सरकारले परनिर्भर बनाउदैंछ नेपालीलाई
- राजेश बर्मा
कृषिप्रधान
मुलुक भनेर हामी नेपाली ‘आफै’ मा गर्व गर्छाै । तर कृषिजन्य काममा प्रयोग हुँदै आएको सामाग्रीमा
भने हामी परनिर्भर भएका छौं । कृषिप्रधान हाम्रो मुलुकका कृषकहरु कृषिजन्य उत्पादन, यान्त्रिक उपकरण, वीउविजनलगायतका अत्यावश्यक सामाग्रीमा भने
परनिर्भर बन्दै गएका छन ।
अन्य मुलुकबाट कृषिजन्य सामाग्री भित्रयाउन नसकिए हामी नेपाली भोकभोकै मर्न बाध्य हुन्छौं । आज हाम्रो सामु यो बाध्यता र विवशता ठूलो चुनौतीको रुपमा तेस्रिएको छ । ‘यो कस्तो कृषि प्रधान मुलुक हो ?’ अब यो प्रश्न हरेक नेपालीले सो'नै पर्ने दिन आएको छ । करिब ७० प्रतिशत व्यक्ति कृषि पेशालाई नै अंगालेका छन । तैपनि दुई छाकको भोक टार्न भारतलगायत तेश्रो मुलुकको खाद्यान्न, तेलहन, दलहन र तरकारीमै भर पर्नुपर्ने हाम्रो बाध्यता भएको छ ।
अन्य मुलुकबाट कृषिजन्य सामाग्री भित्रयाउन नसकिए हामी नेपाली भोकभोकै मर्न बाध्य हुन्छौं । आज हाम्रो सामु यो बाध्यता र विवशता ठूलो चुनौतीको रुपमा तेस्रिएको छ । ‘यो कस्तो कृषि प्रधान मुलुक हो ?’ अब यो प्रश्न हरेक नेपालीले सो'नै पर्ने दिन आएको छ । करिब ७० प्रतिशत व्यक्ति कृषि पेशालाई नै अंगालेका छन । तैपनि दुई छाकको भोक टार्न भारतलगायत तेश्रो मुलुकको खाद्यान्न, तेलहन, दलहन र तरकारीमै भर पर्नुपर्ने हाम्रो बाध्यता भएको छ ।
हामी नेपालीलाई
परनिर्भरता बनाउनु वा बाध्यता गराउनुमा प्रमुख जड नेपाल सरकारलाई नै मान्नुपर्दछ ।
कृषिप्रधान मुलुकमा सवैभन्दा थोरै बजेट कृषि क्षेत्रमै सरकारको लगानी छ । कृषि क्षेत्रलाई
उकास्न सरकारले अहिलेसम्म कुनै पनि क्रान्तिकारी अभियान र पर्याप्त बजेट उपल›ध गराउन नसक्दा नेपालका कृषक आज मगन्ते भएका छन । राज्यले हामीलाई
यतिसम्म मगन्ते बनाएको छ कि एउटा सामान्य तरकारीको वीउ आवश्यक परिमाणमा उत्पादन गर्न
नसक्दा हामी नेपालीले बर्षेनी तरकारी वीउको नाउँंमा ८० करोड रुपैयाँ भारतलगायतका तेश्रो मुलुकलाई बुझाउन बाध्य भएका
छौं । केही बर्ष अघिसम्म हाम्रै किसानहरु भारत,
बंगलादेशलगायतका मुलुकमा तरकारीको वीउ निर्यात गर्दै आएका थिए
। आज भने हामी नै ताजा तरकारीका साथै त्यसको वीउ आयात गर्न बाध्य भएका छौं । कृषिप्रतिको
सरकारको अदुरदृष्टि नीति र उदासिनताकै कारण नेपाली कृषकहरु आज खाडीजस्ता मुलुकमा पलायन हुन बाध्य भएका छन ।
र, यसको सिधा प्रत्यक्ष प्रभाव नेपाली जनताले उठाउनु परेको छ ।
नेपालमा दैनिक
