प्याजको मूल्यमा चर्को बृद्धि

उपभोक्ता मूल्य प्रतिकिलो एकसय दश पुग्यो

  • राजेश बर्मा
भारतमा प्याजको मूल्यमा भएको बृद्धिको मार नेपाली उपभोक्ताले पनि सहनुपर्ने भएको छ। भारतमा अफसिजनका कारण प्याजको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। नेपालमा खपत हुने करिब ९५ प्रतिशत प्याज भारतबाट आयात हुने भएकाले भारतीय मूल्यले नेपाली बजारको मूल्यलाई प्रभावित गर्दैआएको छ।


कालिमाटी तरकारी तथा फलफुल बजारस्थित प्याजका थोक बिक्रेताहरूका अनुसार भारतमा अहिले प्याजका लागि 'अफ सिजनÓ भएर कम परिमाणमा प्याज उत्पादन भएकाले र उत्पादित प्याज नेपालसहित अन्य मुलुकमा पनि ठूलो परिमाणमा निर्यात हुने भएकाले मूल्यमा चर्को बृद्धि भएको हो। प्याजका थोक विक्रेता भरत उप्रेतीका अनुसार भारतमा नै प्याजको मुल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो। सोमबार कालीमाटी बजारमा प्रतिकेजी प्याजको होलसेल मूल्य ८५ देखि ९० रूपैयाँ प्रतिकिलो थियो। उक्त प्याजलाई खुद्रा व्यापारीले सयदेखि एकसय १० रूपैयाँ प्रतिकिलोमा बिक्रि गर्दैआएका छन। 'प्याजको आयात कम मात्रामा भएकाले पनि मूल्यमा बृद्धि भएको हो,Ó उनले भने।
व्यापारीकाअनुसार सोमबार भारतमा प्रतिकेजी प्याजको मुल्य प्रतिकेजी ५७ रूपैयाँस म पुगेको छ। दुई महिनाअघिस म भारतमा प्रतिकेजी प्याजको मूल्य ३० रूपैयाँ थियो। कुपन्डोकी शान्ति अधिकारी एक्कासी बढेको प्याजको मूल्यले उपभोक्तालाई प्रत्यक्ष असर पारेको बताइन। थेग्ने नसक्ने गरी बढेको मुल्यबृद्धिले आम उपभोक्त ाले प्रत्यक्ष असर व्यहोर्न बाध्य भएका छन। कालीबाटी बजार विकास समितिका निर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार स्थानीय उत्पादनले मागलाई धान्न नसकेका कारण करिब ९५ प्रतिशत प्याज भारतबाट आउने गरेको जानकारी दिए।

मुलुकमा माग अनुसार उत्पादन नहुँदा वर्षेनी प्याजका लागि ५२ करोड ४९ लाख एकहजार ४ सय ४२ रूपैयाँ भारत जाने गरेको छ। समितिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९ बैेशाखदेखि चैतस म २ करोड १ लाख ८८ हजार ५ सय १७ किलो प्याज कालीमाटीबजारमा मात्र भित्रिएको छ। मुलुकमा स्थानीय उत्पादन र बाहिरबाट आएको उत्पादन गरेर ५५ करोड २५ लाख ३८ हजार ६ सय ६२ रूपैयाँ बराबरको २१ करोड २५ लाख १ हजार ४ सय ८७ किलो प्याज खपत हुने गर्छ। अहिले दैनिक ६५ हजार किलो प्याज भारतबाट कालीमाटी बजारमा भित्रिने गरेको निर्देशक अर्यालले जानकारी दिए।
समितिका अनुसार यस वर्ष कालीमाटी बजारमा भक्त पुरबाट ६ हजार ६ सय किलो, चितवनबाट ५८ हजार किलो, धादिङ्गबाट ९२ हजार ६ सय ३८ किलो प्याज भित्रिएको छ । त्यस्तै दोलखाबाट ११ हजार ४०, झापाबाट २१ हजार दुई सय १६, काठमाडौंबाट ५६ हजार ३ सय ३६, काभ्रेबाट १७ हजार एकसय ६६, ललितपुरबाट ६ हजार ७ सय ६०, मकवानपुरबाट ६८ हजार १ सय २६, सर्लाहीबाट तिन हजार, सुनसरीबाट १ हजार ९ सय २० र तिव्वतबाट ३७ हजार किलो प्याज आयात भएको छ।

मिसन ओनियन खारेज
बाह्य मुलुकबाट बर्षेनी अर्बौ मूल्य बराबरको आयात हुने प्याजको आयात दरलाई प्रतिस्थापन गर्न सरकारले गत आर्थिक बर्ष ०६४/६५ देखि सुरू गरेको अभियानमूखी प्याज(मिसन ओनियन) कार्यक्रमलाई सरकारले खारेज गरेको छ। अभियानको क्रममा सरकारले लगाएको लगानीको साटो प्रतिफल नगण्य परिमाणमा देखिएकाले उक्त अभियान खारेज गरिएको हो।
केन्द्रीय तरकारी वीउ उत्पादक केन्द्रका तरकारी विकास अधिकृत डा. भरतकुमार पौडेलले सोमबार उक्त अभियान पुष्टि गर्दै भने,'सरकारले प्याजको आयात प्रतिस्थापन गर्न तराईका विभिन्न १० जिल्लामा 'मिसन युनिअनÓ अर्थात अभियानमुखि प्याज कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम असफल भएपछि यस वर्ष देखि खारेज गरिएको छ।Ó बिज्ञहरूका अनुसार एकातर्फ यो अभियानको नाममा लागेको करिब १७ करोडभन्दा बढी रकम खेर गएको छ भने अर्कोतर्फ प्याज आयात गर्ने नाममा बर्षेनी करोडौं रूपैयाँ बाहिरिने गरेको छ। सरकारी तथ्यांक अनुसार गएको आर्थिक वर्षमा २० हजार ८० हेक्टर जमिनमा साढे २ लाख टन भन्दा धेरै प्याज उत्पादन भएको छ ।
काठमाडौं, २८ साउन ,2070

Comments