भक्तपुर र आसपासका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

रकारले भक्तपुर जिल्लाभर र काभ्रेजिल्लाको साँगा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सरोकारवाला निकाय तथा सरकारी टोलीको संयुक्त रूपमा बुधबार अबेर रातिस म बसेको बैठकले बिहिबारदेखि भक्तपुरजिल्लासँग जोडिएका काठमाडौंको मनोहरा खोला आसपासका क्षेत्रमा लागु हुने गरी वर्ड लु संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। यसैगरी काभ्रे जिल्लाको साँगा आसपासका क्षेत्रलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरिएको छ।


यो सँगै सरकारले भक्तपुर र काभ्रे जिल्लाको साँगा क्षेत्रमा बिहिबारदेखि लागु हुने गरी १० दिनका लागि पन्छीजन्य बस्तुको सबैप्रकारका गतिविधिको सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। 'भक्तपुरको पुरै जिल्ला, मनोहरा तथा काभ्रेको साँगा क्षेत्रमा विहिबारदेखि चल्ला र अण्डा उत्पादन, कुखुरा र अण्डाको ओसारपसार, बिक्रि बितरण र मौज्दात रा नेलगायतका सबै गतिविधिमा पूर्ण रूपमा निषेध गरिनेछ,Ó पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. नारायण घिमिरेले भने,'संकटग्रस्त क्षेत्र विहिबारदेखि लागु हुने गरी आगामी दश दिनका लागि मान्य हुनेछ।Ó उनका अनुसार यस अवधीमा भक्तपुर जिल्ला र भक्तपुरसँग जोडिएका मनोहरा खोला आसपासका क्षेत्र तथा काभ्रेको साँगा आसपासका क्षेत्रमा रहेका स पूर्ण फार्म हाउसका प्रभावित रहेका र प्रभावित नरहेका कुखुरा, चल्ला, अण्डा, दाना र मासु पूर्णरूपमा नष्ट गरिनेछ। निर्देशनालयका अनुसार सरकारको अथक प्रयासका वावजुद पनि भक्तपुर जिल्लामा वर्ड लुको संक्रमण नियन्त्रणमा आउन नसक्दा संकटग्रस्त क्षेत्रको घोषणा गर्ने निर्णय गरिएको हो। 
काठमाडौं, २९ साउन, 2070 

Comments