वर्ड लुको उच्च जोखिममा बीस जिल्ला

मध्यममा एक्काइस, न्युनको सूचीमा ३४ जिल्ला

  • राजेश बर्मा
रकारले उपत्यकाका तीनजिल्लासहित 20 जिल्ला वर्ड लुको हिसावले उच्च जोखिममा रहेको जनाएको छ।  पशु स्वास्थ्य निर्देशनालयले मुलुकभरका जिल्लामा गरेको स्थलगत अध्ययनको आधारमा ७५ वटै जिल्लालाई वर्ड लुको जोखिमको आधारमा वर्गीकरण गर्दै २० वटा जिल्लालाई उच्च जोखिममा राखेको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरसहित इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, मकवानपुर र चितवनलाई उच्च जोखिमको सूचीमा सुचीकृत गरेको छ। यसैगरी कास्की, कपिलवस्तु, रूपन्देही, नवलपरासी, तनहुँ, दांग, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर जिल्लालाई पनि उच्च जोखिममा राखिएको छ।



निर्देशनालयले कुखुरा र चल्ला बढी उत्पादन, ओसार पसार, बढी व्यापार, जिवित पन्छीको बजार, जंगली चराको ओहोर दोहोर र बासस्थल, वर्ड लु भेटिएको स्थान र वर्ड लु देखिएका छिमेकी मुलुकसँग सिमाना जोडिएका नेपाली भुभागलगायतका सुचकहरुको आधारमा जिल्लाहरूलाई उच्च, मध्यम र न्युन जोखिम क्षेत्रको रूपमा वर्गीकरण गरेको छ। 'विभिन्न सुचकहरूको आधारमा तीन क्षेत्रमा जिल्लाहरूलाई वर्गीकरण गरिएको छ,Ó निर्देशनालयका प्रवक्ता डा. नारायण घिमिरेले भने,'उपत्यकाका तीन जिल्लामा कुखुरास बन्धी उत्पादन, ओसार पसार र व्यापार सबैभन्दा बढी हुने भएकाले यी तीन जिल्ला उच्च जोखिममा सूचीकृत भएका हुन। अहिले पनि यी तीन जिल्लामा नै सबैभन्दा बढी वर्ड लुको संक्रमण देखिएको छ।Ó निर्देशनालयका अनुसार यस आर्थिक बर्षको साउनमा मात्र उपत्यकामा ५९ पटक वर्ड लुको संक्रमण भेटिसकिएको छ। 'गत बर्ष यो समयमा तीन/चारपटक मात्र फेला परेको थियो,Ó उनले भने।



उनका अनुसार मध्यम जोखिममा २१ वटा जिल्ला परेका छन। जसमा धनकुट्टा, उदयपुर, पाँचथर, सिराहा, सिन्धुली, धादिङ, नुवाकोट, काभ्रे, सर्लाही, महोत्तरी, धनुषा, पर्सा, वारा र रौतहट परेका छन। त्यस्तै स्याङजा, पाल्पा, गोर्खा, पर्वत, सुर्खेत, सल्यान र डोटी जिल्लापनि मध्यम जोखिमको सूचीमा परेका छन। यसैगरी न्युन जोखिममा भोजपुर, तेह्रथुम, सोलुखु बु, ओखलढुँगा, खोटाङ, ताप्लेजुङ, संखुवासभा, डोल्पा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक र मनाङ जिल्ला परेका छन। त्यस्तै ल जुङ, मुस्ताङ, याग्दी, बाग्लुङ, गुल्मी, अर्घाखाँची, हु ला, मुगु, कालिकोट, जु ला, डोल्पा, रोल्पा, रूकुम, प्युठान, दैलेख, जाजरकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला,  बैतडी र डडेलधुरा जिल्ला न्युन जोखिम क्षेत्रमा परेका छन। 'हिमाली जिल्लामा कुखुराको उत्पादन, ओसार पसार र व्यपार अत्यन्त कम हुने भएकाले वर्ड लुको हिसावले अहिलेस म त्यस्ता क्षेत्र सुरक्षित स्थानको रूपमा देखिएको छ,Ó डा. घिमिरेले भने।



निर्देशनालयका अनुसार बिहिबारदेखि वर्ड लु प्रतिवन्ध फुकुवा भएपछि बाहिरी जिल्लाबाट उपत्यकामा शुक्रबार १३ हजार ५ सय १५ गोटा व्रोइलर कुखुरा भित्रिएको छ। जसमध्ये साँगा नाकाबाट १ हजार ८ सय १५, नागार्जुन नाकाबाट ५ हजार ७ सय र थानकोट नाकाबाट ६ हजार गोटा कुखुरा भित्रिएको हो। यसैगरी साँगा नाकाबाट १४ हजार चल्ला र ६ हजार ९ सय अण्डा भित्रिएको छ। थानकोट नाकाबाट ८ हजार गोटा चल्ला चितवन पठाइएको छ। सरकारले साँगा, नागार्जुन, थानकोट र फर्पिङ नाकाबाट 'रैपिड टेस्टÓ गराएर मात्र शुक्रबारदेखि कुखुराजन्य बस्तु ओसार पसार गर्ने प्रावधान लागु गरेको छ।
काठमाडौं, २५ साउन, 2070

Comments