पचासौं बर्षको भालुको कम्पट गयो जस्तो हुन्छ

‘म जस्ताको राम्रो मूल्याकन नभए, पचासौं बर्षको भालुको कम्पट गयो जस्तो हुन्छ ’

  • बरिष्ट बैज्ञानिक भोलामान सिंह

कृषिको धानबाली र हरियोमलको रुपमा प्रयोगहुने ढैंचाको अनुसन्धान, विकास, बिभिन्न बालीका जातहरुको एकीकृत रुपमा खेतीगर्ने वैज्ञानिक तौरतरिका र कृषि सम्बन्धी जनचेतना जगाउन आफनो जीवनको ३७ बर्ष उत्सर्ग गरेका नेपाल कृषि अनुसन्धान परिषदका पूर्व मुख्य वैज्ञानिक भोलामान सिंह बस्नेत सरकारी जागिरबाट असार ५ गते विधिवत रुपमा अवकाश पाए । तर पनि उनी कृषि क्षेत्रलाई चटक्कै बिदा गर्न भने सकेका छैनन ।


‘म जागिरबाट अवकाश पाएपनि धानलाई कहिल्यै छोडदिन,’ बताउने बस्नेत जागिरबाट उन्मुक्ति पाएपनि अहिले पनि उनी आफुलाई सरकारले धानलगायतका क्षेत्रमा काम गर्ने वाताबरण उपल›ध गराइदिओस भन्ने चाहना राख्छन । अवकास  प्राप्त गरेका बिज्ञहरुबाट टाढा राखेर होइन बरु  नजिक ल्याई कृषि सम्बन्धी नीति निर्माण गरिए सरकारले ठोस उपल›धी प्राप्त गर्न सक्ने मान्यता बोकेका बस्नेत मुलुकले आफुजस्ता बैज्ञानिक जन्माउन अझै आधा शता›दी पर्खिनुपर्ने बताउछन । तर पचासौं बर्ष कुर्दा पनि राम्रो बिज्ञ उत्पादन हुन्छ भन्ने ग्यारेन्टी भने नभएको दावी गर्छन । यस्ता अबकाश प्राप्त बिज्ञलाई उपयोग गर्ने रणनीति सरकारले लिनु पर्दछ । त्यसैले होला उनी भन्छन,ु म जस्ताको राम्रो मूल्याकन भए, सरकारले पचासों लाख खर्च गरी आधा शता›दी कुर्नु पर्छ तर नराम्रो उत्पादन नभए पचासौं बर्षको भालुको कम्पट गयो जस्तो हुन्छ ।ु

     कृषिको धान क्षेत्रमा बिशेष योगदान पुरयाएका बैज्ञानिक बस्नेत अर्थतन्त्रमा आधारित नेपाललाई चिनाउन र मुर्तरुप दिन तीन दशकभन्दा बढि समय यस क्षेत्रमा खर्चि सकेका छन । उनकै टोलीको प्रयासमा नेपालमा २०६५र०६६ मा ६७ अर्ब मूल्य बराबरको ४५ लाख मेट्रिक टन धान फलेको थियो । बि.सं.२०४१र०४२ मा ६ सय टन मात्र उत्पादन भएको थियो । उनका अनुसार सरकारले नार्कको अनुसन्धानका लागि खर्चिने बार्षिक न्यून बजेटको तुलनामा यसले उत्साह जनक प्रतिफल दिएको छ । थोरै लगानीको तुलनामा झण्डै ५० बर्षको अनुसन्धानको अन्तरालमा धानमा १०५ प्रतिशत, मकैमा ८४ र र गहुमा १०३ प्रतिशतसम्म बृद्धि बढाउनु चानचुने कुरा नभएको उनी भन्छन ।

कृषि बनस्पतिबिज्ञको रुपमा स्थापित भएर उनी खाद्यान्न बालीकै सोधको क्रममा पहाडको कन्दरादेखि तराईको ग्रामिण क्षेत्रसम्म पुगे । राजधानीमा घर भएपनि अनुसन्धानकै क्रममा भगवान रामचन्द्रको ससुराली जनकपुरको हर्दिनाथमा आफु १४ बर्ष बनबास बिताएर धानलगायत अन्य बालीमा गहिरो अनुसन्धान गरेको उनी दु:ख दिन सम्झदै भन्छन । ुतर पनि सरकारलाई आफनै मुलुकका हिरा र सुनको महत्व बारेमा जानकारी नहुनु अझै दु:खद भएको छ,ु उनी भन्छन । प्रचुर उत्पादनका लागि किसानले प्रयोग गर्दै आएको रसायनिक मललाई प्रतिस्थापन गर्दै त्यसको स्थानमा प्रागारिक मल प्रयोग गरे माटोको स्वास्थ्य राम्रो हुनुका साथै उर्वराशक्ति पनि दिगोसमयसम्म स्वस्थ्य रहने उनको दावी छ । कृषि क्षेत्रमा नोवेल पुरस्कार प्राप्त गरेका नर्मर  अनेंष्टको बिचार ुतिमी सुन्न सक्छौं भने बिरुवाहरु तिमीसंग कुरा गरिरहेका हुन्छन । हो,उनीहरु मानिस वा अन्य पशुझै चि'याउदैनन । वातानुकुलित कोठामा बसेर बोटविरुवाले बोलेको कहिल्यै पनि सुन्न सकिन्न ।ु बाट अति नै प्रभावित भएका छन बस्नेत ।

