झण्डै तेब्बर माछाको खपत

खसीको मासुको पनि मूल्य बृद्धि


  • राजेश बर्मा

र्ड लुका कारण जिउदो कुखुराको ओसार पसारमा प्रतिवन्ध लागेपछि उपत्यकामा अहिले खसीको मासु र माछाको उपभोक्ता मूल्यमा चर्को बृद्धि भएको छ। कुखुराको मासुको अभाव भएपछि अहिले बजारमा खसीको मासु र माछाको खपत पनि हवात्तै वढेको छ।

 नेपाल माछामासु व्यवसायी संघका अनुसार कुखुराको मासुको अभाव भएपछि खसीको प्रतिकिलो मूल्यमा १ सय २५ रूपैयाँ बृद्धि भएको छ। व्यवसायीहरूले अहिले खसीको मासु प्रतिकिलो ८ सय २५ रूपैयाँमा बिक्रि गर्दैआएका छन। यसअघि खसीको उपभोक्ता मूल्य ७ सय रूपैयाँ प्रतिकिलो थियो। यस्तै व्यवसायीहरूले माछाको प्रतिकिलोमा सय रूपैयाँ बृद्धि गरेका छन। माछा व्यवसायीहरूले २ सय ५० रूपैयाँ प्रतिकिलो पर्ने माछा अहिले ३ सय ५० रूपैयाँ प्रतिकिलो पुगेको छ।

संघका तृतिय उपाध्यक्ष श्याम शाहीका अनुसार कुखुराको मासुको अभावमा खसीको मासु र माछाको माग हवात्तै बढेको हो। 'कुखुरा मासुको विक ल्पमा उपभोक्ताले खसीको मासु र माछालाई रोजेकाले व्यवसायीलाई अहिले याई न याई छ,Ó उपाध्यक्ष शाहीले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। उनका अनुसार उपत्यकामा खुद्रा विक्रेतामार्फत अहिले दैनिक दुई करोड ८८ लाख ७५ हजार मूल्य बराबरको झण्डै ३५ हजार किलोस म खसीको मासु बिक्रि हुन थालेको छ। 'यसअघि एक करोड ४० लाख मूल्य बराबरको २० हजार किलो मासु बिक्रि हुन्थ्यो,Ó उनले भने,'बढी माग भएर बाहिरी जिल्लाबाट आएको खसी पनि अपुग हुन थालेको छ। यस्तै अवस्था रहिरहयो भने नजिकिंदै गएको दशैंमा खसीको अभाव भएर उपभोक्ताले अझ बढी चर्को मूल्यको सामना गर्नुपर्ने शाहीको भनाई। उपत्यकामा १ हजार ५ सय बिक्रेतामार्फत खसीको मासु बिक्रि हुँदै आएको संघले जनाएको छ।

संघका अर्का उपाध्यक्ष डिलवहादुर खड्गीका अनुसार खसीको माग उपत्यकामा निक्कै बढेको छ। पहिले प्रतिदिन तीन ट्रकमा ४ सय गोटास म आउने खसीको माग बढेर अहिले रात्रीकालिन समयमा विभिन्न जिल्लाबाट राजधानी भित्रिने रात्री बस, ट्रक, मिनी ट्रकबाट पनि आउन थालेको छ। अहिले प्रतिदिन दुईहजार गोटाभन्दा बढी खसी आउन थालेको खसी व्यवसायीसमेत रहेका उपाध्यक्ष खड्गीले जानकारी दिए। 'आयातको अवस्था हेर्दा दिनानुदिन खसी भित्रिने सं या थपिदैंछ,Ó उनले भने।

उनका अनुसार उपत्यका भित्रिने खसीमध्ये आन्तरिक  क्षेत्रबाट झण्डै १५ प्रतिशत र बाँकी ८५ प्रतिशत भारतको बिहार, उत्तर प्रदेश तथा कलकक्तालगायतका स्थानबाट आउने गरेकाले खसीको मासुको उपभोक्ता मूल्यमा चर्को मूल्य बृद्धि भएको हो। उपत्यकामा कुखुराको ओसार पसारमा प्रतिवन्ध लागेको जानकारी खसी उत्पादकले पाएपछि उनीहरूले पहिलेभन्दा बढी मूल्यमा बिक्रि गर्ने र ढुवानी खर्चका कारण उपभोक्ता मूल्यमा बृद्धि भएको छ,Ó दावी गर्दै उनले भने। संघका अनुसार कुखुरा मासुको विक ल्पमा उपत्यकामा तीन दिनमा बिक्रि हुने माछा एकदिनमै बिक्रि भएको छ। तीन दिनमा करिब २०

पछिल्लोसमयमा कुखुराजन्य उत्पादनमा आत्मनिर्भर बनेको नेपाल वर्ड लुको संक्रमणका कारण पुन: आत्मनिर्भर बन्न ठूलो चुनौती रहेको पशु उत्पादन निर्देशनालयले जनाएको छ। निर्देशनालयका निर्देशक डा. दिनेश पराजुलीका अनुसार ओसार पसारमा प्रतिवन्ध लाग्नुअघिस म उपत्यकामा दैनिक करिब ७ करोड मूल्य बराबरको दुईलाख ५० हजार किलो कुखुरा मासुको खपत हुन्थ्यो। 

हजार किलो बिक्रि हुने माछा गत शनिबार एक दिनमै ३० हजार किलो बिक्रि भएको संघले जनाएको छ। 'बजारमा माछाको झण्डै तेब्बर माग बढेको छ,Ó उनले भने,'तीन दिनमा खपत हुने माछा थपेर पनि एकदिनमै खपत भएपछि अब मंगलबार मात्रै उपत्यकामा माछा भित्रिन्छ।Ó उपत्यकामा अधिकाँश माछा जनकपुरसहित भारतको आन्ध्र प्रदेशबाट आयात हुँदैआएको छ। करिब एकहजार बिक्रेतामार्फत उपत्यकामा माछा बिक्रि हुँदैआएको छ।  
काठमाडौं, २० साउन,2070

Comments