कति मूल्य बराबरको तरकारी वीउको कारोबार हुन्छ ? कुन मुलुकबाट कति परिमाणमा कुन तरकारी वीउको आयात हुन्छ तथा त्यो कति हदसम्म गुणस्तरयुक्त छ ? त्यो बारेमा
भने कृषि तथा सहकारी मन्त्रालय र त्यसका अंगहहरुसँग भने कुनै यकिन तथ्याँंक छैन । मौसम
अनुसार नेपालमा दैनिक झण्डै २५ लाख रुपैयाँको तरकारी वीउको कारोबार हुन्छ । तर ८५ प्रतिशत
आयातित वीउमै नेपाली कृषक भरपर्दै आएका छन । माग अनुसार वीउ नेपालमा उत्पादन नहुँदा
बर्षेनी करिब ८० करोड रुपैयाँ विदेशिने गरेको तथ्याँंक केही साता अघि मात्र राजधानीमा
सार्वजनिक भएको छ । यो तथ्याँक भने मुलुकका सवै जिल्लाको हकमा भने लागु छैन । कृषि
तथा सहकारी मन्त्रालयले मुलुक तरकारी खेतीमा आत्मनिर्भर भएको दावी गर्दै आएको छ । तर
भारतबाट मात्रै बर्षेनी १२ अर्ब १० करोड ९० लाख मूल्य बराबरको तरकारी आयात हुँदै आएको
छ । भारतलगायत तेश्रो मुलुकबाट भित्रिने वीउमध्ये झण्डै ८० प्रतिशत हाइव्रीड(बर्णशंकर)
जातका मात्रै छन । मुलुकभर बर्णशंकर जातका वीउको कारोबार उ'च छ ।
ठूलो परिमाणमा
विदेशबाट आयात भएपनि कति मूल्य बराबरको कति परिमाणमा भित्रिने गरेको छ त्यो बारेमा
भने यकिन तथ्याँक सरकार र गैरसरकारी निकायसँग पकिुनै भएपनि कति मूल्य बराबरको नेपालको
७५ वटै जिल्लामा कति परिमाणमा आन्तरिक र वाह्य वीउको कारोबार हुन्छ भन्ने बारेमा मन्त्रालयसँंग
यकिन तथ्याँंक पनि उपल›ध छैन । नेपाल वीउ
व्यवसायी संघका अनुसार मुलुकका आधा दर्जन ठूला शहरमा गरिएको एक सर्वेक्षण अनुसार गत
आर्थिक बर्ष २०६४/०६५ मा करिब ६० करोड १८ लाख ३२ हजार ७ सय २१ रुपैया बराबरको तरकारीको
वीउ भारतलगायत तेश्रो मुलुकबाट नेपाल भित्रिएको थियो । ति मुलुकहरुबाट मूख्यगरी काउली,बन्दा,गाजर,सिमी र बोरीलगायतका वीउ आयात हुँदै आएको छ । तरकारी विकास निर्देशनालयका
अनुसार मुलुकभर करिब २ हजार मेट्रिक टन तरकारी वीउको माग छ । तर सरकारी र नीजिक्षेत्रबाट
गरी जम्मा डेढ हजार मेट्रिक टन मात्र वीउ उत्पादन हुदै आएको छ । गत आर्थिक बर्ष २०६५/०६६
मा निजी क्षेत्रबाट १ हजार १ सय मेट्रिक टन र तरकारी विकास निर्देशनालयबाट ६.९३ मेट्रिक
टन तरकारी वीउको उत्पादन भएको थियो ।
सर्वेक्षण अनुसार
आ.ब.२०६५/०६६ मा भारतबाट ६ सय ४१ मेट्रिक टन,चीनबाट ७९.३, थाइल्याण्ड र जापानबाट ८.९/८.९, कोरिया र संयुक्त राष्ट्रबाट २.०/२.० मेट्रिक टन तरकारीको वीउ
आयात भएको थियो । आयातको परिमाण अत्यन्त ठूलो भएपनि निर्यात परिमाण भने शुन्य रहेको