उनी खडेरीले जमिन फाटदा उसलाई तिर्खा लागेको अनुभव गरे र जमिनमा पानी जम्दा पखाला लागेको थाहा पाए । यसरी बिरुवाको संवेदना र आवाज सुनेको अनुभव गरेको बताउने बस्नेत भन्छन,ुहाम्रो मुलुकमा राम्ररी धान फले मात्र किसानको भोक हटन सक्छ । जनतालाई भोकै राख्नुहुदैन । भोको पेटले कहिले कोही काम गर्न सक्दैन । त्यसैले आफैमा आत्मनिर्भर हुन नसक्ने मुलुकले बिज्ञानमा आधारित खेती प्रणालीलाई अघि सार्नुपर्छ ।ु

परिचय
काठमाडौं बतिसपुतली १९ बस्ने स्व.गोबिन्दमान सिंह बस्नेत र स्व.कृष्णकुमारी बस्नेतको जेठो छोराको रुपमा सन् १९ जुन १९४९ मा बस्नेतको जन्म काठमाडौंमा भएको थियो ।  २०२३ सालमा पशुपति हाइस्कुल चावहिलबाट एस.एल.सी. २०२५ सालमा भारतस्थित आगराको राजा बलबन्तसिंह इन्टर कलेजबाट एग्रिकल्चरमा आई.एस्सी.,२०२९ मा एग्रिकल्चर एण्ड एनिमल हस्बेन्डिमा बी.एस्सी.(अनर्स) पन्तनगर नैनिताल भारत,फिलिपिन्सस्थित युनिभरसिटि अफ फिलिपिन्स एटलस ›यानसबाट एग्रोनोमि बालि बिज्ञानमा स्नाकोœार गरेका बस्नेतले फिलिपिन्समै अन्तर्राष्ट्रिय धान बाली अनुसंधान संस्थाबाट धानबाली सम्बन्धी सोधपत्र गरेका छन । धानबालीमै जापानबाट समेत १० महिने तालिम लिए । अनुसन्धानकै क्रममा बंगलादेश, क्याम्बोडिया, फ्रान्स, भारत, इटली, जापान, मलेसिया, अमेरिका, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, अमेरिकासम्मको यात्रा गरेका बस्नेतले कृषि क्षेत्रमै योगदान दिए वापत रोनास्ट एवार्ड,नार्कको कदरपत्र,यूनिभरसिटी एण्ड कलेज मेरिट सर्टिफिकेट दिर्घसेवाआदिबाट सम्मानित भैसकेका छन । ३ ग्रेड थप पाएका उनी अवकाश हुने समयमा बैज्ञानिकहरुको योग्यता लेभलको एस ६ मा बढुवा समेत भए ।

बस्नेत बि.सं.२०२९ देखि नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का निर्देशक,योजना तथा समन्वयको भूमिका खेल्दै आएका थिए । बस्नेेत कृषि क्षेत्रका बैज्ञानिक भएपनि उनलाई आधा पत्रकार पनि भन्ने गरिएको छ । जागिरको केही अबधी परिषदको खुमलटारस्थित प्रकाशन बिभागमा विताएका बस्नेत सो अबधीमा  संचारमाध्यमको वरिपरीमा रहेका कारण उनलाई पत्रकारको समस्या,अबस्था र भोगाई राम्ररी थाहा छ । त्यसैले संचारगृहका संचारकर्मीहरुले उनलाई कृषि संचारकर्मीको उपनामले पनि चिन्ने गर्छन ।    

