरीक्षक केसी घटनास्थल पुगेका थिए।
घटनासम्बन्धी मुचुल्का तयार पार्ने क्रममा साक्षी बस्न ४० घरधुरी भएको सढीटोलका कोही पनि तयार नभएपछि छिमेकी गाउँबाट मान्छे डाक्नुपरेको केसीले बताए।
प्रतिमा र उनका बाबु जगदीश फरार छन्। प्रतिमाकी आमा पासपती, १६ वर्षीया सीमा कुमारी र १४ वर्षीया रेणु कुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेको आरोप लागेका जगदीश, प्रतिमा, अनिल राउत, विश्राम चौधरी थारू, धनराज राउत थारूलगायतको खोजी गरिरहेको छ।
बोक्सी आरोपमा यातना दिनेविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले पहिलोपटक मुद्दा दायर गरेको सात दिन बित्न नपाउँदै अर्की महिलाको हत्या भएपछि मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन्। ‘यो अन्धविश्वासको परिणाम हो’, अधिवक्ता वीरेन्द्र यादवले भने, ‘अन्धविश्वास हटाउन राजनीतिक अभियानसँगै दोषीविरुद्ध कडा कारबाही गर्नुपर्छ।’
यसअघि २३ साउनमा विश्रामपुर-१ निवासी एकल महिला ४५ वर्षीया सरस्वती देवीलाई बोक्सी आरोपमा छिमेकीले निर्घात कुटपिट गर्दै मलमूत्र खुवाएका थिए। प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा ४३ वर्षीया देवमती देवी, ४१ वर्षीया लालचुनिया देवी र १८ वर्षीय मञ्जय चौरसियालाई पक्राउ गरेर जिल्ला अदालत पर्सामा मुद्दा चलाउने तयारी गरेको छ।
मुलुकी ऐनको अदलको महल खण्ड १० ख मा कुनै पनि व्यक्तिलाई बोक्साबोक्सीको आरोप लगाउन र यस्तो आरोपमा यातना दिन नपाइने उल्लेख छ। आरोप लगाउने र यातना दिनेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद सजाय वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
साभार ः अन्नपूर्ण पोष्ट
१ भदौं, २०७०

Comments
Post a Comment