वीउ उत्पादकहरुको दावी छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आ.व.०६४/०६५
मा ८४ लाख मूल्य बराबरको तरकारी र मूलाको वीउ निर्यात भएको थियो । करिब ५ बर्ष अगाडी
मिनोअर्लीजातका मुलाको वीउ नेपालबाट बर्षेनी सयौं मेट्रिक टन निर्यात हुदै आएको थियो
। तर सरकारको अस्पष्ट नीति र नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा निर्यात दर शुन्यमा
झरेको वीउ विशेषज्ञहरुको गुनासो छ । भारतमा निर्यात हुदै आएकोमा क्वारेन्टाइनको आन्तरिक
समस्याका कारण भारतमा मूलाको वीउ निर्यातमा रोक लगाइएको छ । गत फ्रेव्रुअरीमा भारतको
आयात नीतिमा परिवर्तन गरिएपछि पुन: नेपाली मूलाको वीउ भारत निर्यात गर्न सकिने संकेत
देखिएको छ ।
मुलुकभर २ लाख
८ हजार १ सय ८ हेक्टरमा तरकारी खेती हुदै आएको छ । जसवाट २६ लाख मेट्रिक टन तरकारी
उत्पादन हुदै आएको छ । नेपाली वीउलाई आन्तरिक र वाह्य बजारमा प्रतिस्पर्धी बनाउन सरकारले
वीउसम्बन्धि विद्यमान नीति तथा कार्यक्रमलाई सुधार गरी ठोस रुपमा कार्यान्वयन गर्नुपर्ने
तरकारी वीउ विशेषज्ञहरुको सुझाव छ ।
मौलिक जातका
वीउ लोप
आवश्यकता अनुसार
खाद्यान्न बालीको वीउ स्वदेशमा उत्पादन नहुदा बाहिरी मुलुककबाट आयात हुने वीउका कारण
मौलिक जातका स्थानीय वीउ लोप भएका छन । खासगरी धान,गहु र मकैजस्ता प्रमुख खाधान्न बालीका अधिकाश स्थानीय वीउ लोप भएका छन । तराईमा
धानको ७५ प्रतिशत, पहाड र हिमाली क्षेत्रको गहुको मौलिक जातिका वीउ ९० प्रतिशत हाराहारीमा लोप
भइसकेको छ । नेपाल कृषि अनुसन्धान परिषद खुमलटारका बैज्ञानिक मधुसुदन उपाध्यायका अनुसार
तराईमा मात्र २ हजार प्रकारका धानको वीउमध्ये ७५ प्रतिशत लोप भइसकेको छ । तीनको स्थान
विदेशी बर्णशंकर वीउको धानले ओगटेको छ । उनका अनुसार मौलिक जातका लालसर,गम्री, बास्मति, काला नमक,हरिफलगायतका वीउ तराईक्षेत्रबाट
लोप भएका छन । तराईमा गहुका मौलिक वीउ सुरक्षित भएपनि मकैका ७५ प्रतिशत स्थानीय वीउ
लोप भइसकेको छ ।
पहाडी क्षेत्रमा
भने मकैको ५० र धानको ३० प्रतिशत वीउ मासिएको छ । जेठो बुढो, पोखरेली, झिनुवा, गुर्दि,एक्ले प्रजातिका वीउ
पहाडी क्षेत्रबाट हराएको छ । उनका अनुसार हिमाली क्षेत्रमा धान र मकैको मौलिक प्रजाति
२० प्रतिशतको हाराहारीमा लोप भएको जानकारी दिए । हर्दिनाथ १,चैते ६ र ४,मल्लिका,बिन्देश्वरी,लक्ष्मी,चादीलगायतका धानमा विदेशबाट नयाँं प्रजातिका वीउ आएपछि पुराना मौलिक मासिएको हो
। मकैको देउती,सितला,गौरव बर्णशंकर वीउले मौलिक वीउलाई विस्थापित गरेका छन । गौतम, कान्ती,पासागल्हामु,