खाद्यान्न संकट टार्न सरकारले के गर्नुपर्छ
कृषिलाई विकासको पहिलो खुडकिलो मानेर सरकारले कम्तिमा १.० प्रतिशत बजेट उपल›ध गराउन सके मुलुकले आशा गरेजस्तै नार्कले अझ राम्रो प्रतिफल दिन सक्ष्म हुने उनको तर्क छ । सरकारले कृषि अनुसन्धानको लागि हाल ०.२ प्रतिशतको हाराहारीमा मात्र बजेट उपल›ध गराउदै आएको छ । सरकारले कृषि अनुसन्धानका लागि ५१ करोड रुपैया मात्र विनियोजित गर्दै आएको छ । देशको जनसंख्या घट्नेवाला छैन र खेतीगर्ने जमिन बढ्नेवाला छैन तसर्थ ज्ञान, विज्ञानको आधारमा खेती गरी प्रति इकाई उत्पादकत्व एवं उत्पादन बृद्धि गर्न, खाद्य एवं पोषण सुरक्षा कायम गर्न, आयआर्जन हुने खालको दीगो नीति सरकारले अबलम्बन गरी ›यवहारमा ल्याउनु पर्दछ । नेपाल खाद्यान्नमा आत्मनिर्भर पनि नहुने र भारतबाट समेत खाद्यान्न खरिद गर्न नपाइने अबस्था आएमा हामीसंग नगद भएपनि खाद्यान्न किन्न नसक्ने अबस्था आउन सक्ने बस्नेतको ठम्याइ छ ।

दिगो अभियान बिना खाद्यान्न संकट टार्न नसकिने बताउदै बिज्ञ बस्नेतले भारतमा जवाहरलाल नेहरुले अगाडी सारेको हरित क्रान्ति पछि भारत खाद्यान्नमा आत्मनिर्भर भएको उल्लेख गर्छन । भारत आत्म निर्भर भएर ५० मिलियन टनको खाद्यान्न उत्पादनलाई बढाई हाल करिव २ सय ३२ मिलियन टनमा पुर्याएको छ । नेपालमा पनि दिगोसमयको योजना नीति अबलम्बन नहुदासम्म आत्मनिर्भर हुन नसक्ने उनको धारणा छ । खाद्यान्न संकट टार्न सरकारले गम्भिर भएर बाली उत्पादनमा पढेर, परेर, गरेर र देखाएका बिज्ञहरुलाई सहभागी गरी उ'चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन बनाउनु पर्दछ । मिसनले ५ बर्षे वा १० बर्षे योजना अबलम्बन गरी खाद्यान्न बालीसम्बन्धी मात्र अनुसन्धानजस्ता कार्य सरकारले अघि बढाउन सके नेपाललाई खाद्यान्न संकट मुक्त गर्न सकिने उनको बुझाई छ ।

नेपालमा खाद्यान्न संकटको प्रमुख कारक तत्वको रुपमा बढदो शहरीकरण, बाली विविधिकरण, मौसमी परिवर्तन र धान खेतमा मकैजस्ता बालीको खेती गरिनु उनी मान्छन । हालको अवस्थामा सरकारले खाद्य एवं पोषण सुरक्षा, खाद्य सम्प्रभुता, आयआर्जन र दीगोपनालाई बिशेष ध्यानदिनु पर्दछ । यसका साथै परम्परागत खेती प्रणाली र विकासे खेती प्रणालीलाई एकिकृत  खेती प्रणालीको रुपमा संगै लगिए कूल खाद्यान्न उत्पादनमा ५० प्रतिशतको दरले बृद्धि गर्न सकिने बिज्ञ बस्नेतको ठम्याई छ । यसका साथै नेपालमा रोगकीरा र वाताबरण प्रतिकुल सहने (खडेरी, बढी तापक्रम, डुवान आदी), कम कृषि सामग्री (मल, जल) को प्रयोगमा पनि बढी उत्पादन दिने खालको जातहरु बिकसित गरे खाद्यान्नमा सम्प्रभुता हुन सक्छ । धान,मकै,गहुजस्ता बालीमा नार्कले ५० बर्षदेखि अनुसन्धान गरेर विकसित गरेको नया र रोगरहित राम्रा जात अहिले पनि कृषकको खेतसम्म पुग्न नसकेको उनको गुनासो छ । सरकारले विकसित गरिएका नया जातका बालीहरुका प्रचार प्रसार र कार्यक्रमका लागि बजेट छुटयाउन नसक्दा अधिकाश कृषकहरु यस्ता जातहरुबाट बंचित भएका छन । सरकारले यस बिषयमा ध्यान नदिंदा आफुलाई प्रसव पीडाभन्दा बढी दु:ख लागेको उनी बताउछन ।  