रोहिणी,अ'युतलगायतका वीउको बढदो प्रयोगले नेपालका मौलिक गहु वीउ मासिएका
छन । नार्कका अनुसार बर्णशंकर
र उन्नतजातका वीउको तुलनामा स्थानीय मौलिक जातका वीउले थोरै उत्पादन दिएर मासिएको हो
।
नेपालमा उत्पादन
हुन सक्छ बणंशंकर
नेपालको हावापानी
अनुकुल भएपनि सरकारको अस्पष्ट नीतिका कारण हाइव्रिड(बर्णशंकर) जातका वीउ आयात गर्दा
बर्षेनी झण्डै अरब रुपैया विदेशिने गरेको छ । बर्णशंकर वीउ आयात गर्दा प्रत्येकर्ष
करिब १ अरब रुपैया विदेशिने गरेको अनुमान विभिन्न गैरसरकारी संस्थाहरुको छ ।
पछिल्ला बर्षहरुमा
नेपालमा उत्पादन गरिने अधिकाश तरकारी र खाद्यान्न बालीमा बर्णशंकर वीउको प्रयोग हुन
थालेको छ । अरवौं रुपैया खर्चेर विदेशबाट यसखालका वीउ झिकाइए पनि नेपाल सरकारले मुलुकभित्रै
उत्पादन गर्न भने पहल गरेको छैन । यस्तो वीउको प्रयोग बढदै गएपनि स्वदेशमै उत्पादन
गर्नेतर्फ चासो नदेखाइएको नेपाल वीउ व्यवसायी संघ(सियान) का महासचिब दुर्गा अधिकारीले
बताए । नेपालमा हाल भारत,जापान,थाइल्याण्ड,हल्याण्ड, अमेरिका,कोरियालगायतका मुलुकबाट
वीउ आयात गरिदै आएको छ । तरकारी बालीमा मात्रै झण्डै ६० प्रतिशत बर्णशंकर जातकै वीउ
प्रयोग हुदै आएको छ । नेपाली उपभोक्ताको आवश्यकता
अनुसार पहुँंच पुरयाउन बर्णशंकर वीउ प्रयोग गर्न बाध्य भएका व्यवसायीहरुले केही बर्ष
यतादेखि अत्यन्त महगो भएपनि विदेशबाट वीउ आयात गरी तरकारी उत्पादन गर्दै आएका छन ।
किसानले एक किलो गोलभेडाको वीउ एक लाख मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता छ ।
नेपाल कृषि
अनुसन्धानमा कार्यरत कृषि बिज्ञहरुले बर्णशंकर वीउ उत्पादन गर्न नेपालको हावापानी अत्यन्त
सुहाउदो भएको दावी गर्छन । यस्तो वीउ उत्पादनमा सरकारले चासो नदेखाएको गुनासो उनीहरुले
गरेका छन । सियानका महासचिब अधिकारीका
अनुसार आयात गरिएका वीउको गुणस्तर परिक्षण समेत नगरिंदा किसानले कमशल वीउ प्रयोग गर्नुपर्ने
बाध्यता छ । नेपालको हावापानी हाईव्रिडका लागि अनुकुल मानिएपनि उपयुक्त प्रविधी,
जनशक्ति र आवश्यक लगानीको अभावमा यस्तो वीउ उत्पादन हुन नसकेको
राष्ट्रिय वीउ विजन समिति सचिबालयका बिज्ञ महेशमान श्रेष्ठ बताउछन । बर्णशंकर जातका
वीउ तयार गर्न समय र रकम पनि धेरै खर्च हुने भएकाले सरकारी स्तरबाट चासो नदेखाइएको
बताइएको छ । सरकार तथा नीजि क्षेत्रले पहल गरे नेपालमै यसको उत्पादन गर्नुका साथै बेरोजगार
समस्या पनि केही हदसम्म हल गर्न सकिने बिज्ञहरुको सुझाव छ ।
Comments
Post a Comment