    
कृषि क्षेत्रमा योगदान
बस्नेतले वायुमण्डलबाट प्रतिहेक्टर २०० भन्दापनि बढी नाइट्रोजन स्थिरिकरण गर्नसक्ने क्भकदबलष्ब चयकतचबतब नामक हरियो मलको रुपमा हरियो मल ढैचा विकसित गरे । एक प्रकारको विरुवा रहेको ढैचाको प्रयोगले जैविक मलको रुपमा यूरिया मलको मात्रा घटाएर माटोलाई उर्वरा भूमिको रुपमा अगाडी बढाएको छ । जैविक मलको रुपमा ढैचा र रसायनिक मल दुवैलाई मिलाई धानबालीमा एकीकृत रुपमा प्रयोग गर्न सकिए यसले निक्कै पोषण दिने काम गर्छ । कम मूल्यमा उ'चस्तरिय मुल बनाउन सकिने यस विधीलाई अगाडी बढाउन सके कृषकहरु लाभान्तित हुन सक्नेछन । किसानलाई चैतेधान, बर्षेधानको विउ लगाएर धेरै अन्न उत्पादन गर्न सकिन्छ भनेर जानकारी दिएकै कारण आज किसानहरु उक्त विउको प्रयोग गरी आफनो जिवनस्तर उकासेका छन । चैतेधान तराई र भित्रीमधेशलाई उपयुक्त हुन्छ भने बर्षेधान पहााड र उपत्यकाका क्षेत्रलाई हुन्छ । नेपालमा पहाड र तराईमा आधुनिक धानखेती गर्ने हो भने कहिले पनि अन्न विदेशबाट ल्याउनुपर्दैन । नार्कले विकसित गरेको प्रविधि र जातको प्रयोगबाट मोरंगमा पहाडको २२ जिल्लाभन्दा पनि बढी धान उत्पादन हुन्छ । त्यसैले यस क्षेत्रलाई धान उत्पादनको प्रमुख केन्द्र मानिन्छ । पुरै मोरंगलाई धानबालीसंग जोडन पाए यसले धेरै हदसम्म मुलुकको खाद्यान्न संकटलाई टार्न सक्ने उनको दावी छ ।

बिगत ४८ बर्षमा ४४ वटा बालीका आजसम्म २२१ वटा जातहरु उन्मोचन भैसकेका छन र धेरै जातहरु उन्मोचनहुने क्रम ९एष्उभष्लिभक० मा पनि रहेका छन । आर्थिक बर्ष २०६४ र ६५ को प्रकाशित तथ्यांक अनुसार धान, मकै र गहुंबालीको उन्नत जातहरुले नेपालमा क्रमश: ८७, ८९ र ९७ प्रतिशत क्षेत्रफल ढाकेको कुरा आइसकेको छ । एउटा जात विकासगर्न करिव ८, १० बर्ष लाग्ने गर्दछ । बस्नेत नार्कमा कार्यरत रहदा विकसित गरिएका धानमा मध्यपहाडको लागि चाइनुड० २४२, खुमल ४, खुमल ११, छोमरुड० स्थानीय,  उ'चपहाडमा चन्दननाथ ३ र तराइमा राधा ४, राधा १२, राम, चैत २, चैते ४, बिन्देश्वरी, साबित्री, हर्दिनाथ १, सुनौलो सुगन्धा,  पोखरा उपत्यका र वरपरका क्षेत्रमा पोखरेली जेठोबुढो जस्ता जातहरु कृषकहरुबीच लोकप्रिय छन ।

बिज्ञहरुलाई राजनैतिक हस्तक्षेप
हालको अबस्थालाई समीक्षागर्ने हो भने कृषि वैज्ञानिकहरुलाई मुलुकमा कामगर्ने राम्रो वातावरण छ भन्न मिल्दैन किनकी ुकाम गर्ने कालु भाग पाउने भालुु उखानजस्तै व्यक्तिहरु प्रधानता पाइरहेको देखिन्छ । कृषि अनुसन्धानमा पनि चरम राजनितिकरण छ । राजनितिकरण पनि संस्थागत विकास भन्दा ›यक्तिगत फाइदाको लागि भइरहेछ । मेरो ३७ बर्षे कृषि अनुसन्धान एवं विकासको सेवामा पनि केही मात्रामा राजनितिक हस्तक्षेप भए होलान तर त्यसबाट कुनै खास असर मलाई परेन किनकी मैले कहिले पनि आफ्नो फाइदाको लागि राजनितिक श्रोत प्रयोग गरिन । भारतमा कृषि बैज्ञानिकहरुलाई उपल›ध गराउने सुविधालाई मध्यनजर गर्दै नेपाल सरकारले सुविधा दिनुपर्ने बिज्ञ भोलामान सिंह बस्नेतको सुझाव छ ।

Comments